ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

‘के विषयमा तालिम चाहियो आवेदन दिनुहोस्’

११ आश्विन २०७५, बिहीबार
११ आश्विन २०७५, बिहीबार

प्रदेशको कृषि नीति ड्राफ्ट गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ बुटवल रूपन्देहीले विगतको परम्परागत तालिममुखी प्रणालीलाई परिवर्तन गरी किसानबाट नै पास्ताव आह्वान गरेको छ ।  विगतका बर्षहरूमा केन्द्रीय सरकारले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मार्फत निश्चित कोटा निर्धारण गरी विभिन्न तालिममा सहभागी हुन किसानबाट प्रस्ताव आह्वान गर्दथ्यो । तर अहिलेको प्रदेश सरकारले किसानलाई के आवश्यक छ त भन्ने विषययमा स्वयम् किसानहरूबाट नै प्रस्ताव आह्वान गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का बरिष्ठ कृषि विकास अधिकृत (उप सचिव) विनोद घिमिरेका अनुसार किसानबाट आएको प्रस्तावलाई छलफल गरी माग अनुसारको कार्यक्रम, तालिम, गोष्ठी सञ्चालन गरिने छ ।
हाल प्रदेश मन्त्रालयले यस विषयमा किसानबाट ३० दिनको समय अवधिभित्र प्रस्ताव माग गरेको छ । सोही अनुसार नै किसानबाट आएका विभिन्न प्रस्ताव उप छलफल गरी तालिमको प्रक्रिया अगाडी बढाउने बरिष्ठ कृषि विकास अधिकृत घिमिरेको भनाइ रहेको छ । उनी भन्छन्–‘किसानलाई पहिला दक्ष बनाएर मात्रै व्यवसाय सञ्चालन गर्नुहोस् भन्ने उद्देश्य पनि यो तालिमको रहेको छ ।’ किसानलाई एक दुई दिन उत्प्रेरणा तालिम सञ्चालन गरेपछि अन्य सबै अवधिको तालिम फिल्डवेस (प्रत्यक्ष फर्ममा ) मा नै तालिम सञ्चालन गर्ने खालको लक्ष्य मन्त्रालय लिएको छ । हाल कृषि ज्ञान केन्द्र, पशु विज्ञ सेवा केन्द्र मार्फत किसानहरू बाट प्रस्ताव माग गरिएको छ । यस्तै मन्त्रालयले प्युठान र बर्दिया जिल्लामा ज्ञान केन्द्र र पशु विज्ञ सेवा केन्द्र नभएको कारण प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत किसानहरूले आफूले चाहेको विषयमा तालिमको लागि निवेदन दिन सक्नेछन् भने अन्य जिल्लामा भने कृषि मन्त्रालय मातहतका कृषि ज्ञान केन्द्र र पशु विज्ञ सेवा केन्द्र मार्फत किसानले आफूले लिन चाहेको व्यवसायिक व्यवहारिक तालिमको लागि निवेदन दिन सक्नेछन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार किसानहरूलाई पहिला निश्चित कोटा निर्धारण गरी जबर्जस्ती संख्या मात्रै पु¥याउनको लागि तालिम सञ्चालन गर्ने पुरानो नीतिलाई खारेज गर्दै किसानहरूको उद्देश्य अनुरूप उनीहरूकै प्रस्तावमा तालिम सञ्चालन गर्ने नीति लिएको छ । पहिला कृषि तथा पशुपालन क्षेत्रमा हात हाल्न भन्दा पहिला नै तालिम लिएर बल्ल मात्रै व्यवसाय सञ्चालन गर्ने किसानहरूको लागि पनि यो अवसर रहेको जनाइएको छ । अहिले प्रदेश सरकराले ठ्याक्कै यति जना किसानहरूलाई यस्तो प्रकृतिको तालिम सञ्चालन गर्ने योजना नबनाएको भन्दै किसानहरूको माग को आधारण सयौं प्रकृतिका तालिम सञ्चालन गर्न सकिने जनाएको छ । किसानलाई के आवश्यक छ (निडबेस) आधारमा तालिम सञ्चालन गरिने भएको हुँदा यस पटक तालिमको भत्ता भने प्रदेश सरकारले कटौती गरेको छ । आर्थिक बर्ष २०७५/०७६ बार्षिक कार्यक्रमअनुसार प्रदेश नं ५ भित्रका कृषकहरूलाई कृषि ब्यबसाय संचालन गर्नको लागि तालिम आह्वान गरिएको हो । कुखुरापालन, बेमौसमी तरकारी खेती, माछा पालन, गाई र भंैसीपालन, बाख्रापालन, च्याउ खेती, मौरी पालन, फलफूल तथा तरकारीको नर्सरी स्थापना लगायतका विषय बाहेक पनि किसानहरूले आफ्नो रुचीको विषयमा आवेदन दिन सक्नेछन् । किसानहरूले दिन भित्र यस मन्त्रालयको ईमेल ठेगाना :  molmacplanning@gmail.com मा पनि आफ्नो निवेदन पठाउन सकिनेगरी सूचना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?