ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

बुटवलको प्रदर्शनीः बिगत भन्दा फरक र आधुनिक

१७ मंसिर २०७९, शनिबार
१७ मंसिर २०७९, शनिबार

बुटवल, १७ मंसिर ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई विगतको भन्दा परिमार्जित एवं विशिष्टिकृत गर्ने योजना र लक्ष्यसहित काम अगाडि बढाएको छ ।

आगामी पुस ७ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीका क्रममा विगतका अयोजना भन्दा नयाँ ढंगको व्यवस्थापन तथा सहभागिता रहने जनाइएको छ । राजधानीवाहिर निर्माण भैरहेको आधुनिक प्रदर्शनी स्थलमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीप्रति सबैको चासो बढेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित बुटवल मण्डपमा निमार्णााधीन आधुनिक प्रदर्शनी केन्द्रमा संघले पहिलो पटक प्रदर्शनी गर्न लागेको छ । प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पुरा नभएको भएपनि प्रदर्शनी आयोजना गर्न सकिने अवस्था बनेको हुँदा त्यसमा आवश्यक थप कामहरु पुरा गरी कार्यक्रम सम्पन्न गर्न लागिएको उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए ।

नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ बुटवलमा आधुनिक प्रदर्शनी स्थलमा प्रदर्शनी आयोजना गर्न लागिएको छ । संघले आयोजना गर्न लागेको यो प्रदर्शनी पन्ध्रौं संस्करण हो । ‘प्रदर्शनीमा स्वदेशी उत्पादन र प्रविधिमात्र समावेश गरिने हँदा यसको छुटै पहिचान छ । हामीलाई उपभोक्ता र दर्शकको कुनै कमी रहदैन ।” प्रदर्शनी मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष माधव प्रसाद पौडेलले भने । कोरोनाका कारण लामो समयदेखि प्रदर्शनी आयोजना हुन नसकेकाले पनि यसपटक संघले आयोजना गर्न लागिको प्रदर्शनीप्रति सबैतर्फ उत्साहको माहोल पाएको उनले बताए ।

स्टल दर्तामा चाँप, स्टल सिमित

प्रदर्शनीमा सहभागिताको लागि स्टल दर्ताको चाप धेरै भएको आयोजकले जनाएका छन् । स्टल बुकिङ खुल्ला गरिएको र दर्ताको काम अन्तिम चरणमा पुगेको प्रदर्शनी सदस्य सचिव हरिबहादुर खत्रीले बताए । रुपन्देही उद्योग संघले आयोजना गर्ने प्रदर्शनीमा स्टलको चाप सधै रहने बताउदै निश्चित मापदण्ड र प्रक्रिया पुरा गरेका स्वदेशी उत्पादनहरु मात्र समावेश गरिने हुँदा अन्य मेला जस्तो नहुने उनको भनाई छ । प्रदर्शनीमा सहभागिताका लागि स्टलको माग गर्दै धेरै उद्योगीहरु आएको खत्रीले बताए ।

स्टल व्यवस्थापन उपसमितिका संयोजक दिलिप सापकोटाका अनुसार यसपटक प्रदर्शनीलाई व्यवस्थित बनाउने गरी विभिन्न प्रकृतिका ९ वटा आधुनिक पेभिलियनको निर्माण गरिने छ । जसमा खाद्यान्न, हस्तकला, वेकरी, किचेन वयर, कृषि, जुत्ता चप्पल, कस्मेटिक, गार्मेन्ट र औद्योगिक गरी ९ वटा पेभिलियन रहने सापकोटाले बताए । ती पेभिलियनहरुमा कममा ३२ र वढीमा ३९ वटासम्म स्टल रहने छन् । स्वदेशी उत्पादन मात्र समावेश गरिने प्रदर्शनीमा राष्ट्रिय स्तरका उद्योगहरुसहित यस क्षेत्रमा सानाठूला उद्योगका उत्पादनहरु रहने उनको भनाई छ । ‘हामीले रातदिन नभनी कामलाई तिव्रता दिएका छौं, समयभित्रै प्रदर्शनी स्थलमा बन्ने सम्पूर्ण भौतिक संरचना तयार हुनेछन्’–सापकोटाले भने ।

प्रदर्शनीमा सहभागिताका लागि स्टलको माग देख्दा पु¥याउन नसकिने होकि भन्ने चिन्ता लागेको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार हालसम्म २५० स्टल दर्ता भैसकेको र सिमित स्टलहरु मात्र बाँकी रहेकोले अव सहभागी हुन आउने उद्योगहरुको छनौट गर्नु पर्ने बाध्यता आउन सक्ने हुँदा चाहना राख्ने उद्योगीहरुलाई चाडो आउन आग्रह गरेका छन् ।

मैदानमा निर्माणको काम

अहिले प्रदर्शनी स्थल बुटवल मण्डपमा निर्माणको धमाधम अगाडि बढेको छ । प्रदर्शनीको मुलकेन्द्र हलको छाना छाउनका लागि आवश्यक टिन भन्सारमा आएको र फिट गर्ने काम छिटै सुरु हुने जनाइएको छ । त्यसपछि स्टल पार्टिसनको काम थालिने स्टल निर्माण समितिका संयोजक सापकोटाले बताए ।

यता मञ्च, होटेल÷रेष्टुरेण्ट तथा बाल मनोरञ्जन स्थलको मैदान सम्याउने र निर्माण गर्ने कामको थालनी भएको छ । यसैगरी पार्किङको व्यवस्थापन, टिकट घरको निर्माण र प्रचारप्रसारको काम छिटै सुरु हुने प्रचारप्रसार उपसमितिका संयोजक लालहरि पाण्डेले बताए ।

सापकोटाका अनुसार स्टल राख्ने आधुनिक हलको काम सकिएको र त्यसमा स्टलहरु बनाउने गरी नक्शा डिजाइन गरिएको छ । त्यसैगरी निमार्णाधीन केन्द्रको उत्तरतर्फको भागमा मञ्च र होटल रेष्टुरेन्ट राखिने योजना सहित जमिन सम्याउने काम अगाडि बढेको छ ।

धमाधम उपसमिति विस्तार


प्रदर्शनीको काम व्यवस्थित रुपमा अगाडि बढाउने उद्देश्यसहित विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई समेटर ३१ वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी वाँडफाँड गरिएको छ ।

यसरी गठन गरिएका उपसमितिहरुको बैठक वसी कामलाई अगाडि बढाउने गरेको संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । यसैक्रममा संघका महिला सचिव मञ्जु भुसालको संयोजकत्वमा गठित परिचयपत्र (स्टल) उपसमिति विस्तार गरिएको छ । जसको सहसंयोजकमा अर्जुन सापकोटा, सदस्यहरुमा गणेश पाण्डे, मधु पोखरेल र नेत्र प्रसाद आचार्य रहेका छन् । यता सास्कृतिक उपसमितिको संयोजक मोहनीलाल रिजाल, सहसंयोजकमा लक्ष्मण खड्का र सदस्यहरुमा डिल्लीनारायण पाण्डे, गोपाल अधिकारी, लोकेन्द्र शाह, नारायण लेकाली, दिपक कार्की, दिपक गर्रौजा, रुकु पाण्डे, तिलक नेपाली, विजय सापकोटा, मिना बुढाथोकी रहेका छन् ।

विशाल वेलवासे संयोजक रहेको बिद्युत व्यवस्थापन उपसमितिको सहसंयोजकमा देवीराम पाण्डे, सदस्यहरुमा पे्रमलाल पाण्डे, महेन्द्र सुवेदी, ऋषि पाठक, यज्ञनाथ मरासिनी र किसनबहादुर केसी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?