ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

 खाटो घाउ बल्झाउने काम

१५ आश्विन २०७५, सोमबार
१५ आश्विन २०७५, सोमबार

बेपत्ता पारिएका नागरिकहरू छानविन गर्न बनेको छानविन आयोगले काम गर्न नसकेको र खाटो बसेका घाउलाई बल्झाउने काम मात्रै भएको बेपत्ता परिवारले बताएका छन् । अन्यत्रको बारेमा आफूलाई जानकारी नभएपनि दाङको हकमा कसले न्याय पायो एकजना परिवार देखाउन उनीहरूले आग्रह समेत गरे ।
बेपत्ता परिवारकी सदस्य दाङ तुलसीपुरकी चन्द्राजीत चौधरीले धेरै पटक दुःख विसाउने काम भन्दा केही फरक नभएको बताईन् । “पहिलेका कुराहरू सम्झिएर आँसु चुहाउने भन्दा अरू कुनै प्रगति भएको छैन” चौधरीले भनिन् । २०५२ देखि सुरु भएको द्वन्द्वको समयमा चन्द्राका श्रीमानलाई बेपत्ता पारिएको थियो ।

उनका श्रीमानलाई बेपत्ता पारिएपछि उनको श्रीमानको नाममा भएको २÷४ कठ्ठा जग्गा पनि आफ्नो नाममा बनाउन खोज्दा प्रक्रिया नपुग्ने गरेको उनको दुखेसो छ । श्रीमान बेपत्ता भएको लामो समय भयो । श्रीमानको नाममा भएको जग्गा आफ्नो नाममा बनाएर केही काम गरौं भन्दा मृत्युदर्ताको प्रमाण विना केही गर्न नसकीएको उनले बताईन् । “मालपोतमा जाँदा पनि मृत्यु दर्ता खोज्छन् मृत्यु दर्ता नहुँदा सम्म जग्गा नामसारी गर्न मिल्दैन रे” चन्द्राले भनिन् ।
त्यस्तै तुलसीपुरकी टिकाकुमारी डाँगीले अझै पनि आफ्ना आँखा ओभाउन नपाएको बताईन् । सरकारले पटक पटक न्याय दिन्छौं त भन्छ, तर न्याय नदिदा थप पिडा हुने गरेको उनको भनाई छ । उमेरले नेटो काटिसकेकी टिकाकुमारीको मुर्नभन्दा पहिले उनका श्रीमानलाई सरकारले न्याय गरेको हेर्ने मन छ रे । “उहाँले न्याय पाएको हेर्न नपाईनेभयो अव कति बाँचिएला र” टिकाकुमारीले भनिन् । तुलसीपुरकी लुमा कुमारी शर्माको पनि पिडा त्यस्तै छ । लामो समय देखि आफुहरूले न्यायको माग गर्दा पनि न्याय पाउन नसकेको उनले बताईन् । देशमा शान्ति आएको पनि यतिका बर्ष भयो बेपत्ताको हकमा ‘फास्टट्रयाकको माध्यामबाट पीडितहरूलाई न्याय दिनुपर्ने उनीहरूको माग छ । पिडितहरूको गुनासोलाई सम्वोधन गर्न र बेपताका उजुरी माथि छानविन गर्न पीडितको घरदैलोमा पुग्ने अभियान आयोगको रहेको छ । द्वन्द्वपश्चात मुलुकमा छाएको शान्तिकै कारण अहिले मुलुकले नयाँ संबिधान पाएको र नयाँ संबिधान कार्यान्वयनको चरणमा रहेकोले अब द्वन्द्वबाट प्रभाबितहरूले न्याय पाउनुपर्ने आयोगको भनाइ छ । दुई बर्षमा सक्नुपर्ने काम समयमा नसक्नु सरकारको कमजोरी भएपनि अब भने त्यो कमजोरी नदोहोरिने उनको बेपत्ता तथा छानविन आयोगले जनाएको छ ।
उच्च अदालत तुलसपुरका न्यायधिश महेश शर्माले न्याय दिने कुरामा ढिला गर्नु सिधै ईन्कार गरे जस्तै भएको बताएका छन् । अबपनि न्याय दिनेकुरामा ढिला गर्न नहुने उनको भनाई छ । जतिसक्यो चाँडो न्याय दिनेकुरामा आयोग अघि बढ्नुपर्ने उनको भनाई छ । अहिले अन्य प्रदेशमा भन्दा प्रदेश नं ५ मा सबै भन्दा बढि बेपत्ता भएका नागरिकका उजुरी परेका छन् । बेपत्ता पारिएका ब्यक्तिहरूको लागि बनेको छानविन आयोगले दिएको जानकारी अनुसार प्रदेश नं. ५ मा ६ सय ८४ वटा बेपत्ता पारिएका उजुरी परेका छन् । आयोगका सहसचिब प्रेमकुमार श्रेष्ठका अनुसार देशभरबाट दुई हजार तीन सय ७० बेपत्ताका उजुरी परेका छन् । त्यस मध्य प्रदेश नं.१ मा दुई सय ९७, प्रदेश नंं २ मा एक सय ३७, प्रदेश नंं. ३ मा तीन सय ७६, प्रदेश नं. ४ मा एक सय ४७, प्रदेश नं ५ मा ६ सय ८४, प्रदेश नं.६ मा दुई सय ८०, प्रदेश नं. ७ मा तीनसय ४९ वटा मुद्दा दर्ता भएको आयोगका सचिब श्रेष्ठले जानकारी दिए ।
सातवटै प्रदेशबाट दुई हजार तीन सय ७० उजुरी परेको उनले बताए । त्यसमध्ये आयोगले एकहजार ८३ बेपत्ता परिवारका उजुरी छानविन गरेको उनले जानकारी दिए । बाँकी रहेका एक हजार चारसय ९७ मुद्दा एक महिनामा छानबिन गरि सक्ने श्रेष्ठको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?