ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

तिलोत्तमा एस.आर.आई. प्रविधि सफल. एउटा धानको बोटमा फल्यो ३५ बाला धान

१८ आश्विन २०७५, बिहीबार
१८ आश्विन २०७५, बिहीबार

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ कुञ्जलापुर प्रगति टोलका किसान चेत बहादुर डगामीले विगतका बर्षमा एक कठ्ठा क्षेत्रफलमा धान रोप्दा करिब डेड क्विन्टल धान उत्पादन गर्दथे ।  उनको धान लगाएको खेतमा जहिले पनि झारपातले सताउँथ्यो त कहिले रोगले । सामान्य परम्परागत खेती गर्दा उनले गरेको खेतीबाट धान उत्पादन घट्नुको साथै झारपात समेत उखेल्न अफ्ठारो पर्दथ्यो । रामै्रसँग सप्रीएको धानमा मुस्कीलले जम्मा ३÷४ वटा धानले बाला लगाउँथ्यो । तर अहिले डगामीको खेतमा लगाएको धानले एक बिरुवाले ३५ वटा सम्म गाँज हालेको छ । लहलह वाल लहराएको छ । घर छेवैको बाटोमा ओहोर दोहोर गर्नेहरू पहिला के रोपेको होला ? धान हो की हिलो ? भनेर प्रश्न गर्नेहरू अहिले लहलह लहलाएका धानका बाला देखेर दङ्ग पर्दछन् ।
११ दिनको धानको बीउ रोप्दाको विगत सम्झीदै चेतबहादुर डगामी भन्छन्–‘बाटोमा हिँड्नेहरूले के रोपेको हो यो, हिलो होकी धान भनेर पटक पटक सोध्ने गर्दथ्ये, अहिले तिनै मानिसहरूले धानको बाला लहलाएको देखेर दङ्ग छन् । ’
रूपन्देही जिल्लामा अन्य स्थानमा परिक्षणको रूप एस्. आर. आई. प्रद्धतीबाट धान खेतीको परिक्षण गरिएकोमा तिलोत्तमा नगरपालिकाले पहिलो पटक सिस्टम अफ् राईस ईन्टीग्रेसन (एस आर आई) प्रविधि अपनाएर खेती गरेको हो । नमुनाको रूपमा पहिलो पटक एक कठ्ठामा खेती गरिएकोमा किसानहरूको पनि राम्रो प्रतिक्रिया पाएको कारण अझ अर्को बर्ष त्यसलाई बिस्तार गर्ने योजना नगरपालिकाले बनाएको छ । तिलोत्तमा नगरपालिका कृषि विकास शाखाका प्राविधिक सहायक युवराज ढकालका अनुसार पहिलो पटक किसानहरूको लागि डेमोष्टेनस गरिएको हो । अगामी दिनमा अझ यसलाई बिस्तार गर्ने सोँच नगरपालिकाले बनाएको छ ।
सामान्य परम्परागत धान खेती भन्दा यो प्रविधिमा ट्रेमा धानको विउ उमरेर ८ दिनको हुँदा खेतमा रोपिन्छ । धान खेतमा २५÷२५ सेन्टीमिटरको दुरी कायम गरी सोही अनुसार बोट देखि बोट सम्मको दुरी २५ सेन्टीमिटर र ड्याङ्ग देखि ड्याङ्ग सम्मको दुरी पनि २५ सेन्टीमिटर कायम गरेर धान खेती गरिएको हो । जसमा एउटा मात्रै बिरुवा रोपिने गरिन्छ ।
किसान चेत बहादुर डगामीका अनुसार पहिला एक कठ्ठा क्षेत्रफलमा खेती गर्दा धान करिव डेढ क्विन्टल सम्म उत्पादन हुने थियो । तर अहिले धानको खेतीमा सुधार गरिएको कारण करिव २ देखि ढाई क्विन्टल सम्म उत्पादन हुने अपेक्षा गरेको बताउँछन् । उनी भन्छन्–‘अझै धान काट्ने बेला भएको छैन, हेरौं धानका बाला लगाएको देख्दा दुई देखि ढाई क्विन्टल सम्म आउँला भन्ने सोँचेको छु ।’
तिलोत्तमा नगरपालिका कृषि विकास शाखाले केही समय पहिला २२ जना किसानहरूलाई तालिम लिनको लागि पठाएको थियो । सोही अनुसार तालिममा सहभागी भएका किसान मध्ये ३ जनाले एस.आर.आई प्रणाली अनुसार धान खेती गरेका छन् । जस मध्ये पुर्णरूपमा सो पद्धती अबलम्बन गरेका किसान चेत बहादुर डमागी हुन ।
८ दिनको धानको विउ रोप्नु हुन्छ । तर नगरपालिकाल व्यवहारिक रूपमा ११ दिनको धानको विउ रोपेका थिए । नगरपालिकाले एक हजार रूपैयाँ मात्रै अनुदानको रूपमा विउ र मल मात्रै सहयोग गरेको नगरपालिकलो प्रविधिक ज्ञान नगरपालिकाले पुर्णरूपमा प्रदान गरेको गरेको थियो । प्राविधिक सहायक ढकालले सोही प्रविधिलाई अपनाएर किसानले धान रोपेको कारण अहिले एउटा बोट बाट ३५ वटा धानको बाला लाग्न सफल भएको बताए ।
किसानहरूले लगाएको धानमा रहेको विभिन्न झारपात समेत उखेल्नको लागि समेत सहज हुने भएको कारण अन्य स्थानमा पनि सोही अनुसारको प्रविधिको विकास गरिने तिलोत्तमा नगरपालिकाले जनाएको छ । धानको बीउ कम लाग्ने भएको कारण किसानहरूको समय, पैसा समेत बचत समेत भएको प्रगती कृषक समुहका अध्यक्ष विष्णु प्रसाद भण्डारी बताउँछन् । सुरु देखि नै एसआरआई पद्धतीमा धान रोप्ने कार्यमा समेत सहभागी भएका भण्डारीले धानको झार गेड्नको लागि वेडर पनि सहज भएको बताउँछन् । उक्त प्रविधि अनुसार एक हेक्टर क्षेत्रफलमा धान रोप्दा जम्म ५ किलो धान ले पुग्दछ । अहिले डेढ कठ्ठा धानमा किसानले जम्मा दुई मुठी मात्रै धान रोपेका छन् ।
धानको उत्पादनको बारेमा के खेती हुने भन्ने अझै बाँकी छ । धान पुर्णरूपमा पाकेपछि यसको क्रर्प कटिङ्ग (बाली नाप्ने कार्य) गरिने छ । जसबाट एक मिटर चौडाई, एक मिटर लम्बाई भएको स्थानको धान काटेर त्यसलाई जोखेर पुरै धान खेति गरिएको क्षेत्रको उत्पादन दर पत्ता लगाउन सकिन्छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?