ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

अस्पतालको सेवा व्यवस्थित गर्न निर्देशन

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

जिल्ला सदरमुकाम तौलिहवा स्थित जिल्ला अस्पतालको सेवामा गुणस्तरीयता कायम गर्न जिल्लाका सरोकारवाला निकायका प्रमुखले निर्देशन दिएका छन् । अस्पतालले प्रवाह गर्ने सेवा बारे पटक–पटकको जनगुनासो पछि सर्वपक्षिय छलफलमा सो निर्देशन दिइएको छ । छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले अस्पतालका सेवा नियमितता र सरसफाईका दुई मुद्दा तत्कालै समाधानमा पहल गर्न मेसु डाक्टर किशोर बन्जाडेलाई निर्देशन दिए । जिल्ला अस्पतालको सेवा तोकिएको मापदण्ड अनुसार नभएको स्पष्ट पार्दै सेवा बिस्तार भन्दा पनि जनशक्तिको उपलब्धता अनुसारको गुणस्तरीय सेवा प्रदान गर्न उनले सुझाव दिए । अस्पतालमा उपलब्ध औषधीको विवरण सार्वजनिक गर्न, सरसफाईमा ध्यान दिन, स्वास्थ्य बीमाको कार्यक्रम तत्कालै कार्यान्वयन गर्न निर्देशन दिँदै सोका लागि आवश्यक पर्ने दरबन्दी व्यवस्थापन लगायतका कार्यका लागि योजना बनाउन उनले सुझाव दिए । छलफलमा अस्पतालको अवस्था बारे जानकारी दिँदै डाक्टर बन्जाडेले नयाँ भौतिक संरचना समयमै नबन्दा अस्पताल व्यवस्थापनमा समस्या आएको, पर्याप्त दरबन्दी नरहेको, औषधीहरूको उपलब्धता नभएको लगायतका समस्याहरू सुनाएका थिए । अस्पतालको सेवालाई गुणस्तरीय बनाउन आफू नेतृत्वको अस्पताल व्यवस्थापन समिति तत्पर रहने जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले बताए ।
जिल्ला समन्वय समितिलाई व्यवस्थापनको जिम्मा दिए पनि बजेटको व्यवस्थापन अन्यत्र हुँदा सामन्जस्यता मिलाउन आवश्यक रहेको उनको सुझाव थियो ।
अस्पतालमा नगरपालिका तर्फ बाट उपलब्ध गराउनु पर्ने औषधी र सामाग्री आफूहरूले उपलब्ध गराए पनि नेपाल सरकारबाट उपलब्ध हुने औषधी उपलब्ध नहुँदा नगरपालिकालाई दोष दिने कार्य जायज नभएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले गुनासो गरे । योजना निर्माण गरि व्यवस्थापन समितिको निर्णय पश्चात माग गरिए आफूहरूले अस्पतालका लागी आवश्यक पर्ने बजेट खर्चका लागी आवश्यक सहयोग गर्न सक्ने नगर प्रमुख सिंह र प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले बताए ।
यसअघि कपिलवस्तु नगरपालिका १ चौक बजारका युवाहरूले मंगलबार साँझ उपचारका लागी गएका स्थानीयलाई उपचारमा खटिएका अस्पताल कर्मचारीले दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रशासनको मुल गेटमा पुगी अस्पताल प्रशासन बिरुद्ध नाराबाजी गरेका थिए । जिल्ला समन्वय समितीका सदस्य अनुप पाण्डेयको नेतृत्वमा बुधबार स्थानियले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती र कपिलवस्तु नगरपालिकामा डेलिगेशन गई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई गरिने दुव्र्यवहार रोक्नु पर्ने, अस्पतालका सेवा प्रभावकारी बनाउनु पर्ने, औषधीको सहज उपलब्धतासँगै औषधी बारे नागरिकलाई जानकारी दिनुपर्ने र स्वास्थ्यकर्मीहरूले तोकिएको समयमा सेवा प्रवाह गरे नगरेको बारे नियमित अनुगमन र कारबाही गर्नुपर्ने माग राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?