© २०२३
बुटवल तपाई संग खेतीपाती गर्ने जाँगर छ ? युवा जोस् छ तर आफ्नो जमिन छैन ? यदि त्यसको होभने तपाईको लागि खुसिको खबर छ । प्रदेश नम्बर ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आफ्नो जग्गा नभएका किसानहरुलाई खेती गर्न लिइएको भाडाको जग्गाको मुल्य तिरिदिने भएको छ । आर्थत प्रदेश सरकारले कृषिमा पोत्सहान गर्ने गरी निश्चित संख्यामा किसान छनौट गरी ‘करार कृषि खेती’ लाइ अगाडी बढाउने भएको छ ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव यम नारायण देवकोटाका अनुसार अव किसानबाट प्राप्ताव आह्वान गर्ने योजना मन्त्रालयले बनाएको छ । किसानहरुको प्रस्तावको आधारमा वृहत परिणामा कृषि खेती गर्ने किसानलाई लक्षित गरि यो योजना अगाडी बढाइएको हो । जसको लागि बजेटमा नै व्यवस्थापन गरिएको छ । कृषि सचिव देवकोटा भन्छन्–‘कृषि क्षेत्रमा काम गर्ने किसानहरुको उत्प्रेरणा प्रदान गर्न गनको लागि प्रदेश सकरारले यस्तो योजना ल्याएको हो । जसका आफ्ना जमिन नहुने किसानहरुको लागि यो लाभदायक हुन कुुरामा हामी विश्वस्त छौ । ’
करार खेतीको विषयमा मन्त्रालयले मतहतका कर्यालय, पालिका मार्फत प्रस्ताव आह्वानगर्ने योजना बनाएको छ । सोही अनुसार नै किसानहरुले आफुले गर्न चाहेको खेतीको प्रकृति, क्षेत्र, जमिन भाडामा लिएको विवरण, सम्झौता लगायतका विषयहरु समेटेर किसानले आवेदन दिनुपर्ने छ । सोही आधारमा छानविन गरी उपयुक्त प्रस्तावको आधारमा किसानले तिर्ने जमिनको भाडामा मन्त्रालय नै तिर्ने गरी योजना ल्याइएको हो ।
प्रदेश नम्बर प्रदेशको कुल उत्पादनमा क्षेत्रको हिसावले ४५.६ प्रतिशत कृषिको योगदान रहेको छ । आर्थिक बर्ष २०७२।÷०७३ को कृषि विकास मन्त्रालयको कृषि सम्बन्त्धी तथ्याङ्कको आधारमा अनुसार प्रदेश ५ मा धान र तेलहन उत्पादनमा देशमै पहिलो स्थानमा छ । यस्तै मकै र आलु उत्पादनमा चौथो नम्बरमा रहेको छ । पशुपालन तर्फ भैसीको संख्यामा प्रदेश नं ५ पहिलो, माछा दोस्रो र गाईपालनमा तेस्रो स्थानमा रहेको छ ।
दुध र मासु उत्पादनमा तेस्रो स्थानमा र माछा उत्पादनमा दोस्रो स्थानमा रहेको छ । पशुपन्त्छी उत्पादनमा गत आर्थिक बर्षमा प्रदेशमा दुध उत्पादन ३१७३३३ मेट्रिक टन उत्पादन भएको पाईन्छ । यस्तै दुध उत्पादनमा १७ प्रतिशत हिस्सा प्रदेश ले िओगटेको छ ।
यस्तै मासु उत्पादनमा ५,८,६८८ मेट्रिक टन, राष्ट्रिय उत्पादनमा १८ प्रतिशत योगदान यस प्रदेशले ओगटेको छ ।
प्रदेश खाद्यान्न बचत हुने प्रदेशमा परे पनि प्रदेशका प्यूठान, बाुँके र रोल्पा जिल्लामा खाद्यान्न अपुग रहेको छ । दाङ्ग, बाुँके र बर्दिययामा केही मात्रा कपास खेती पनि हुने गरेको पाईन्छ ।
केन्त्रीय तथ्याङ्क विभागको कृषि गण्ना २०६८ अनुसार यस प्रदेशमा ४,०४,५४१ हेक्टर खेती योग्य जमिन रहेको छ । जुन यस प्रदेशको कुल भूभागको २२.७ प्रतिशत हो । प्रदेश नेपालको तेस्रो ठूलो खेती योग्य जमिन भएको प्रदेशको रुपमा रहेको छ । केन्त्रीय तथ्याङ्क विभागको गणना अनुसार २०६८ अनुसार यस प्रदेशमा ७ हजार कृषिक परिवार च्याउखेतीमा, १८ हजार मौरीपालनमा, ६ हजार माछापालनमा संलग्न छन् ।