ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

‘किसानको समस्या समाधान गर्न पहल गर्छु– कृषि मन्त्री

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

नेपाल डेरी एशोसियसनको केन्द्रीय कमिटीले प्रदेश नम्बर ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलसँग भेटघाट गरेको छ । पाल्पामा आज (आईतबार) देखि प्रारम्भ केन्द्रीय कमिटिको बैठकमा सहभागी हुन आएको केन्द्रीय कमिटिले मन्त्री पौडेललाई भेटघाट गरी विभिन्न मागको विषयमा जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले नेपाल सरकारले गरेको कृषि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषि क्षेत्रलाई मात्रै समेटेको भन्दै अव यसलाई पशु पालन क्षेत्रलाई पनि समेट्नको लागि पहल जारी रहेको बताएकी छिन् । उनले कृषि र पशु क्षेत्रलाई संग संगै लैजानको लागि केन्द्रीय सरकार संग पहल जारी रहेको बताउँदै यसमा सबैको साथको आवश्यक रहेको बताइन् । यस्तै दुधको बजारीकरण र विविधिकरण गर्नुको विकल्प नभएको भन्दै मन्त्री पौडेलले गोठ देखि ओठ सम्म दुधको शुद्धता जरुरी रहेको बताइन् ।
५ नम्बर प्रदेश सरकारले दुधको पाउडर प्लान्ट स्थापना गर्ने सोँच बनाएको भएपनि ठूलो बजेटको कारण त्यसलाई संभावना अहिले नदेखिएको बताईन् । तर प्रदेश सरकारले एक्लै सम्भव नभएपनि पिपिपी मोडल अनुसार अगाडी बढाउन सकिने बताईन् । उनले व्यवसायीहरूको साथ र सहयोग आवश्यक रहेको भन्दै यदि सबैको साथ रहेमा यसलाई पुरा गर्न सकिने धारणा राखिन् ।
डेरी व्यवासयीहरूलाई प्रदेश ५ मा सृजनशील परियोजना ल्याउनको लागि आग्रह गर्दै मन्त्री पौडेले यदि सृजनशिल कार्यक्रम (परियोजना) आएमा प्रदेश सरकार लगानी गर्न ईच्छुक रहेको बताइन् । उनले भनिन्–‘मैले पहिला देखि नै भनेकी छु, प्रदेशको पहिचान हुने गरी जुनसुकै सृजनशिल परियोजना ल्याउनुहोस् यसमा म मन्त्रालयको तर्फ बाट सहयोग गर्न तयार छु ।’
यस पटक प्रदेश सरकारले बधशाला निर्माण लगायतको अवाधारण अगाडि ल्याएको जानकारी दिँदै उनले किसानहरूलाई उत्पादित दुधको विविधिकरण र बजारीकरण गर्न आग्रह गरिन् । यसको लागि प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले प्रदेश सरकार किसानहरूको पक्षमा नै रहेको प्रतिबद्धता जनाइन् । कार्यक्रममा नेपाल डेरी एशोसियसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले किसानहरूको समस्या समाधानको लागि स्थानिय तहबाट नै पहल जरुरी रहेको बताएका थिए ।
उनले कार्यक्रममा बोल्दै किसानहरूले उत्पादन गरेको दूधको लागत बिस्तारै बढ्दै गएको भन्दै लागत कम गरी दुधको उत्पादन वृद्धिको लागि योजना बनाउनु पर्ने बताए ।
यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष सुनित केडियाले सरकारले नीतिगत कुरामा विशेष ध्यान दिनुपर्ने बताएका थिए । भारतबाट सस्तो मूल्यमा आयात गरिएको दुध र दुग्धजन्य पदार्थको कारण समस्या भएको भन्दै नीतिगत रूपमा भन्सारमा भारतबाट आयात गरिने घिउ लगायतका परिकारमा अन्तशुल्क लगाउनु पर्ने बताएका थिए । यस्तै उनले भारतबाट आयात गर्दा अन्डर विलिङ्ग गर्ने प्रक्रियालाई रोक्नु आवश्यक रहेको भन्दै उक्त कार्य रोक्नुपर्ने बताएका थिए ।
यस्तै पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले दुधको प्याकेजिङ्ग गरी दुधको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने र सरकारबाट गुणस्तरको निरन्तर अनुगमन र मूल्यांकन आवश्यक रहेको बताएका थिए । यस्तै केन्द्र, संघीय सरकारले घाँसमा आधारित पशुपालन र दाना उद्योग स्थापनामा विशेष जोड दिनुपर्ने बताए ।
नेपाल डेरी एशोयिसयनका केन्द्रीय महासचिव प्रल्हाद दाहाले समृद्धि नेपाल बनाउनको लागि उद्योगी र किसानहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताए । स्वदेशी उद्योगलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने भन्दै प्रादेशिक दुग्ध विकास बोर्डमा अनिवार्य डेरी एशोसियसनको पनि सहभागीता गराउनको लागि प्रदेश सरकार संग माग गरे ।
कार्यक्रममा नेपाल डेरी एशोसियसनका केन्द्रीय सचिव विजय चौरासीया, सह सचिव रेशम खड्का, प्रथम उपाध्यक्ष राजन चिमोरिया प्रदेश १ बाट , उपाध्यक्ष कुणबहादुर हमाल प्रदेश ७ बाट, राजन दाहाल प्रदेश ३, प्रदेश ५ का संयोजक कृष्ण प्रसाद भट्टराई (खिम), प्रकाश समन्त प्रदेश ६, नेपाल डेरी एशोसियसनका केन्द्रीय सदस्य मनोज कुमार घिमिरे, कोषाध्यक्ष दयाराम भण्डारी, रामभक्त दाहाल केन्द्रीय सदस्य, सह कोषाध्यक्ष दिप प्रसाद धमाल, केन्द्रीय सदस्य बद्री प्रसाद ढकाल, पवन बास्तोला, डम्बर कुमारी गौतम, शिव भुषाल, ७ नम्बर संयोजक भुपेन्द्र थापा, ४ नम्बर शिवहरी आचार्य, ६ नम्बर प्रेम बहादुर विसी, २ नम्बर राघौ सिंह लगायतले बोलेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%