© २०२३
पाँच वर्ष सम्म विहान वेलुकाको खर्च धान्नका लागि अर्काको मजदुरी गर्ने रैनादेवी गाउँ पालिकाको मुझुङ्गकी लक्ष्मी पुनको आजभोली दैनिकी फेरीएको छ । अर्काको मजदुरी गर्ने पुनले आजभोली समयअनुसार पाँच देखि सात जना सम्म आफु जस्तै महिलाहरूलाई दैनिक रोजगारी दिने गर्दछिन् ।
आफ्नो जमिन नभएपनि उनले अर्काको जमिन भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्न लागेपछि, पुनको दैनिक नै बदलिएको छ । झण्डै दश रोपनी क्षेत्रफलमा व्यवसायिक रूपमा टमाटर खेती गर्न लागेपछि दैनिक मात्र फेरिएन, जीवनमा कायापलटै भएको उनले बताइन् । मौसमी बेमौसमी टमाटर खेतीका लागी स्थानीय सहकारी संस्थाले प्राविधिक र आर्थिक सहयोग गरेपछि आफ्नो जीवनमा परिवर्तन भएको बताइन् । सडक सञ्जालले सदरमुकामसंग जोडिएका उत्पादित वस्नु बजारीकरणका लागी सहज भएपछि पुन जस्ता धेरै महिला हरूको दैनिक जीवनमा मात्र परिवर्तन नभई आर्थिक रूपले समेत बलियो वन्दै गएको स्थानीय वासिन्दाहरू बताउँछन् ।
सडक सञ्जालले गोलवन्द गर्नु, सहकारी संस्थाले व्यवसायिक रूपमा खेती गर्न उत्प्रेरित गर्नु र स्थानिय तहको निर्वाचन पश्चात गाउँ पालिकाले कृषिलाई उचीत बजेट विनियोजन गरीदिएपछि कृषकहरूमा थप उर्जा र हौसला बढेको हो ।
स्थानिय अगुवा कृषक वावुराम कार्कीले पनि व्यवसायिक टमाटर खेतीबाट आफ्नो मात्र नभई गाउँको मुहार फेरीएको आफ्नो अनुभव बताउँछन् ।
तरकारी खेतीको अवलोकन का क्रममा मदनपोखरा पुगेपछि आफूले पनि गरेपछि हुने रहेछ भन्ने व्यवहारीक ज्ञान प्राप्त भएको र हाल मदनपोखरामा भन्दा बढी उत्पादन लिन सफल भएको कार्कीको अनुभव छ । मुझुङ्गमा उत्पादन भएको टमाटर सदरमुकाममा मात्र नभई दैनिक पाँच सय क्यारेट टमाटर पोखरा पु¥याउने गरेको उनले बताए । टमाटर खेती बाट नै खरको छानाबाट टिनको छाना छाएका छन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन सफल भएका छन् । हप्तामा ५ क्विन्टल सम्म उत्पादन लिने किसानको संख्या एक सय भन्दा बढी भएको कृषक दोलख कार्की बताउँछन् ।
कृषि अन्तर्गत गाउँपालिकाले मुझुङ्गलाई टमाटरको पकेट प्याकेजको क्षेत्र घोषणा गरेको र व्यवसायीक कृषकका लागी आवश्यक उपकरणहरू अनुदानमा गाउँपालिकाले उपलब्ध गराएको प्रमुख प्रशाशकीय अधिकृत ठानेश्वर पराजुलीले बताए ।
गत वर्षदेखि गाउँपालिका ले सहयोग गर्न लागेपछि टमाटर खेतीबाट गाउँमा वार्षिक रूपमा एक करोड भन्दा बढी रूपैयाँ भित्रने गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउँछन् । मुझुङ्गको पहिचान नै बनिसक्यो टमाटर र सुन्तलाबाट व्यवसायीक रूपमा टमाटर खेती बाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउनु पर्छ भनेरै आफु बाटै सुरुवात गरेको र ५० कृषकहरू व्यवसायीक रूपमा टमाटर खेतीमा मात्रै लागेको अध्यक्ष कार्की बताउँछन् । परम्परागत खेती ग¥यो बाँदरले रहनै दिँदैन अर्को तर्फ वजारीकरणका लागी समस्या नहुने जसले गर्दा कृषका आकर्षण बढेको हो । वार्षिक रूपमा पाँच लाख रूपैयाँ आम्दानी गर्ने सबै कृषक छन् । ५ लाख भन्दा बढी आम्दानी गर्ने कृषक ५० जना भन्दा बढी भएको उनले बताए । यहाँका कृषकहरू सदैव वेफुर्सदी हुन्छन् घरमा भन्दा वारीमा भेटिन्छन् जसले गर्दा टमाटर खेतीबाट दैनिक नै बदलिरहेको कृषकहरूको भनाइ छ ।à