ट्रेंडिंग:

>> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य

न्यौपानेको कृषि कर्मः एघार रोपनीमा तरकारी खेती, ७ लाख आम्दानी

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

भनिन्छ स्वदेशमा नै पौरख गर्ने हो भने पैसा कमाउनु विदेश गै रहनु पर्दैन । स्वदेशमा नै कृषि क्षेत्रमा लाग्ने हो भने मनग्ये आम्दानी गर्न सकिन्छ त्यहीपनि खेर गइरहेको जमिन पाखोबारीमा । त्यहि उदाहरण बनेका छन् गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका हुँगाका किसान लक्ष्मण न्यौपाने । परिवार नै कृषि पेशामा लागेका न्यौपानले पाखोबारीमा तरकारी खेती गरी राम्रो आम्दानी गरको छन् । ३२ बर्षिय न्यौपानेले करिब ५ लाख रूपैयाँ खर्चमा गाउँमा टनेल निर्माण गरको छन् भने गाउँमा नै पाईने काठको प्रयोग गरी झेक्राँमा टमाटर खेती गरेका छन् । पोखरी नभएको कारण पानीको समस्या व्यहोर्दै आएता पनि उनले हिम्मत हारेका छैनन् । उनी भन्छन्–‘आकासको पानीको भरमा खेती गर्दै आएका छांै, पानीको समस्या छ ।’ ११ रोपनी क्षेत्रफलमा तरकारी रोपेका उनले बारीमा अहिले काउली, टमाटर, बोडि, काँक्रा लगायतका तरकारीहरू लटरम्म फलेका छन् । ११ रोपनी क्षेत्रफल मध्ये ८ रोपनीमा उनले भाडा(लिज) मा लिएका हुन् । उनी भन्छन्–‘आफ्नो जग्गा कमी भएपछि भाडामा लिएर तरकारी खेतीमा लागेको हुँ ।’
करिव ४ बर्ष देखि तरकारी खेतीमा निरन्तर लागेका उनले गत बर्ष टमाटर मात्रै खेती गरेका थिए । तर अहिले काउली, बोडी, सिमी, काँक्रा प्रजातिका तरकारी रोपेका छन् । गत बर्ष करिब ७ लाख रूपैयाँ बराबरको टमाटर मात्रै विक्रि गरेका न्यौपानेले ४ लाख रूपैयाँ खर्च कटाएर आम्दानी गरेको अनुभव सुनाउँछन् ।
बार्षिक ८ रोपनी जग्गालाई २० हजार रूपैयाँ भाडा तिर्ने गरी उनले तरकारी रोपेका हुन् । तर यसमा कुनै पनि चिन्ता छैन उनलाई । कारण उनले उत्पादन गरेको सबै तरकारी पहिला नै सम्झौता भैसकेको हुन्छ । पैचो पसल प्रालिले उनले उत्पादन गरेका सबै तरकारी पहिला नै किनिदिने सम्झौता गरेको छ । ३० रूपैयाँ प्रतिकिलो टमाटरको सम्झौता भएको र सोही अनुसार कारोबार भएको उनी बताउँछन् । एउटा बोटमा करिब ५ देखि ६ किलो सम्म टमाटर फलेको उनको भनाई छ ।
४ बर्ष पहिला भारतमा समेत काम गरेका न्यौपानेले पोखरामा फेन्सी पसल समेत चलाएका थिए । केही समय फेन्सी चलाए पनि राम्रो आम्दानी नभएको कारण कृषि क्षेत्रमा हात हालेको उनको भनाई छ । टमाटर खेतीमा राम्रो भविश्य देखिएको कारण यसैमा लागेको उनको भनाई रहेको छ । ४ जनाको परिवार सबै नै कृषि खेतीमा लागेको उनको भनाई छ । घुसुवाली चक्र समेत न्यौपानेले अबलम्बन गरेका छन् । पहिला टमाटर रोपेको स्थानमा छेबैमा उनले काउली रोपेका छन् । टमार पाकेर सिध्याउँदा काउलीको उत्पादन हुने भएको कारण प्राविधिकहरूको सल्लाहमा घुसुवा बाली अपनाइएको उनको भनाई रहेको छ । हाल उनको पाखो बारीमा उन्सरी जातको टमाटर र सुपरवाईडर जातको काउली उत्पादन भैरहेको छ ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%