© २०२३
सरकारको निगरानी दुग्ध र दुग्धजन्य बस्तु मात्र भएको छ । गुणस्तरका लागी व्यवसायीहरू संवेदनशिल पनि भएका छन् तर ठूलो धनराशी लगानी र रोजगारीको धेरै अवसर सिर्जना गर्ने दुग्ध व्यवसाय प्रति सरकार नै अनुदार भएको समेत व्यवसायीको आरोप छ ।
नेपाल डेरी एशोशियसन को केन्द्रिय समितिको पाल्पाको तानसेनमा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनीहरूले यस्तो आरोप लगाएका हुन् ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार र राजनैतिक दलका नेताको चलखेलका कारण विदेशी कम्पनी नेपाली कृषक, व्यवसायीलाई धरासायी बनाउनका लागी भित्रन लागेको समेत बताइएको थियो । एशोसिएसनका महासचिव प्रल्हाद दाहालले वित्तिय संस्था, सरकारले विभेद गर्दा डेरी सञ्चालकले किसानहरूलाई सहयोगका कार्यक्रम ल्याउन नसकेको बताए । बैंक तथा वित्तीय संस्थाले कार किन्नेलाई ६ प्रतिशत गाईपालन गर्ने कृषकलाई १३ प्रतिशत व्याज लिने गरेको बताए । पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै एशोशीयन का पूर्व अध्यक्ष मेघराज भण्डारीले सरकारको विभेदकारी नीति र कृषि, पशुपालन व्यवसाय प्रति सरकारको स्पष्ट नीतिको अभाव भएकोले दुग्ध व्यवसायीले पशुपालन व्यवसाय छाड्दै गएको बताए । समस्या व्यवसायका धेरै हुन् । समाधानका लागी पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए ।
बजारमा चोरीको बाटो बाट घ्यू आउने गरेकोले त्यसैले पनि व्यवसायीलाई अप्ठेरो परेको बताउँदै केन्द्रिय उपाध्यक्ष सन्तोष दाहालले सरकारले स्वदेशी भन्दा विदेशी उत्पादनलाई प्रश्रय दिएकोले व्यवसायीको घ्यू स्टकका कारण पूजी संचित भई भुक्तानीमा असर परेको बताए । पत्रकार सम्मेलनमा पत्रकारहरूले व्यवसायीलाई गुणस्तरमा व्यवसायीलाई कञ्जुस्याइँ गर्न नहुने सुझाव दिएका थिए । कार्यक्रममा प्रेस युनियनका सभापति भरत शर्माले व्यवसायीले गुणस्तरमा ध्यान दिन र मूल्य वृद्धि नगर्न सुझाव दिएका थिए ।