© २०२३
कर्णाली प्रदेशमा टेलिकमको मोबाईल फोन सेवा अवरुद्ध भएको छ । दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा पावरको अभावले भएका कारण सिष्टम अवरुद्ध भएको नेपाल टेलिकम प्रादेशिक कार्यालय कर्णाली प्रदेश प्रमुख कमल लामिछानेले बताउनु भयो । शुक्रबार रातीबाट दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा सेवा अवरुद्ध भएको छ । प्राविधिक टोली फिल्डमा पुगेर काम गरिरहेकाले तीन घण्टा भित्र समस्या समाधान हुने लामिछानेले बताउनु भयो ।