ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

बुटवलमा तीनदिने सडक खाना महोत्सव हुंदै

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

बुटवल,१४ पुस । अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो बुटवल सडक खाना महोत्सव गर्ने भएको छ ।

‘अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान’ भन्ने नाराका साथ पुस १५देखि १७ गतेसम्म बुटवलको कालिकापथमा महोत्सव आयोजना गरिएको हो ।
सडक खाना महोत्सवको तयारी पूरा भएको बिहीबार आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही, बुटवलले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको संघका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको सय वटा स्टल राखिने अध्यक्ष गौतमले बताए ।

संघको आयोजनमा ०७५ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७६ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, ०७६ चैतदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन । कोरोनाको प्रभाव विस्तारै घट्दै गएपछि पुन: ०७९ बैशाख १ गते एकदिने तेस्रो कला संस्कृति तथा खाना महोत्सव बुटवलको हिलपार्कमा गरिएको थियो ।

 

साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिव १ करोड बरावरको आर्थिक कारोवार हुने र १ लाखभन्दा वढि दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव माधवकुमार खनालले बताए । महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुक्रबार बेलुका ५ बजे गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित गराउन २३ वटा बिषयगत उपसमिति गठन गरिएको छ । सडक खाना महोत्सवको पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय पर्यटन परिषद् सह–आयोजक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेको छ । मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी छ भने, सहप्रायोजकमा सागर डिष्टीलरी प्राली र होटल एभरेष्ट इन हस्पिटालिटी पार्टनरमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?