ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

कफी दिवसको उपहार कफी ब्लक

१८ आश्विन २०७५, बिहीबार
१८ आश्विन २०७५, बिहीबार

अन्तर्राष्ट्रिय कफी दिवशको अवसरमा कफी अनुसन्धान कार्यक्रम गुल्मीले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कफी दिवश मनाएको छ । गुल्मीको रुरुगाउँपालीका–४ अन्तर्गत भण्डारी डाँडामा स्थापना भएको उक्त अनुसन्धान कार्यक्रमले जिल्लाका सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई कफीखेती र अनुसन्धान कार्यक्रमको अवलोकन समेत गराएको छ ।
अनुसन्धान कार्यक्रमले कफी दिवसको अवशर पारेर नेपाल पत्रकार महासंघ गुल्मी कफी ब्लग र गुल्मी उद्योग वाणिज्य संघ कफी ब्लगको समेत स्थापना गरेको छ । उक्त दुवै व्लकहरूमा संस्थाका प्रतिनिधिहरूद्वारा कफीको विरुवा रोपण गरिएको थियो ।
गतचार वर्ष अघि सरकारले भण्डारीडाँडामा देशकै पहिलो अनुसन्धान केन्द्र स्थापना गरेपछि जिल्लामा उक्त अनुसन्धान केन्द्रले कफी खेतीको क्षेत्रमा अनुसन्धानको काम गर्दै आएको छ । कफी अनुसन्धान केन्द्रले अहिलेसम्म गुल्मीमा २९ प्रकारका कफिका नयाँ जात विकास, नर्सरी स्थापना र बोटहरूको व्यवस्थापन, स्वस्थ र गुणस्तरका कफीका बेर्ना उत्पादन लगायतका क्षेत्रमा काम गर्दै आएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख कृष्णबहादुर थापाले बताए ।
एक सय रोपनी क्षेत्रफलमा पैmलिएको भण्डारी डाँडामा अहिले १ हजार भन्दा बढी बोटहरूमा कफी फल्न शुरु गरेपछि कफी खेती हेर्नका लागि अनुसन्धान केन्द्रमा मानिसहरूको आकर्षण पनि बिस्तारै बढ्न थालेको छ । केन्द्रले १० जातका बिउबाट शुरु गरेको अनुसन्धानलाई अहिले २९ प्रकारका बोटमा विकास गरेको छ । रोपेको तीन वर्षमै एउटै बोटले ५ हजारसम्म दानादिने गरी लटरम्मै कफि फल्न थालेको छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये रुरु, छत्रकोट, गुल्मी दरबार, इश्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा किसानहरूले व्यवसायिक कफि खेती गर्दै आइरहेका छन् । गुल्मीमा ९३ वडामध्ये ४५ वडामा २ हजार जति व्यवसायीक कफि किसानहरू रहेका छन् । जिल्लामा १ सय ४० हेक्टर क्षेत्रफलमा कफि खेती गरिँदै आएको छ । जसबाट गुल्मीमा हाल वार्षिक ८० मेट्रिकटन भन्दा वढी कफि उत्पादन हुने गरेको छ । जैविक मलको प्रयोगबाट उत्पादन हुँदै आएको उक्त अर्गानिक फिहाल जापान, कोरिया, अस्ट्रेलिया लगायतका देशहरूमा निर्यात हुँदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?