ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

अर्थमन्त्रीमा विष्णु पौडेलको माग, तर छैनन् इच्छुक

११ पुष २०७९, सोमबार
११ पुष २०७९, सोमबार

बुटवल,११ पुस ।   नेकपा एमाले सहितका ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि अब कुन नेता कुन मन्त्रालयमा जांदैछन् भन्ने चासो बढेको छ ।

आज सोमबार प्रधानमन्त्रीसहित केही मन्त्रीले सपथग्रहण गर्ने सम्भावना रहेकाले सबैको चासो अर्थमन्त्री को बन्ला भन्नेमा छ । कोरोना महामारीपछि थला परेको अर्थतन्त्र  माओवादी नेता अर्थतन्त्र जनार्दन शर्मा अर्थमन्त्री भएपछि झन् बिग्रेको छ ।

आर्थिक मन्दी, बढ्दो ब्यापार घाटा विदेशी मुद्रा संचितीको चाप जस्ता कारणमा संकटको डिलमा पुगेको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन अर्थमन्त्रीको निर्णायक भूमिका हुने भएकाले धेरैले एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भए हुन्थ्यो भन्ने चाहना राखेका छन् । यसअघि अर्थमन्त्री हुंदा सफललतापुर्वक मन्त्रालय हांकेर लोकप्रिय बनेका पौडेल एमालेका निर्वाचित सांसद मध्ये अर्थ मन्त्रालय हांक्न सिनियर र उपयुक्त पात्र हुन् ।

एमालेबाट अर्थमन्त्रीका सम्भावित उम्मेदवार सुरेन्द्र पाण्डे चितवनबाट चुनावमा पराजित भएका कारण अहिलेको अवस्थामा अर्थमन्त्रालय सम्हाल्ने व्यक्ति एमालेमा विष्णु पौडेल वाहेक अरु देखिएका छैनन् । यद्यपी पौडेल स्वयं भने सरकारमा जान र अर्थ मन्त्रालयको जिम्मा लिन इच्छुक नभएको आफु निकटसंग बताउने गरेका छन् ।
तर अर्थ मन्त्रालय एमालेको भागमा परेमा पौडेल नै अर्थमन्त्रीका सबैभन्दा उपयुक्त नेता हुन् ।

अर्का उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति वा सभामुख बन्न चाहन्छन् । उनी अर्थमन्त्री बन्ने संभावना न्युन छ ।

‘अर्थ मन्त्रालयको नेतृत्वको स्वभाविक जिम्मेवारी विष्णु पौडेलले पाउने देखिन्छ,किनभने पौडेल  अर्थमन्त्री बन्दा सफल मन्त्रीका रुपमा लोकप्रिय हुनुभएको थियो’–एमालेका सांसद बासुदेव घिमिरेले भने –‘निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायले पत्याएको परिपक्व नेता भएकाले पौडेल नै अर्थमन्त्री बन्दा मात्र संकटग्रस्त अर्थतन्त्रले सफल अवतरण गर्न सक्छ भन्ने धेरैको अपेक्षा र विश्वास छ ।’

उद्योग ब्यापार संगठन रुपन्देहीका पुर्व अध्यक्ष नारायणप्रसाद भण्डारीले विष्णु पौडेलले निजी क्षेत्रका समस्याहरु नजिकबाट बुझेका र समस्या समाधानमा इमान्दार पहल गर्ने नेता भएकाले पौडेल नै अर्थमन्त्री बन्नुपर्ने निजी क्षेत्रको आशा र माग रहेको बताउंछन् ।

पौडेल अर्थमन्त्री बन्दा नै देशको अर्थतन्त्र सुधार हुने भएकाले सिंगो निजी क्षेत्रले उनलाई अर्थमन्त्री बनाउन शीर्ष नेतृत्वलाई सुझाव दिनुपर्ने रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?