ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

जीवनका जेठा अनुभवहरु

२३ असार २०७५, शनिबार
२३ असार २०७५, शनिबार

वसन्त पोखरेल

नाताका जेठाबा पर्नेले ‘बत्ति निभाएर सुते है केटा हो’ भनेर आफू पल्लो कोठामा सुत्न गए । मेरो उमेरका कान्छाबा र म अर्को भान्सा तथा पूजाकोठामा रहेको खटियामा एउटै बिछौनामा सुत्ने तर्खर ग¥यौँ । दिनभरी काममा जोतिएका कान्छाबा एउटा गफ नभ्याउँदै भस्याकभुसुक भए । फेरि कान्छाबालाई त खानाले पनि निद्रा छिटो लगाएको थियो । यति धेरै खान्थे कि मानौँ उनको पेटभित्र आन्द्रा भुँडी नै छैनन् । उनले खाने एक छाक खाना मलाई सायद तीन छाक पुग्थ्यो । बत्ति निभाउनको लागि मैले उठाएँ । तर,उठेनन् । आफै भए पनि निभाउनु प¥यो । भित्तामा टाँसेको कालो गोलो बीचको फिट्कीलो तलमाथि गराएर बाल्ने निभाउने गरेको त देखेकै हो । तर, त्यतिबेलासम्म हातले छोएको थिइन । बाल्न, निभाउन तलमाथि प¥यो भने करेण्ट हान्छ र ठहरै पार्छ भन्ने भूतले मलाई भित्रैबाट समाएको थियो । डराइ डराइ गएँ र फिट्कीलो माथितिर लगेँ । बत्ति निभ्यो । तर, एकखालको डरमिश्रित जिज्ञासा भने मनमा उठिरह्यो ।
भोलिपल्ट भयो के भने त्यहि स्विचले मलाई करेण्टको झट्का हान्यो । भएछ के भने जेठाबाले पूजाचौकीको मन्दिरमा बल्ब बाल्न प्वालमा तार घुसारेर लाइन ल्याएका रहेछन् । तार निकाल्न बिर्सेछन् वा बलिरहोस् भनेर त्यस्तै छाडेछन् । मलाई त्यो बारे जानकारी भएन । हिँजोकोजस्तै फुट्कीलो माथि पार्नजाँदा तारको नांगो भाग छोइन पुगेछ । त्यसपछि त यस्तो झट्का हान्यो कि मैले मलाई के भयो भन्ने कुरा बुझ्नै सकिन । कुइना, टाउको, घुँडा आदि भागमा झननन पा¥यो । कसैले लाठीले हिर्काएकोजस्तो भयो । १८ बर्षको उमेरमा विजुलीसँग नजिक हुँदाको यो जवलपुर भारतको पहिलो अनुभव हो ।
नीलो रहमा साथीहरु माछा झैँ सलल्ल पौडन्थे । माथि–माथि भित्तामा गएर पानीमा हामफाल्ने प्रतिष्पर्धा नै चल्थ्यो । कोही सुल्टरी, कोही उल्टरी, कोही टाउकोको वलमा पानीमा खसेर पौडेको देख्दा बिछट्टै रहर जागेर आउँथ्यो । तर, आफूसँग पौड्ने सिप थिएन । तल–तलको छिचिरो पानीमा ढुंगा हातले समाउने र जिउ डुबाएर खुट्टा फट्फट् पार्दै पौडी खेलेको अनुभूति गरिन्थ्यो । बालुवामा ठोक्किनेगरी नाक, मुख डुबाइन्थ्यो । नजानेपछि के लाग्यो र ? एकदिन स्थानीय किसानहरु वारपार गर्न हालिएको नजिकको अस्थायी काठेपुलबाट घुमेर पौड्न जानेकाहरु हाम फाल्ने गरेको भिरमा पुगियो । निकैबेर उनीहरु हामफालेको हेरियो । माथि जंगलमा पुगेर चौतारी चुत्रो टिपेर पनि खाइयो । यसरी हेर्नेमा हामी एउटै उमरेका तीनजना थियौँ ।
संयोग भनौँ, मैले समाएको धाइरोको बोटलाई एकजना साथीले हल्लाइदियो । धाइरोमा फुलेका फूलमा गुलियो रस हुन्छ । त्यहि खाने क्रममा उसले सायद हल्लाएको हुन सक्छ । तर, मैले सन्तुलन मिलाउन सकिन । भिरमै रहेको धाइरोको बोटबाट म झ्वाम्मै रहमा खस्न पुगेँ । भिरमा कतै अल्झने पनि भएन । खसेपछि पानीले बाहिर निकाल्यो । बगाउन थाल्यो । भुँडी फुलिने गरी पानी खाइयो । टेक्ने समाउने ठाउँ कतै थिएन । उद्धार पनि कतैबाट भएन । सायद मलाई पौडी खेल्न जानेको केटा हाम फाल्यो भन्ने अरुलाई पर्न गएहोला । आखिरी त्यसरी खस्नु मेरो लागि पौडी सिक्ने पाठ बन्यो । भोलि, पर्सीपल्टबाट त भिरबाट हाम फाल्न पनि थालियो । यो सात कक्षामा मुक्ति माध्यामिक विद्यालय प्युठानमा पढ्दाको घटना हो ।
२०३० सालको कुरा हो । संयोगले बनारस जाने मौका मिल्यो । त्यहाँ स्वयम्पाक्य खाने परिवारको फेला परियो । उनीहरुले स्टोभमा छालाको वासर हुन्छ भनेर खाना पकाउन प्रयोग गर्थेनन् । ग्यास चुल्हो चलन चल्तीमा आएको थिएन । प्रेसर कुकर भरखरै बजारमा आएको थियो । धनीहरुले प्रयोग गर्थे होलान्, त्यहाँ आइपुगेको थिएन । आएको भए पनि सायद उपयोगमा ल्याइने थिएन । मसंग गएको दाङको साथी भनौँ वा दँगाली जमीन्दार पुत्रले एक थान प्रेसर कुकर र स्टोभ किन्यो । उ त्यहाँ आइ.ए.को जाँच दिन गएको थियो । प्रेसर कुकर त उसले किन्यो, तर, कसरी पकाउँछन् भन्ने ज्ञान थिएन । मलाई झन् हुने कुरै भएन । नेपाल फर्कँदा हामीहरु चारजना थियौँ । देउखुरीको परस्पुरमा एउटा चौधरीको गोठमा बास बस्ने भइयो । चौधरी परिवारले खाना पकाउनको लागि सबै चिज ठिक्क त पारिदिन्थे, तर, पकाएर खान दिन्थेनन् । किनभने त्यहाँ बाहुन संस्कारका हामीहरु जो थियौँ । त्यसमाथि पनि स्टोभ बालेर प्रेसर कुकरमा खाना पकाएर खानेवाला जो थियौँ ।
कोइलाबासबाट तीन चार किलो चामल, भिण्डीको तरकारी, पोकाको मसला, स्टोभभरी मट्टीतेल भरेर ल्याएका थियौँ । पकाएर खानुपर्ने भयो । प्रेसर कुकर प्रयोग गर्नुप¥यो खाना पकाउन भनेर निकालियो । खुबै हेरियो । कसरी खोल्ने थाहा भएन । कागज हेर्दैजाँदा र खेलाउँदै जाँदा त्यो पनि आयो । भिण्डी काटेर त्यसमै पकाउन थालियो । सिट्ठी लाग्यो । सिट्ठी यसरी लाग्यो कि हाम्रो त सातै उड्यो । प्रेसर कुकर लौ के भयो पड्कने भयो भन्दै डरले भागाभाग भयौँ । एकजना साथी त निकै परको कुलोनिर गएर उफ् गर्दै हेर्दै थियो । गोठमा बाँधेका गाई पनि तर्सेर दाम्लो चुँडाएर भागेछन् । पल्लो घरमा बसेका चौधरी परिवार सिट्ठीको आवाजले तर्सेर एकैठाउँमा गुँडुल्किएछन् । सिट्ठी बिसायो । पछि बिस्तारै सिष्टम बुझियो । आएर आगोबाट कुकर निकालियो । केहीबेरपछि सेलायो । खोलेर हेर्दा कुकरभित्रको तरकारी हेर्न लायकको थियो । मानौँ हामीले त्यसमा तरकारी हैन, हरियो धागो पकाएका थियौँ । तरकारी जसको थालीमा पुराउन खोज्यो, थालीसम्मको भुईंमा माकुराले धागो तानेजस्तो धागो बनेर जान्थ्यो । तै पनि खाना मीठो थियो । कुकर र स्टोभको पहिलो दर्शन थियो त्यो मेरो जीवनको ।
बुढापाकाले बाबु बाँच्दासम्म मानिस मर्दा मलामी जान हुँदैन, टुप्पी काट्न पनि हुँदैन भन्थे । त्यसैले मलामी बन्न अघोषित प्रतिबन्ध थियो । तर, त्यसो भन्नुहुँदैनथ्यो । निश्चित उमेर पुगेका छोराहरुलाई अनुभव सिकाउनको लागि पनि पठाउनु पथ्र्यो । बाबा बिरामी हुनुहुन्थ्यो । दमको रोगले गालेको थियो । त्यसमाथि खुट्टा सुनिन थाले । सायद किड्नी, लिभरले काम गर्न छाड्यो । इन्जक्सनबाट पानी तानेर पनि केही दिन बचाइयो । जुन काम म आफैले गर्थेँ । बाबा बिरामी भएको कारणले मलाई हलुका स्वास्थ्य उपचारको ज्ञान आर्जन गर्ने मौका मिलेको थियो । एकदिन बाबालाई सुतेको बेला अचानक अफ्ठेरो भएछ । इसाराले बोलाउनु भयो । विहानको यस्तै तीन बजेको समय थियो ।
बाबालाई कुर्ने जिम्मा परेको र साथमा हिन्दी उपन्यासकार रानुले लेखेको उपन्यास पनि साथमा भएकोले म पुस्तक पढ्नमा यति तल्लीन थिएँ कि समय बितेको पत्तै भएन । उठेर सिरानीमा टाउको मिलाइदिएँ । मुख ओभानो देखेर पानी खुवाइदिएँ । त्यत्ति नै बेला बाबाले खुट्टा तनक्क पार्नुभयो । अचेत हुनुभयो । मलाई लाग्यो बाबाको निधन भयो । बाहिर तुलसीको मैरोनिर हलुका पानी छम्केर एक्लै उचालेर लगेँ र मात्र आमालाई बोलाएँ । दाइ, भाइहरु पनि उठे । रुवाबासी चल्न थाल्यो । तर, मलाई फिटिक्क आँशु आएन । बरु रुँदै गरेका आमा, भाइहरुलाई सान्त्वना दिएँ । अचम्मै लाग्यो । सायद निकै नजिकबाट मृत्युलाई हेरेकोले यसो भएको हुन सक्छ । मानिसको मृत्युसँग नजिक हुँदाको यो मेरो जीवनको पहिलो अनुभव थियो । यो पनि २०३० साल मंसिरकै घटना हो । जतिबेला म १९ बर्षकोमात्र थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?