ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

रातारात नदीजन्य पदार्थ चोरी निकासी

६ आश्विन २०७५, शनिबार
६ आश्विन २०७५, शनिबार

पछिल्लो समय जिल्लाका बिभिन्न नाकाहरूबाट नदीजन्य पदार्थको अबैध उत्खनन् गरि चोरी निकासी गर्ने क्रममा बृद्धि भएको छ । कपिलवस्तु नगरपालिका–९ कुस्मा स्थित हात्तिसार नाकाको टिकुरीघाट बाट बिहीबार राती नदीजन्य पदार्थको चोरी भएको जानकारी पाए पछि स्थानीयले वडा अध्यक्षलाई सो बिषयमा जानकारी गराएका थिए ।
स्थानीयबाट जानकारी पाएका कपिलवस्तु नगरपालिका–९ का वडा अध्यक्ष शिव बहादुर बाग्ले र बाणगंगा नगरपालिका–६ का वडा अध्यक्ष सुकदेब थारुले स्थलगत अनुगमन गर्दा गाउँलेले दिएको सुचना अनुसार नै नदीबाट अबैध रूपमा निकालिएको बालुवा एक स्थानीय बालुवा प्रशोधन उद्योग नजिकै खसालेको भेटिएको थियो । आफूहरूले बिगत धेरै बर्षदेखि नदीमा हुने अबैध उत्खनन् रोक्न क्रियाशिल रहँदै आएकोमा रातभरी ट्याक्टरमा निकालिएको बालुवा जनप्रिय बालुवा प्रशोधन प्रा.लिको डम्पिङ्गस्थल नजिकै फेला परेको कपिलवस्तु नगरपालिका–९ का वडा सदस्य खगेश्वर उपाध्यायले बताए । “रातभरि नदीमा गएर बालुवा निकालेको छ । बालुवा लिएर फर्किएको बाटो त्यहि प्रशोधन उद्योग अघि सम्म छ । त्यसैले प्रशोधन उद्योगको भूमिका शंकास्पद छ,” सदस्य पौडेलले भने । आफूहरू बिहान जाँदा लु ३ त ९१३७ नम्बरको ट्याक्टरबाट बालुवा ओसारेको भेटिएको उनले जनाए । आफूहरूले अनुगमन गर्ने क्रममा केही स्थानीय जनप्रतिनिधिको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने गरेको भेटिएको बाणगंगा ६ का वडा अध्यक्ष सुकदेव थारुले बताए । “यो चोरी निकासीका कारण हामी जनप्रतिनिधिलाई मिलेमतो भन्दै बदनाम गराइएको छ ।
तत्काल यस्ता चोरी निकासी नियन्त्रणमा ल्याउनु पर्छ” उनले भने । आफनो वडामा रहेको बाणगंगा नदीको सो नाकाबाट रातको समयमा चोरीनिकासी बढेको जन गुनासोको आधारमा स्थलगत अनुगमन गर्दा बालुवा प्रशोधन उद्योगको वरिपरि चोरि गरिएको बालुवा भेटिएको कपिलवस्तु नगरपालिका ९ का वडा अध्यक्ष शिव बहादुर बाग्लेले बताए ।
“बालुवा प्रशोधन उद्योगकै अगाडी चोरिएको बालुवा भेटिदा समेत प्रशोधन उद्योगका सञ्चालकले अनभिज्ञता प्रकट गर्नु रहस्यमय छ ।” वडा अध्यक्ष बाग्लेले भने । नदीजन्य पदार्थको चोरी निकासी बढेको बिषयमा आफुहरूले तत्कालै स्थानिय प्रशासन सँग पहल गरि चोरी निकासीलाई नियन्त्रण गर्ने कार्य अगाडी बढाउने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?