ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

दाङका पालिकाको ‘मिलेमतो’ मा नदिजन्य पदार्थ उत्खनन

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

लमही , १७ पुस । देउखुरीको लमही नगरपालिका,राप्ती,गढवा र राजपुर गाउँपालिकाका अधिकांश भु भाग खोला र राप्ती नदी आसपासमा पर्दछ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त मात्रामा पाइन्छ ।
यहाँका चारवटै पालिकाको अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्र भित्र पर्दछन्। । त्यही क्षेत्रमा प्राय जसो राप्ती नदीको छेउछेउका क्षेत्रमा रातभरी जब मानव बस्ती निद्रामा हुन्छ त्यही बेला रातको मौका छोपी यहाँ बालुवा,गिट्टी र ढुङ्गा जस्ता अवैध रुपमा उत्खनन्,दोहन र चोरी निकासी हुन्छ ।
राप्ती नदीकै छेउछाउमा ठूला ठूला क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन् । राप्ती नदी बगरमा रातभरी ट्रयाक्टरहरू चलिरहेको हुन्छन् । नदीबाट चोरी गरी उत्खनन् गरिएका ढुङ्गा, गिट्टी र बालुवा ट्रयाक्टरले रातभरी मिनेट मिनेटको फरकमा किनारतिर ओसार्दै डम्पिङ गर्दै गरेका हुन्छ्न् । तस्करहरू राति १२ बजेदेखि विहान ४ बजेसम्म नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ ।
राप्ति नदी भने वर्र्षाैदेखि क्रसर व्यवसायी र तस्करहरूको कब्जामा छ । गैरकानुनी उत्खनन चलिरहेको छ । उक्त दोहोन वारेमा स्थानिय निकाय वेखबर वनेका छन् । लमही नगरपालिकाका अध्यक्ष जोगराज चौधरी आफूलाइ जानाकारी भएका ठाउमा कारवाही गरिहेको वताउंछन ।

नदी खोला जस्ता क्षेत्रको स्थानबाट पटक पटक बालुवा,गिट्टी,मिस्कट र ढुङा लगायताका नदिजन्य पदार्थ अबैधरुपमा चोरी, तस्किरी गरेको र उत्खनन गरेर विभिन्न स्थानमा डम्पिङ गरेर राखेको पाइए पनि स्थानीय प्रशासन प्रहरीले वास्ता नगर्दा नियन्त्रणमा समस्या आएको स्थानियवासीहरु वताउछन ।
सम्बन्धित निकाय किन मौन रहेको देखिन्छ त ? के ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी कुनै मापदण्ड रहेको छैन र स्थानियवासीहरुले प्रश्न गरिहेका छन ?
लमही नगरपालिकामा मात्र होइ राजपुर गाउंपालिकाका अवैध उत्खनन् गरि घना जंगलभित्र दोहोन भइरहेको छ । राजपुर ७ भित्र ताली बसेरी सामुदायिक वन भित्र खोलाहरुमा दोहोनको लिला मच्चिएको छ । नत कुनै विकाशका योजना छन नत कुनै ठेक्का सम्झौतामै उत्खनन् छ । दिनदाहाडै खुलेयाम उत्खनन् भइरहेका छन ।
दिन दाहाडै खोलामा डोजर लगाएर २ सय ट्क्याक्टर ढुगा निकालीरहेको एक स्थानियवासीले वताए । निकालिएका ढुंगा घना जंगलभित्र ठाँउ ठाँउमा डम्पीङ गरिएको छ । स्थानियले विरोध गर्दा विकाश विरोधी वने । सामुदायिक वन भित्रका खोलामा ढुगा निकाल्दा सामुदायिक वनहरु बेखवर वनेको वताउछन । वनका अध्यक्ष तथा वडा सदस्य धनी प्रसाद खड्काले ढुंगा निकासी गरि डम्पीङ भए पनि जानकारी पाएको वताए ।
उनका अनुसार खोलावाट ढुगा निकासी गर्ने स्थानिय ठेकेदार हस्तबहादुर वली हुन । गत वर्ष पनि यी खोलाहरुमा यसरी नै अनाधिकृतरुपमा ढुंगा उत्खनन भएको थियो । खोलामा ढुंगा उत्खनन् गर्ने वलीले ढुंगा स्थानिय सडक निर्माणमा प्रयोग गर्ने वताउंछन । उता जनप्रतिनिधी ढुंगा उत्खखनवारे वेखवर छन् । विकासे आयोजनाका लागि उक्त ढुंगा निकालिएको भए सम्वन्धित वडा कार्यालयसंग समन्वय गरी मापदण्ड वमोजिम निकासी हुनु पर्ने हो । उता राजपुर गाँउपालिकाका अध्यक्ष सरद वुढाथोकीले भने सो खोलामा उत्खनन गरिएको ढुंगा अनाधिकृत भएको वताउछन । उनले उत्खनन्का लागि पालिकावाट कसैले उत्खनन् अनुमति नपाएको वताउदै उक्त ढुंगा गाँउपालिकाको मातहतमा ल्याउने वताए ।

के भन्छन स्थानीय ?

राजपुर–३ का स्थानीय बुद्धिजीवी, समाजसेवी जमुना प्रसाद यादवका अनुसार तिब्र गतिमा गिट्टी र बालुवा अवैध दोहन उत्खनन कार्य भइरहेको छ । लमही नगरपालिकाको सतबारियादेखि राजपुर गाउँपालिकाको कालिपुरवा जोड्ने राप्ती नदी पुल स्थित संरचना मुनिबाट नै गिट्टी–बालुवा निकालिँदैछ । पुलको ५ सय मिटर नजिकबाट नदीजन्य सामग्री निकाल्न नमिल्ने भए पनि विभिन्न तस्कर ठेकेदारहरुले जथाभावी ट्रयाक्टर र लेबर लगाइरहेको उनको भनाइ छ । त्यस्तै उनका अनुसार रात–दिन दोहन बढेको छ । दैनिक रूपमा राती १२ बजेदेखी बिहान ६ बजेसम्म लगभ ७ वटासम्म गाडी दोहन कार्यमा संलग्न रहेको बताउछन । उनले अवैध दोहानमा संलग्न रहेका एक मजदुरसंग एक रातमा कतिसम्म कमाई हुन्छ भन्ने प्रश्न गर्दा एकजना बराबर ६ हजारको कमाई भइरहेको बताए । प्रहरीलाई खबर गरे पनि बेवास्ता हुन्छ, उनले भने – उल्टै प्रहरीले ठाउँमा पुग्नु भन्दा पहिले ठेकेदारलाई खबर गर्दिने गरेकाछन । अझ ठेकेदारले गाउँलेलाई समेत धम्क्याइरहेका हुन्छन ।’ जनप्रतिनिधि,सरकारी कर्मचारी र केही पत्रकार र प्रहरी नै यसका मतियार बनिरहेको स्थानियले वताउदै आएका छन् ।
तस्वीर : सांकेतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?