ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

फोहरमैला व्यवस्थापनमा कठोर बन्दै घोराही

१० आश्विन २०७५, बुधबार
१० आश्विन २०७५, बुधबार

घोराही उप महानगरपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि जारी गरेको छ । यो कार्यबिधिले नगरलाई सुन्दर र हरियाली नगरका रूपमा विकास गर्न सहज पुग्ने उप महानगरपालिकाले अपेक्षा गरेको छ । गल्ने तथा नगल्ने फोहर छुट्टाउन लगाई बिहानको समयमा बजार क्षेत्रबाट प्रत्येक दिन फोहर उठाउने गरेपनि विभिन्न व्यक्तिहरूले अटेरी गर्ने गरेका कारण कार्यविधि आवश्यक परेको उप महानगरपालिकाले जनाएको छ ।
जथाभावी फोहर फाल्ने तथा अटेरी गर्नेलाई लक्षीत गरि कार्यबिधी तयार गरिएको घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए । कार्यबिधी पालना नगर्नेलाई तीन हजार देखि एक लाख सम्मको जरिवाना तथा तीन महिना सम्म कैद हुनेसम्मका सजाय रहेको उप महानगरपालिकाले जनाएको छ । भर्खरै तयार पारीएको कार्यबिधी अनुसार तोकिएको समय र स्थान बाहेय अनेत्र फोहर गर्नेलाई पहिलो पटक तीन हजार, दोस्रो पटक भए कसुर अनुसार ७ हजार र तेस्रो पटक भन्दा बढी नियम उलंघन गर्नेलाई १० हजार रूपैयाँ सम्म जरिवान गर्ने उल्लेख छ । त्यसैगरी फोहर व्यवस्थापन गर्न राखीएका कन्टेनर तोडफोड गर्नेलाई १५ हजार देखि ५० हजार रूपैयँ जरिवाना गर्ने गरी कार्यविधि तयार पारीएको छ ।
कार्यविधिको अभावमा तोकिएको स्थानमा भन्दा अन्यत्र फोहर फाल्नेहरूको पहिचान भएपनि घोराही उप महानगरपालीकाले कार्वाही गर्न सकेको थिएन । घोराही उप महानगरपालीकाको प्रवेशद्वार कुईरेपानी क्षेत्रमा सडक किनारामा सिसाजन्य फोहर फाल्दै आएका व्यवसायीको पहिचान भएपनि घोराही उप महानगरपालीकाले कार्वाही नगरेको एक कार्यपालीका सदस्यले जानकारी दिए । कार्वाही गर्नुको साटो उप महानगरपालीकाका जनप्रतिनिधिहरू आफै गएर फोहरलाई ठेगान लगाएका थिए । अहिले उक्त क्षेत्रमा फोहर निशेधित क्षेत्र लेखिएको वोर्ड झुण्डाईएको छ । अहिले तयार भएको कार्यविधिलाई अक्षरस पालना गराउन सक्ने हो भने घोराही उप महानगरपालीका सफा वन्नेमा दुईमत नै छैन । घोराही उप महानगरपालीकाको वार्ड नं १४ लाई नमुना बनाउन लागिपरेका वडा अध्यक्ष शक्तिराम डाँगीका अनुसार उपमहानगरलाई सफा राख्न बसपार्क टोल उदाहरणको रूपमा रहेको छ । “घोराहीलाई सफा र सुन्दर बनाउने जिम्मा हामी नगरवासीको नै हो त्यसैले सवै सचेत हुनु जरुरी छ” घोराही १४ का अध्यक्ष डाँगीले भने ।
यस अघि घोराही उप महानगरपालीकाले फोहर प्लाष्टिक जलाउदा हुने वातावरणीय असरलाई मुल्याङकन गर्दै उप महानगरपालीकाले प्लाष्टिक जलाउन रोक लगाएको थियो । घोराही उप महानगरपालीका १४ ले फोहर प्लाष्टिक जलाउदै गरेका दुई जना ब्यवसायीलाई चेतावनी स्वरूप कार्वाही समेत गरेको थियो । घोराही वजारको मासु बजारमा प्लाष्टिकका फोहोर जलाउदै गरेको भेटाएपछि वडा नम्बर १४ ले २ जनालाई कार्वाही गरेको हो । फोहोर मैला व्यवस्थापन कार्यबिधी २०७४ बमोजिम अनाधिकृतरूपमा फोहोर जलाएको भन्दै महम्मद राजु र मोहमद नसिमलाई वार्ड नं १४ ले कार्वाही गरेको हो । राजुलाई बजारमा फोहोर नगर्न आग्रह गर्दै सचेतना जगाउन लगाएको हो भने नसिमलाई ५ सय रूपैयाँ जरिवाना गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?