ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

 चालु पूँजी कर्जा मार्गदर्शन तत्काल लागु नगर्न अर्थमन्त्री पौडेलसंग हानको माग

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

बुटवल,१४ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग चालु पूँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन होटल संघ नेपाल (हान) ले माग गरेको छ । बुटवलका एमाले नेता एवं होटेल व्यवसायी गोपाल रानाको पहलमा हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग भेट गर्दै व्यवसायीले तीन बुँदे माग पत्र बुझाएका छन् ।

अर्थमन्त्री पौडेलसमक्ष समग्र अर्थतन्त्रलाई सुधार गर्दै पर्यटन व्यवसायको अभिन्न अंगको रुपमा रहेको होटल व्यवसायलाई राहतका लागि होटल उद्योगको संरक्षणार्थ सुझाव पेश गरेको नेता रानाले बताए । अर्थमन्त्री पौडेलसँगको भेटमा कोभिड–१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको लगायतका समस्याहरु जानकारी गराएको रानाले बताए ।
नेपाल राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पुनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकता प्राप्त उद्योगको रुपमा कानुनमै व्यवस्था गर्न माग गरिएको हानले जनाएको छ ।

व्यवसायीको सबैभन्दा जटिल समस्या बैंकको बढ्दो ब्याजदर भएको समेत व्यवसायीको भनाइ छ । होटल जस्तो अति संवेदनशील उद्योगले यस्तो दर धान्नै नसक्ने भन्दै व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकूल देखिएको दावी व्यवसायीले गरेका छन् ।

होटल उद्योगले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज बुझाउन सक्षम नरहेको र बैंकबाट सीमाभित्र सावाँ ब्याज बुझाउन तीव्र ताकेता रहेको भन्दै व्यवसायीले यस्तो समय बढाउन पहल गरिदिन माग समेत गरेका छन् ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत सम्बोधन गर्न समेत व्यवसायीले माग गरेका छन् ।

भेटमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागि परेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने विश्वास व्यक्त गरेका नेता रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?