ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

देवदहमा माघ अन्तिम साता औद्योगिक व्यापार मेला, कृषि उत्पादनलाई निःशुल्क स्टल

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

देवदह,४ पुस । रुपन्देहीको देवदहमा माघको अन्तिम हप्तादेखि सातौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । उद्योग व्यापर संघको मुख्य आयोजना तथा देवदह नगरपालिकाको सह आयोजनामा देवदह मण्डप घोडाहामा माघ २७ गतेदेखी फागुन १० गतेसम्म महोत्सव आयोजना हुन लागेको आयोजकले सोमबार पत्रकार सम्मेलन आयोजना गरि महोत्सवबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक मेघराज ढकालले देवदहका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा देवदहलाई परिचित गराउने तथा देवदह क्षेत्रको ऐतिहासिक, औद्योगिक, कृषि तथा दुग्ध उत्पादन लगायत समग्र पक्षको बिकासका लागि महोत्सव मार्फत अवसर सृजना गर्ने बताए । महोत्सवमा तरकारी, फलफुल, माछा लगायत कृषि उपज, दुग्ध जन्य उत्पादन, बीउ बिजन तथा मलखाद, कृषि औजार तथा यन्त्र, जडिबुटी तथा औषधी, पर्यटन, शैक्षिक संस्था, छाला तथा छाला जन्य सामानहरु प्रदर्शन हुने आयोजकले जनाएको छ ।

संस्थाका संस्थापक अध्यक्ष गोविन्द ठडराईले आफुहरुले सुरुवाती दिनबाटै युवाहरुलाई उद्यमी बनाउने दिशामा महोत्सवलाई केन्द्रित गर्ने प्रयास गरेको बताए।

महोत्सवमा करिब २ सय ५० स्टल रहने तथा देवदह क्षेत्रमा रहेर आफैं कृषि उत्पादन गरेका कृषकहरुलाई निशुल्क स्टल राख्न दिने संस्थाका महासचिव थानेश्वर लम्सालले जानकारी दिए । ५० रुपैयाँ प्रवेश शुल्क रहने महोत्सवमा टिकट बिक्रीको केही अंश पर्यटन प्रवर्द्धनमा लगानी गर्ने उनले बताए ।
महोत्सवमा औद्योगिक एवं पर्यटकीय सूचना केन्द्र, औद्योगिक, कृषि तथा पर्यटकीय गोष्ठी, लोकदोहोरी गीत प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहारुको प्रस्तुती रहने छ । त्यस्तै फेसन शो, डान्सिङ्ग, कबड्डी, कुस्ती लगायतका प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

देवदहमा २०७१ सालमा पहिलो पटक महोत्सव आयोजना गरेको उद्योग व्यापार संघको आयोजनामा हुन लागेको यो तेस्रो महोत्सव हो । महोत्सवले देवदह क्षेत्रको कृषि, पर्यटन, उद्योग, व्यापार तथा समग्र पक्षको विकास गर्ने आयोजकको अपेक्षा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?