© २०२३
न्यु होराईजन आवाशिय मावि बुटवल–१२ कालिकानगर को आयोजानमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यका साथ मोडल युनाईटेड नेसनको आयोजना गरिएको छ ।
न्यू होराईजन मावि र हाउस अफ युथ डायलग बंगलादेशको संयुक्त आयोजना तथा एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको सहयोगमा हुने कार्यक्रममा बंगलादेशका तीन जना विद्यार्थीले समेत सहजिकरण गर्ने एच.वाई.डीका जनरल सेकेटरी कुशल आचार्यले जानकारी दिए ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीहरुमा रहेको विभिन्न प्रतिभा पहिचानको लागि यस्तो प्रकृतिको कार्यक्रमले विद्यार्थीहरुमा रहेको विभिन्न प्रतिभाहरुको प्रस्फुटनको लागि विशेष सहयोग हुने अपेक्षा लिइएको छ ।
न्यु होराईजन आवाशिय माविका प्रधानाध्यापक लोक नाथ उपाध्ययाले राष्ट्रिय स्तरको विभिन्न समयमा नेशन आयोजना गरिएको परिपेक्ष्यमा बुटवलमा हुन लागेको यस्तो कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक गतिविधिमा समेत विशेष टेवा पुग्ने अपेक्षा गरिएको छ । यहि असार २८, २९ र ३० तिन दिन सम्म न्यु होराईजन मावि देवसिद्ध चौक देवीनगरमा हुने कार्यक्रममा करिव २ सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ ।एक्स्पट एजुकेशन एण्ड भिजा सर्भिसेज का बुटवल शाखा प्रमुख रोशन कण्डेलले आफुहरुले पनि उक्त कार्यक्रमम सहयोग गरिएको जानकारी दिए ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागी हुने कार्यशालामा करिव १० लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा बंगलादेश लगायतबाट आएका विभिन्न विज्ञहरुले विद्यार्थीहरुको प्रतिभा पहिचानमा विशेष भुमिका खेल्ने जनाइएको छ । यसरी तिन दिन सम्मको क्याम्पेनमा सहभागी भएका विर्थीहरुबाट उत्कृष्ठता पहिचान गरि ३ जनालाई पुरस्कारको समेत व्यवस्था गरिएको कपिल आचार्यले जानकारी दिए ।