ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

सल्यानमा घट्यो मह उत्पादन

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

सल्यान, १९ पुस । कालिमाटी गाउँपालिका वडा नम्बर २ झिगानेका माहुरीपालक कृषक लोकेन्द्र ओलीले गत साल चार क्विन्टल मह उत्पादन गरेका थिए । त्रिवेणी गाउँपालिका ४ फलावाङ दीप बहादुर बुढाले पनि पोहोर साल १५० किलो मह उत्पादन गरेका थिए । तर यो वर्ष लोकेन्द्रले एक क्विन्टल ५० किलोमात्रै मह निकाल्न सके भने दीप बहादुरले त झन घारबाट एक किलो पनि मह झिक्न सकेनन् । अरिंगालले मौरी खाइदिएका कारण मह उत्पादन नभएको दिप बहादुरको भनाई छ । ‘मसँग एक सय बढी मौरीका घार थिए । तर अरिंगालले सबै मौरी खाइदिदा यो वर्ष मह उत्पादन त भएन नै, मौरी बचाउनै गाह्रो भयो,’ उनले भने ।
कालीमाटीका कृषक लोकेन्द्रले साउनमा लगातार वर्षा भएका कारण मह उत्पादनमा कमी आएको बताए । चरन क्षेत्रको अभाव हुदै गएका कारण पनि मह उत्पादनमा कमी आएको बताउदै उनले अघि भने, ‘चिउरी फुल्ने समयमा लगातार पानी पर्दा फूलको रस झरेकाले यस वर्ष महको उत्पादन धेरै घट्यो ।’ जिल्लामा पछिल्लो वर्षयता महको उत्पादन घट्दै गएको छ । चरन क्षेत्रको अभावसंगै बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभाव लगायतका कारण बर्सेनी महको उत्पादन घट्दै गएको किसानहरुको भनाई छ ।
माहुरी पालनमा किसानको आकर्षण बढेपनि चरणलगायतका कारण महको उत्पादन वर्षेनी घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयले विगतका वर्षको तुलनामा यो वर्ष महको उत्पादन घटेको अनुमान गरेको छ । यद्यपी जिल्लामा कति मह उत्पादन भयो भन्ने बारे विवरणहरु संकलन भइरहेको जनाउदै कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले असोजमा आएको अविरल वर्षाले चिउरीको फूलको सबै रस बगाउँदा र जलवायु परिवर्तनको प्रभावका कारण उत्पादनमा गिरावट आएको बताए । उनका अनुसार गत वर्ष सल्यानमा १५ मेट्रिक्टन मह उत्पादन भएको थियो ।
महको उत्पादन घटेकै कारण महले मूल्य भने राम्रो पाइरहेको छ । कालीमाटी क्षेत्रका किसानले गत वर्ष प्रतिकिलो एक हजार देखि एक हजार २०० मा बिक्री भएको मह यस वर्ष एक हजार ५०० रुपैयाँसम्म बिक्री गरेका छन् । औषधिय गुण हुने भएकाले बजारमा कात्तिके महको माग धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?