© २०२३
बुटवल, पुस । लेखा समुह रुपन्देहीको बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशबाट अगामी बर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । लेखा समुह रुपन्देहीमा नयाँ अध्यक्ष लक्ष्मण पौडेलको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
शनिवार रुपन्देहीमा सम्पन अधिबेशनबाट ११ जना नयाँ कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्ष हरी प्रसाद ज्ञवाली ,सचिवमा ओमेश कुमार गैरे, कोषाध्यक्षमा महंगु लोध, सहसचिवमा ताराप्रसाद खनाल ,सदस्यहरुमा नेत्र राना ,मधु खड्का ,सन्दिप पौडेल, राम प्रसाद कोईराला , कृष्ण कुमार बञ्जाडे र गिता अधिकारी चयनभयका हुन ।
कार्यक्रमा लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुबेदी , उधोग,बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रदेश सचिव रामहरी ज्ञवाली, प्रमुख कोष नियन्त्रक बिष्णु प्रसाद ज्ञवाली , प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवाली आथित्यतामा रहेको थियो । निर्वाचित सबैलाई अतिथिहरुले बधाई तथा शुभकामना दिएका थिए ।