ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

सरकार लगानीको सुरक्षा गर्न तयार छः मन्त्री यादव

२० आश्विन २०७५, शनिबार
२० आश्विन २०७५, शनिबार

संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले उद्योगी मैत्री वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् । उद्योगी व्यवसायीको हित विना देश विकास सम्भव नभएको भन्दै उनले यसका लागि संघीय सरकारले वातावरण बनाउन खोजेको बताए । संघ, प्रदेश र स्थानीय सरकारसँग मिलेर देशमा उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ ।

रूपन्देही उद्योग संघको ४० आंै बार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै मन्त्री यादवले व्यवसायीहरूले गरेको लगानी उद्योगमा भएको लगानी सुरक्षित गर्ने जिम्मा सरकारले लिने बताए । कतिपय व्यवसायीहरूले लगानी मैत्री वातावरण भएन, उद्योग खोल्ने स्थान अभाव भयो, व्यवसायमैत्री उद्योग नीति आएन जस्ता कार्यहरू गर्ने गरेको बताउँदै उनले यसलाई ठाडै अस्वीकार गरे । व्यवसायीहरूलाई कस्तो नीति चाहिएको हो त्यो आफूले गर्न तयार रहेको उनले बताए । उनले भने–‘नीति कस्तो चाहिन्छ, के चाहिन्छ, भन्नु्स्, लिएर आउनुस्, म हस्ताक्षर गर्न तयार छु । ’
अहिले सरकार ५ बर्ष सम्म टेस्ट गेम खेल्ने सरकार जस्तै भएको भन्दै उनले संघीयताको अभ्यासको सुरुवाती चरणमा उद्योगी व्यवसायीहरूबाट आएको करको कुरा जायज भएको भग्दै कर उठाएर त्यसको सहि रूपमा सदुपयोग हुनेमा सरकार ढुक्क भएको बताएका छन् ।
उनले सबै कुरा गर्न सरकार तयार भैरहेको बेलामा बेला बेलामा हुने टिका टिप्पण्ीले केही असर नपर्ने र ५ बर्ष सम्मको सरकारको खेलमा कोही व्याक्ति घाईते हुने त कही आउने र जाने पनि क्रम जारी रहने बताए ।
काठमाडौंमा भएका उद्योगलाई नीजिकरण गरेर बुटवल लगायतका आसपासका क्षेत्रमा ल्याउने र त्यहाँबाट भारत तर्फ उद्योग नै बिक्री गरेर देशमा समृद्धि हासिल नहुने मन्त्री यादवको तर्क थियो ।
उद्योग व्यवासाय सबै चौपट भयो भनेर हल्ला फैलाउने काम भएको भन्दै मन्त्री यादवले ईतिहासका पानाहरू केलाएर हेर्नको लागि आग्रह गरेर विगतका बर्षमा नेपालमा राम्रैसंग चलिरहेका उद्योगहरूलाई बन्द गराउने कार्य अहिलेको सरकार नगरेको भन्दै उनले अहिलेको सरकार जहिले पनि उद्योगी व्यवसायीहरूको पक्षमा रहेको बताए ।
अहिले पछिल्लो समयमा ५ बर्षको स्थीर सरकार आएको प्रति विभिन्न टिका टिप्पणी, बल्त्कारी बढेको, हिंसा बढेको भन्दै आलोचना गर्नेहरूलाई उनले सरकार कहिल्यै पनि बल्त्कारी, हिंसावादीहरूको पक्षमा नभएको बताएका थिए ।
उद्योगी व्यवासायीहरूलाई निस्तृत भिजनका साथ सरकारसंग आएमा त्यसलाई नाईनास्ती नगर्ने उनले प्रतिवद्धता जनाए । औद्योगीक नीति निर्माण गर्ने क्रममा सरकार रहेको भन्दै उनले चीनमा र भारको भन्दा पनि राम्रो उद्योग नीती सरकाले बनाउनेमा ढुक्क हुनको लागि आग्रह गरे ।
प्रदेश नम्बर ५क उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गीरीले प्रदेश सरकरा उद्योग मैत्री नीति बनाउने तयारीमा रहेको भन्दै यसा नीजि क्षेत्र संगको हातेमालो आवश्यक रहेको बताए । उनले सबैलाई समेटर मात्रै प्रदेश समृद्धिको बाटोमा अगाडी बढ्ने बताउदै यसमा नीजि क्षेत्रको भूमिका अझ शसक्त भएको बताएका थिए ।
साधारणसभामा बोल्दै मन्त्री गिरीले प्रदेश समृद्धि भएमा मात्रै देश समृद्ध हुने भन्दै यसमा प्रदेश सरकार गम्भिर भएको बताए । उनले किसान मैत्री नीति, कृषिमा आधारित उद्योग धन्दाको विकास गरी प्रदेश समृद्धीको खाका तयार पारिएको बताउँदै कृषि जन्य बस्तु आयात प्रतिष्धापनको पक्षमा प्रदेश सरकारले कार्य अगाडि बढाएको बताए ।
उनले भने–‘किसानहरूको पक्षमा सरकार रहेको छ, चिनी, दुधजन्य उद्योगमा आधारित उद्योग स्थापना गरि प्रदेश सकारले समृद्धिको बाटो आत्मसाथ गर्दै छ ।’ कानुन निर्माणको क्रममा प्रदेश सरकार रहेको कारण केही अलमल जस्तो देखिएपनि फिल्डमा काम देखिने गरी कनुन निर्माण गरी प्रदेशलाई देशकै नमुना प्रदेशको रूपमा अगाडी बढाउने प्रदेश सरकारको संकल्प पुरा गर्ने बताएका थिए ।
यस्तै प्रदेश सरकार ५ नम्बर का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले उद्योगी व्यवासयीहरूले जग्गा अभावमा उद्योग स्थापना गर्न सकिने भन्ने गुनासो अव आउन नदिने बताएका छन् । उनले जग्गाको लागि जति बेला पनि प्रदेश सकरार उपलब्ध गराउन तयार रहेको भन्दै यसमा व्यसायीहरूमा लगानीको ग्यारेन्टी हुनुपर्ने बताए । उनले भने–‘आउनुस्, कहाँ कती जग्गा तपाईलाई चाहियो, हामी दिन तयार छांै, तर लगानीको ग्यारेन्टी र उद्योग सञ्चालन हनुप¥यो, कही टापु नै दिन परे पनि हामी तयार छौ, यसमा म जहिले पनि सकारात्मक नै छु ।’
उद्योगी व्यवासायीको पक्षमा सरकरा नीति निर्माण गर्ने प्रतिवद्धता जारी गर्दै मन्त्री केसीले समृद्धि नेपाल सुखि नेपालीको पक्षमा जहिले पनि आफु सकारात्म भएको बताए । प्रदेश नम्बर ५ मा जग्गा, जनिनको अभाव नभएको भन्दै मन्त्री केसीले कहाँ कति जग्गा चाहिन्छ मन्त्री परिषद् र निर्णणबाट आफूले तत्काल प्रदान गर्न तयार रहेको बताए । स्वदेशमा नै रोजगारी सृजना गर्ने खालको उद्योग व्यवसाय सञ्चालनगर्नको लागि जग्गा नहुने, नदिने भन्ने सकरारको मानसिकता नै नभएको भन्दै मन्त्री केसीले यसमा जहिले पनि तयार रहेको पुन दो¥हो¥याए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष हरिभक्त शर्माले नेपाल समृद्धि देश बनाउनको लागि लगानी मैत्री वातावरण आवश्यक रहेको बताएका थिए । उनले जहिले पनि उद्योग व्यवसायी घाटा मात्रै हुने व्यवससायको रूपमा चित्रण गरिएको भन्दै मागेर खाने, माग्ने परिपाटीको अन्त्य सधैको लागि गर्नको लागि उद्योग धन्दामा लगानीको वातावरण हुनु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, पुष्पा थरुनी, बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिएनआई प्रदेश ५ संयोजक एजाज आलम, नेकपा जिल्ला कार्यदल सदस्य निर्मल जिसी, नेपाली काग्रेस नगर सभापती खेलराज पाण्डे, राजमा जिल्ला कोषाध्यक्ष दान बहादुर केसी, चितवन उद्योग संघका अध्यक्ष तिलाचन पाण्डे, रूपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रूपन्देहीका का.वा अध्यक्ष दिनेश पाण्डे रूपन्देही उद्योगसंघका अध्यक्ष गणेश प्रसाद अधिकारी, महासचिव कृष्ण प्रसाद पराजुली लगायतले कार्यक्रममा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?