ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

अनुगमन गरी व्यवसाय दर्ता दबाब

२० आश्विन २०७५, शनिबार
२० आश्विन २०७५, शनिबार

चाडपर्व नजिकिँदै गर्दा स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय दाङले बजार अनुगमनको कामलाई तिब्रता दिएका छन् ।  उनीहरूले खाद्य बस्तुको नियमन गर्ने निकायको अनुपस्थितिमा बजार अनुगमनको काम अगाडि बढाउँदा प्राबिधिक रूपमा समस्या समेत परेको बताएका छन् ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आवश्यक पर्ने प्राबिधिक नपठाउँदा केही प्राबिधिक समस्या खेप्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार अनुगमनको टोलिले म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरू, सुर्तीजन्य पदार्थ र मदिराको अनुमति छ छैन त्यसैगरि उप महानगरपालिका, घरेलु र अनिवार्य रूपमा उद्योग बाणिज्य संघमा दर्ता भएको हुनुपर्ने बिषयमा मात्रै अनुगमन केन्द्रित रहेको प्रतिकृया दिए । अनुगमनका क्रममा अनुमतिबिना खुल्ला रूपमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेका पसलहरूबाट सामानहरू आवश्यक छानबिनका लागि स्थानीय निकायहरूको कार्यालयमा पठाइएको छ । विगत केही दिन अघिदेखि दाङका स्थानीय तहहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा बजार अनुगमन गरीरहेका छन् । यता घोराही उप महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका बजारहरूको अनुगमन गरेको छ । बजार अनुगमनमा गएको टोलीले नगरपालिकाको कार्यालयमा पसल दर्ता भए नभएको हेर्ने गरेको थियो । म्याद गुज्रीएका सामानहरू जफत गर्ने तथा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामानहरू जफत गर्नुभन्दा पनि पसल दर्ता नै अनुगमन टोलीको प्राथमिकतामा पर्ने गरेको अनुगमन टोलीले जनाएको छ ।उता बजार अनुगमन कार्यक्रमलाई निरन्तरता दिँदै शुक्रबार तुलसीपुर उप महानगरपालिकाको समन्वयमा सुक्रवार बजार अनुगमन गरिएको छ । उपभोक्ता हकहित संरक्षण शाखा प्रमुख नारायण प्रसाद रेग्मीको नेतृत्वमा स्थानीय सुरक्षा अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्य, तुलसीपुर उद्योग बाणिज्य सघं, ईलाका प्रहरी कार्यालय, उपभोक्ता हकहित सरक्षण मन्च दाङ, स्थानीय पत्रकार लगाएको सहभागीतामा बजार अनुगमन गरिएको थियो ।
सो अबसरमा अधिकांश साना तथा ठूला पसलहरूबा म्याद गुज्रिएका सामानहरू जफत गरिएको छ भने होटलहरूबाट घरपालुवा मदिरा समेत फेला परेको थियोे । सो अबसरमा ब्यबसायी तथा उद्योगहरूलाई तत्काल सम्बन्धित उद्योग बाणिज्य संघ, घरेलु, कर तथा उप महानगरपालिकाको कार्यालयमा दर्ता गर्न समेत तीन दिनको अल्टिमेटम दिइएको छ । बजार अनुगमनका क्रममा उपभोक्ता हकहित मञ्चका अध्यक्ष केशबकुमार पोख्रेलले चाडपर्वमा मात्रै गरिने अनुगमनले खासै प्रभाब नपर्ने बताएका छन् । उनका अनुसार पसलमा मुल्यसुची अनिवार्य रूपमा राख्नुपर्ने, नियमितरूपमा बजारको अनुगमन हुनुपर्नेमा जोड दिए ।
घोराही तथा तुलसीपुर उप महानगरपालीकाको बजार अनुगमन आफ्नो आम्दानीको स्रोत बढाउनमै केन्द्रीत रहेको देखीएको छ । चाडवाडको समयमा हुने बजार अनुगमन पनि आफ्नो स्वार्थमा केन्द्रीत रहदा उपभोक्ताहरू भने निरास बन्न थालेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?