ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बतासे नेता बतासे नीति

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

गोविन्द राज पोखरेल
गाउँमा कुखुराले अण्डा पा¥यो भने घरका मान्छेललाई थाहा हुन्छ त्यो अण्डा बतासे हो कि होइन भनेर । भाले नलागेको अण्डालाई बतासे अण्डा भनिन्छ । त्यस्तो अण्डाबाट चल्ला निस्कँदैन तत्काल खानलाई त काम लाग्छ तर कुखुराको बृद्धि बिकास हुँदैन । त्यसैले कुखुराको गुणबाट त्यस्तो अण्डा तुरुन्त हटाइन्छ । भाले लागेको अण्डामात्र गुणमा राखिन्छ । गुणमा राखिएको त्यस्ता अण्डाबाट कुखुरो ओथारो बसेको २१ दिनपछि मात्र कुखुराको चल्ला निस्कन्छ । यो कुखुराको बृद्धि बिकास हुने प्राकृतिक अबस्था हो ।
मुलुकी संहिता ऐन २०७४ को दण्ड सजाएको महलमा भएको केही कुराहरूलाई सार्वजनिक सवारी चलाउने चालकहरूले ३ दिनसम्म यातायात सञ्चालन गरेनन् । यातायातका साधन ठप्प भए । उक्त संहिताको बिरोध राज्यले मान्यता दिएको आधिकारिक मजदुर संगठन नभई आन्दोलन गर्नकै लागि निर्माण भएको स्वतन्त्र चालक समुहको नाममा अबज्ञा आन्दोलनले एउटा रूप लिएको थियो । केहीले यसलाई बतासे संगठन भनेर पनि नामाकरण गरेका थिए । बतासे संगठनलाई यातायात व्यावसायीहरूले पनि सहयोग र साथ दिएका थिए । फलतः सरकार त्यही संगठनसंग वार्ता गर्न झुक्यो उनका माग सम्बोधन गर्न बाध्य भयो । सोंच विचार नगरी ल्याइएका कानुन र कार्यान्वयनको लागि अगाडि सारिएका कानुनी प्राबधानहरू हरेक नागरिकले त आन्दोलन गर्न पाउँछ भने बतासे संगठनले गरेको आन्दोलनलाई अन्यथा भन्न पनि मिलेन ।
बाबुको पत्ता नलागेको छोराछोरीलाई पनि गाउँ घरको चलनमा बतासे भन्ने गरिन्छ । तुक नभएको कुरा कसैले ग¥यो भने त्यसलाई पनि बतासे बोली भन्ने गरिन्छ । कर्मचारीहरूमा पनि त्यस्तै देखिन्छ । बिज्ञ र राम्रा व्यक्तिहरूलाई पछाडि पार्दै कमिसन र कार्टेलिंगमा पोख्त कर्मचारीहरू नै बिज्ञ सूचिमा पर्दछन् जसले बिज्ञ र दक्ष कर्मचारीहरूलाई निर्देशित गर्दछन् । यसरी बीचमा घुसाइएका र ल्याइएका राजनैतिक कार्यकर्ता बढी र राष्ट्रसेवक कम भएका बतासे कर्मचारीले स्थायी सरकारको डोरोमेलो लगाउन सक्दैनन । बतासे कुखुरा, बतासे संगठन, बतासे छोराछोरी, बतासे कर्मचारी केही उदाहरणमात्र हुन । यसप्रकारको बतासे सोंच, सिद्धान्त र विचारहरू बिबिध ढङ्गले अगाडि बढीरहेको छ । उनीहरूले कोरेका र नामाकरण गरिएका सबै सिद्धान्त, विचार र दर्शनहरू बर्तमान अबस्थामा बतासे रूपमा हावी भएर गएकोे छ । १० बर्षको जनयुद्ध पश्चात सामेल र इमान्दार कार्यकर्ताहरू हुन् वा प्रजातन्त्रको लागि जीबनभर संघर्ष गरेका व्यक्तिहरूलाई पछाडि पारेर बतासे कार्यकता बीचैमा छिरेको अनुभुति यत्रतत्र गरेको देखिन्छ ।
अहिले मुलुकमा त्यस्तै अबस्था श्रृजना भएको छ । गणतन्त्रपश्चात स्थापित नीति सिद्धान्त बतासे रूपमा अगाडि बढेको छ । ४ बर्षमा बन्नुपर्ने संबिधान १० बर्ष लाग्यो । पहिलो संबिधानसभाको नेतृत्व सबैले आलोपालो गरे । दोस्रो संबिधानसभाको निर्वाचन गर्न सबै नेताहरू बतासे बने । कुखुराको गुणबाट अण्डा झिके झैँ चुनाब गराउन नसक्ने कोटीमा परे र खिलराज रेग्मीलाई अगाडि ल्याए । सम्पन्न चुनावपछि गठीत सभासदहरूले संबिधानबादको मुल मर्म नै बिर्सिदिए । संबिधानको निर्माण पछि नीतिगत निर्णयहरू एकपछि अर्को गर्दै खुइलिएका छन् । कसैमा बिधि पुग्दैन कतै सोंच पुग्दैन । बिज्ञ सभासदहरू असरल्ल परेका छन् । आफुले बनाएको संबिधान आफैलाई कार्यान्वयन गर्न गाह्रो छ ।
यस्तो किन भयो ? प्रत्येक चुनाबमा पृथक पृथक चुनावी घोषणा जारी गरे । चुनाबैपिच्छे व्यक्तिगत रूपमा आप्mना कार्यक्रम बदले । चुनावी मैदान एकपछि अर्को गर्दै परिवर्तन गरे । आम जनतामा एकपछि अर्को गर्दै आश्वासन बाँडे । बाँडिएका कुनै पनि आश्वासन, घोषणा पुरा गर्न नपर्ने थिति बसाले । राजनीतिलाई सामाजिक अभियन्ताको रूपमा नहेरेर धन कमाउने पेशाको रूपमा अंगिकार गरे यो भन्दा अभिशाप के हुन सक्छ ? राजा एक ठाउँमा पुजिन्छ तर बिद्वान सबै ठाउँमा पुजिन्छन् भन्ने सर्बव्यापी सिद्धान्तलाई पनि यिनीहरूले पछ्याउन सकेनन् । सिंहदरवारमा गठन हुने प्रबुद्ध बर्ग मेरो पार्टीको हुनुपर्ने जग बसाले । योजना आयोगजस्तो गरिमामय संस्थालाई अर्थ मन्त्रालयको बजेट स्वीकृति गर्ने निकायको रूपमा खडा गरे । पार्टी भित्र प्रबुद्ध बर्गको संगठन नै छैन । नाम बुद्धिजीबीको दिइन्छ तर पार्टीका निश्चित व्यक्तिहरूलाई पद मिलान गर्ने संस्था हुन्छ । सामुहिक निर्णय हुँदैन एकल निर्णयमा अभ्यस्त हुन्छन् । देशका प्रत्येक वडासम्म यिनका संगठन छन् तर देशको जल्दो बल्दो समस्याको बारेमा तलैसम्म राय लिने र त्यसैको आधारमा नीति बनाउनु पर्ने हो त्यो पनि यिनीहरूसंग भएको देखिदैन । बिदेशको सेमिनार गोष्ठीमा गएको बेला होस वा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाले इलिक, मिलिक, झिलिक गरेर देखाएको पावर पोइन्टलाई सर्बज्ञाता सम्झेर जबरजस्त रूपमा देशको नीतिको रूपमा राख्ने गरिन्छ । मौलिक हक र त्यसको प्रयोग राज्यको मुल नीतिको रूपमा रहनु पर्ने हो तर त्यसको कार्यान्वयन गर्ने सजिलो अप्mठयारोको बारेमा कुनै लेखा जोखा छैन । मुल कानुनमा लेख्दैमा सबै प्राप्त हुन्छ भन्ने दिवा सपना देखाइन्छ । आफु अनुकुल नभएका कुराहरूलाई राज्यसंयन्त्र प्रयोग गरेर त्यस्ताको उछितो काढ्ने गरिन्छ । आलोचना सुन्नै सक्दैनन् आलोचना गर्नेलाई बैरी सम्झन्छन् । कानुनी राजको प्रत्याभूति भन्दा अराजकतालाई प्रश्रय दिइने गरिन्छ । खुबी पनि नहुने गुदी पनि नहुने यस्ता नेतालाई बतासे नभनेर के भन्ने ?
निरङ्कुशताकाबिरुद्ध जनआन्दोलन भए । व्यबस्था परिबर्तनको लागि सशस्त्र युद्ध भए । फरक–फरक समयमा धेरैले आफनो ज्यानको आहुति दिए । कहिले प्रजातन्त्रको नाममा कहिले गास बास कपासको नाममा धेरैजना बली बेदीमा चढे । सबैका असहमतिकाबीच सहमतिको दस्तावेज निर्माण गरे । जसलाई मुलुकको मुल कानुन भन्ने गरे । चाल, चलन, व्यबहार बिधि पद्दतिभन्दा बाहिर गएमा आफ्नै प्रकारको व्याख्या गरे । उनीहरू आफैले बनाएको सहमतिमा बनाएको मुल कानुनको समेत अपव्याख्या गर्ने पद्दति खडा गर्दैछन् । फरक दलको प्रतिनिधित्व हुन्छ भने पनि त्यसलाई स्वीकार्दैनन् । चित्त नबुझने प्रमुख एवं पदाधिकारीमाथि उनीहरूसँग भएको लठ्ठी बर्षाउँछन् । नाङ्लो ठटाउँछन् हात्ति तर्षाउँछन् । शुशीला कार्कीमाथि दर्ज गरिएको महाअभियोग होस वा दीपक जोशीमाथि गरिएको सुनुवाई, लेनिन बिष्ट हुन् वा कुलप्रसाद कोइरालामाथि गरिएको व्यवहार सबै रिस फेर्ने माध्यमको रूपमा राज्यसंयन्त्र प्रयोग गर्ने नीति बतासे नभनेर के भन्ने ? जीवनभर समाजवादी आन्दोलनको नाम पुकारेर आफूलाई अब्वल नेताको रूपमा दर्ज गरेका, तत्कालिन सरकारले कारागार चलान गरी जेल जीवन विताएको भन्ने प्रमाणपत्र हासिल गरेका धुपौरे राजनीतिमा अब्बल सम्झेका र त्यसैको प्रमाण पत्रधारीले आफूलाई सर्बज्ञान सम्पन्न भएको दलिल पेश गर्ने गर्दछन् । यसरी पेश भएको प्रमाण पत्र नै देश विकासको नीति बनाउन खोज्दछन् । समाज परिवर्तनको लागि आफ्नै चेला चपेटा अघिपछि लगाउने र त्यसैको तडक भडकमा रमाउने परिपाटी नै अब्वल मान्दैछन् । समाज परिवर्तन गर्न हिँडेका आप्mनै दर्शन चिन्तन बिर्सेर अर्को ढङ्गले परिचालिते राजनैतिक नेतृत्वलाई बतासे नभनेर के भन्ने ? संबिधानमा लेखिएको समाजवादउन्मुख शब्द कुनचाहिँ दर्शन र चिन्तनबाट निर्देशित हो थाहै छैन । बर्तमान अबस्थामा लिएको आर्थिक नीति समाजवादी हो वा आर्थिक उदारिकरण वा सरकारी, नीजि साझेदारी नीति हो कसरी यकीन गर्ने हुन् त्यो पनि थाहा छैन ।
प्रकृतिले श्रृजना गरेको अबस्थालाई बैज्ञानिकहरूले कुखुरामा पाइने सबै तत्व रहने गरी बर्तमान अबस्थामा हेचरी मेसिनको माध्यमबाट मासुको लागिमात्र हो वा अण्डाको लागिमात्र हो चल्ला निकाल्छन् । यसले विकासका ढोका, रोजगारीका ढोका खुल्दै जान्छन् । प्रकृतिले दिएका कुरालाई ज्ञान हासिल गरेर बिकासको फड्को मार्ने नै मुलुकको प्रमुख लक्ष त्यही हो तर बतासे नेता भएसम्म बतासे नीित हुने हो बतासे नीति भएसम्म मुलुकले फड्को मार्न सक्दैन बतासे नेताको हातमा मुलुकलाई सुम्पने हो वा बतासे अण्डा झिके जसरी झिक्ने हो हाम्रै हातमा छ । email: [email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?