ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

एक बर्षमा बुटवल उप–महानगरपालिकाले कृषिमा के गर्यो

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

बुटवल उपमहानगरपालिकाले एक बर्षमा कृषि तथा पशु क्षेत्रमा विभिन्न कार्यहरू गरेको छ । मंगलबार सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा आधुनिक बधशाला सञ्चालनका लागि बधशाला क्षेत्रको वाउन्ड्री गर्ने, लोडिङ्ग अनलोडिङ्ग प्लेटर्फम निर्माण गर्ने तथा गेट र चेक पोष्ट निर्माण गर्ने काम सम्पन्न भएको जनाएको छ ।  बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका अनुसार अतिरिक्त सार्वजनिक निजि साझेदारीमा उपभोक्ता समिति मार्फत उपकरण सप्लाई र पशु विश्राम स्थल निर्माण गर्ने काम अगाडी बढेको छ । केन्द्र सरकारको सहकार्यमा सेमलारमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि सम्भाव्यता अध्ययन र स्थानिय तहबाट जग्गा यकिन गर्ने काम सम्पन्न भएको छ भने व्यवसायिक वाली विकास कार्यक्रम, आलु तथा तरकारी विकास कार्यक्रम, मौरी विकास कार्यक्रम, कौसीखेती तथा तरकारी खेती प्रवद्र्धन कार्यक्रम जस्ता अभियानहरू सञ्चालन गरी नगरका विभिन्न व्यवसायिक कृषक, समूह र सहकारीलाई तालिम प्रदान गर्ने तथा ग्रिन हाउस, सेड तथा टहरा निर्माण, तरकारीको मिनिकिट, मौरी घार तथा उत्पादन सामग्री, बिउ–बिजन, मल, माटो परिक्षण, पावर स्प्रेयर तथा अन्य उपकरणहरू अनुदान तथा सहयोग उपलब्ध गराउने काम सम्पन्न भएका छन् ।
यस्तै नगरपालिकाले पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत करिब ८ हजार गाईभैसीलाई भ्यागुते तथा चरचरे रोग विरुद्ध, करिब ८ हजार बाख्राहरूलाई पिपिआर रोग विरुद्ध, ३ हजार पशुहरूलाई खोरते रोग विरुद्ध र ५ सय कुकुरहरूलाई रेविज रोग विरुद्ध निःशुल्क खोप लगाउने, पशुपालक व्यवसायिक कृषक तथा अन्य साना कृषकहरूलाई १२ क्वीन्टल हिउँझै घा“स र १० क्वीन्टल वर्षे टियोसेन्टी घाँसको बिउ निःशुल्क वितरण गर्ने र विभिन्न कृषक सहकारीलाई ५ सय र १ हजार लिटर क्षमताको चिलिङ भ्याट र जेनेरेटरमा अनुदान सहयोग गर्ने काम गरेको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?