ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

नेपालीले हङ्गकङ्गमा स्थापना गरेको स्वीभप्ट टेक्नोलोजीले बुटवलको शिक्षामा काम गर्ने

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

बुटवल, पुस – नेपालीको लगानीमा हङ्गकङ्गमा केन्द्रीय कार्यालय सहित सरुवात भएको सफ्टवेयर कम्पनी स्वीभप्ट् टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ ।
पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्वीभट् टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत बुटवलका विद्यालयमा रहेका विपन्न, गरिब तथा अन्य विद्यार्थीहरुको लागि प्राविधिक शिक्षाका तालिम, सिप तथा प्राविधि प्रदान गर्ने भएको हो ।
बुटवलमा परियोजनाबारे जानकारी दिन आयोजीत कार्यक्रममा उक्त संस्थाका फाउण्डर सुवास शाहीले विद्यालय स्तरमा विद्यार्थीहरुले नै आफैले पढ्दै कमाउदै गर्न सक्ने गरी पाठ्यक्रम नै विकास गरी कार्यक्रम लागू गर्न गैरहेको जानकारी दिए ।
सफ्टवेर कम्पनीको रुपमा रहेको स्वीभप्ट टेक्नोजीले सन् २०१७ मा कम्पनी सुरुवात गरेको थियो । काठमाण्डौमा समेत यो सम्बन्धी काम सुरुवात भैसकेको परिपेक्षमा बुटवल र भैरहवमा समेत कार्यक्रम सुरुवात गर्ने तयारी गरिएको हो । सन् २०२२ सम्ममा १०० भन्दा पनि कर्मचारीहरुबाट काम सुरुवात गरेको यो कम्पनीले खासगरी सफट्वेर टेक्नोजीमा विद्यार्थीहरुलाई तालिम प्रदान गर्ने र त्यहि तालिममा सिकेको सिपबाट रोजगारी समेत प्रदान गर्ने योजना बनाएको सफ्टवेयर ईन्जीनियर समेत रहेका संस्थाका फाउन्डर सुवास शाहीले जानकारी दिए । विद्यार्थीहरुको लागि डिजाईनीङ्ग तालिम, सिभिल टेक्नोलोजीको तालिम सहितका विभिन्न तालिम स्थानिय तहको सहकार्यका सञ्चालन गरिने योजना बनाइएको छ ।
स्थानीय तह संगको वृहत छलफल पछि मात्रै यो विषयमा एकिन गरी कार्यक्रम ल्याउन तयारी गरिएको फाउन्डर शाहीको भनाई रहेको छ । यसको लागि अवको ३ महिनामा कोर्स नै डिजाईन गरी सोही अनुसार निःशुल्क रुपमा विद्यार्थीहरुको लागि काम गर्ने योजना उनको रहेको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले प्राविधिक सिप, ज्ञान, दक्षता विना परिर्वतन संभव नभएको भन्दै विद्यालय स्तरमा घरमा नै बसेर काम गरी आय आय आर्जन गर्न सकिने प्रकृतिको तालिम आवश्यक रहेको बताए । विद्यार्थी दक्ष बनाउने, सिकेको सिपलाई देश तथा विदेशमा समेत प्रयोग गर्न सकिने गरी स्वीभप्ट कम्पीले सुरुवात गरेको अभियानमा आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलका सामुदायिक वा संस्थागत विद्यालयहरुले प्राविधिक धारमा समेत अगाडी बढिरहेको सन्र्दभमा यो कार्यक्रम अझ बढि प्रभावकारी हुने बताएका थिए । उपमहानगरापलिकाको शिक्षा तथा जनस्वाथ्य महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा क्षेत्रका विकासका लागि सहकार्य अगाडी बढाउने बताए । प्राविधिक शाखा प्रमुख अमृता पन्थीले प्रविधिको विकास विना समृद्धि परिकल्पना गर्न नसकीने भन्दै सोही अनुसार विभिन्न तहमा सहकार्य गरिने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%