© २०२३
बुटवल,९ पुस । लुम्बिनी प्रदेशका दुई सहित नेपालका ८ वटा बचत तथा ऋण सहकारी संस्था प्रोबेसन ब्राण्ड पाउन सफल भएका छन् ।
बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रम अन्तर्गत नेफ्स्कूनले आर्थिक वर्ष २०७८÷०७९ को प्रोबेसन ब्राण्ड प्राप्त संस्थाहरु घोषणा गरेको हो । लुम्बिनीबाट प्रोबेसन ब्राण्ड पाउने सहकारीहरुमा जनउत्थान साकोस कोटिहवा रुपन्देही र लेकाली स्वावलम्बन साकोस गुल्मी हुन् ।
बिहीबार बसेको नेफ्स्कूनको ३१०औं सञ्चालक समितिको बैठकले अन्तिम परिक्षण गराइएका ८ साकोसका लागि प्रोबेसन ब्राण्ड घोषणा गरेको हो ।
ब्राण्ड पाउन सफल अन्य सहकारीहरुमा ग्रामीण साकोस सल्यान, जनसेवा साकोस कास्की, , लेटाङ साकोस मोरङ, लोक कल्याणकारी साकोस चितवन, नव विकास साकोस रौतहट र ठेचो महिला जागरण साकोस ललितपुर रहेका छन् ।