ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

२५ करोड लगानीमा आरम्भ रिसोर्ट

२२ असार २०७५, शुक्रबार
२२ असार २०७५, शुक्रबार

बुटवल । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।
रिसोर्ट पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नयाँगाउँ ढबाहाबाट सात सय मिटर दक्षिणमा अवस्थित छ । रिसोर्टको बिहीबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।
रिसोर्ट उद्घाटन गर्दै मन्त्री गिरीले रुपन्देहीमा पर्यटन विकासको प्रचूर संभावना रहेकाले स्तरीय होटल र रिसोर्टहरुमा अझै लगानी आवश्यक रहेको बताए । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै एक वर्षपछि प्रत्येक दिन १५ देखि २५ हजार आन्तरिक र वाह्य यात्रुरपर्यटक रुपन्देही अवतरण गर्ने भएकाले भविष्यलाई मध्यनजर गरी व्यवसायीहरुले अहिल्यैबाट तयारी थाल्नुपर्ने सुझाव दिए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव माधव खनालका अनुसार रुपन्देहीमा साना, मझौला, ठूला र तारेसहित करिब एक हजार पाँच सय होटल सञ्चालनमा रहेका र एक रातमा पाँच हजार जना पाहुनालाई सहजरुपमा राख्न सकिन्छ ।
आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत आफ्नै स्वामित्वको करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष वावुराम महत क्षेत्रीले जानकारी दिए ।
पब्लिक कम्पनी अन्तर्गत सञ्चालनमा आएको आरम्भ रिसोर्ट रुपन्देहीकै पहिलो हो । जिल्लाकै ठूलो स्वीमिङ पूल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित मास्टर किङ साइजका हाल ९ वटा वातानुकुलित बेडरुम रहेका रिसोर्टमा एक वर्ष्भित्र पूरा हुने गरी ५० वटा र २ वर्ष्भित्र सय वटा स्तरीय बेडरुम निर्माण गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक गोपाल पाण्डेले जानकारी दिए ।
लजका लागि दुई वटा अलग अलग भवन बनाइने कम्पनीको योजना रहेको छ । रिसोर्टमै ब्याचलर इन होटेल म्यानेजमेन्ट –बीएचएम) को कक्षासमेत सञ्चालन भइरहेको छ । भविष्यमा रिसोर्टलाई नेपालकै नमूना ‘स्कूटेल’ (शिक्षण होटल) र पाँचतारे होटलका रुपमा विकास गर्ने लक्ष्य रहेको पाण्डेले बताए । रिसोर्टमा हाल ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?