© २०२३
सुनवल पुस पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्विनी चिनि मिलको मुल गेटमा स्थानियले ताला लगाएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानियले तालाबन्दी गरेका हुन् । खरानी सहितको कालो धुलोको कारण सास्ती खेप्दै आएका स्थानियहरुले पटक पटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानआर्कषण गराएपनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।
उद्योग संञ्चालनका क्रममा इन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरु सुनवल क्षेत्रमा फैलने गरेको छ । धुलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै आज दिउसो स्थानियहरुको एक समुहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभए सम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानिय जिवन पौडेलले बताए ।
मानव स्वास्थ्यमा मात्रै होईन् धुलोका कारण कपडा सुकाउन समेत हुदैन् भने हिडडुँल गर्न पनि अप्ठ्यारो भएको स्थानियको भनाई छ । उद्योगका प्रशासन प्रमुख कुश सुवेदिले आफुहरुले प्रदुषण नियन्त्रणका लागी उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउदै केहि दिन भित्रै समस्या समाधान हुने बताए । उद्योगले केहि दिन अगाडी बाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदुषण फैलिएको हो ।