ट्रेंडिंग:

>> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण

करणीका अभियुक्त ३० बर्ष पछि पक्राउ, दाईजो नल्याएको भन्दै यातना

१३ आश्विन २०७५, शनिबार
१३ आश्विन २०७५, शनिबार

कपिलवस्तु प्रहरीले बिगत ३० बर्ष देखि जबरजस्ती करणी गरि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–४ गोपालपुरका राम प्रसाद धोबीलाई नियन्त्रणमा लिएको हो ।
उनलाई कपिलवस्तु जिल्ला अदालतले बि.सं. २०४५ मा जबरजस्ती करणी गरेको अभियोगमा ३ बर्ष कैद सजाय तोकेको थियो । पक्राउ धोबीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरिक्षक गोबिन्द रावलले जानकारी दिए ।
प्रहरीले यस बर्षको जेठ यता कर्तव्य ज्यानका ६, जबरजस्ती करणीका २, करणी उधोग, गर्भपतन, सवारी ज्यान, ठगी, ज्यान मार्ने उधोग र आगलागीका १/१ गरि १५ जना फरार प्रतिबादी पक्राउ गरेको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए ।

दाईजो नल्याएको भन्दै यातना
बिन्दु कुमार चौहान
लुम्बिनी, १२ असोज ।
सामाजिक अपराध दाईजो प्रथा बिरुद्ध राज्यले कडा कानून जारी गरिरहेको बेला रूपन्देहीमा दाईजो नल्याएको भन्दै एक महिला माथि चरम यातना दिइएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार दाईजो नल्याएको निहुँमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ७ भैसहिया निवासी २३ बर्षीया अमरावती तेलीलाई उनका श्रीमान, सासु र ससुराले तातो फलामको रड प्रयोग गरि सामूहिक रूपमा शरीरको संबेदनशील अंगमा पोलेर गम्भीर घाईते बनाएका छन् ।
पीडित पक्षले दिएको किटानी उजुरीको आधारमा प्रहरी घटना स्थलमा पुगि गम्भीर घाईते यादवलाई मेडिकल कालेज भैरहवामा उपचार गराउनुका साथै निजको श्रीमान २४ बर्षीय गोबिन्दतेली, ससुरा ६५ बर्षीय मेघातेली र सासु समेतलाई बिबाह सम्बन्धी कसूरको दफा १७४ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । एक बर्ष अघि बैबाहिक बन्धनमा बाँधिएपछि दाईजो बिषयलाई लिएर दिनदिनै भनाभन ती दम्पती बीच हँुदै गर्दा घटना नै निम्ताएपछि कुरा बाहिर आएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?