ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
फोकस लुम्बिनी

पर्यटकको रोजाईंमा धारापानी

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

दाङ, १६ मङ्सिर ।

पछिल्लो समय दाङको धारापानी तीर्थाटन र पर्या–पर्यटकहरुको घुमघाम स्थल बन्दै गएको छ । धारापानीमा ग्रामीण पर्यटकहरुको भीडभाड पूर्वाधारको विकासले गर्दा भएको हो । पूर्वाधारको विकासले गर्दा यहाँ ठाउँमा पर्यटकहरुको गन्तब्य स्थल बन्दै गएको छ । धारापानीमा ५५ दशमलव ५ फिट उचाइको पञ्चधातु त्रिशूल निर्माण भएपछि पर्यटकहरु बाहिरी जिल्लाबाट आउने गरेका छन् । विश्वको अग्लो त्रिशूल, १०८ शिवलिंग, १०८ वरपिपल जोडी, १०८ समीका वृक्ष, १०८ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवी देवताका मन्दिर, वनजंगल र दाङ उपत्यकाको अवलोकन धारापानी पाण्डवेश्वर धाममा पुग्ने तीर्थाटनका पर्यटकहरुले आकर्षणको केन्द्र बनेको छ ।

सुनकोट मन्दिर

पाण्डवेश्वर धाम धारापानीको पर्यटन विकासको लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुसार हाल धामदेखि करिब २ किलोमिटर दक्षिण डाँडामाथि पर्ने सुनकोट डाँडासम्म सिँढी र मन्दिर निर्माण हुन लागेको छ । बृहत गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब ४ बिगाह क्षेत्रफलमा नौका शयरको लागि ताल बनाउने, सुनकोट डाँडोमा ३१ क्वीन्टलको घण्ट निर्माण गर्ने योजना रहेका छन् । सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनः निर्माण हुन थालेको छ । पान्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको उक्त मन्दिर पुग्ने दर्शननार्थीलाई संरक्षण गरेको छ ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजना अनुसार अगाडि वढेको धामका सचिव विष्णुराम आचार्यले जानकारी दिए । धामदेखि करिब २ सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार ९ सय ६३ सिँढी बनाउने काम सुरु भएकोमा दाताको अभावका कारण ओझेलमा परेको छ । गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार वन्दै गएका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए ।

पाण्डवेश्वर मन्दिर धारापानीले पूर्वाधार विकास र बृहत आध्यात्मिक पर्या–पर्यटकीय केन्द्रको रुपमा विकास गर्न लागेको छ । ऐतिहासिक तीर्थाटन पर्यटकीय क्षेत्रलाई पर्या–पर्यटनको विकास गर्ने उद्देश्य आफैमा राम्रो हो । सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरतामा पर्यटकहरु रमाउन खोज्छन् । धारापानी तीर्थाटन पर्यटन मात्र होइन पर्या–पर्यटनसंग जोडिएको छ ।

शिवरात्रीको अवसरमा विशेष मेला

हिन्दु धर्माललम्वीको विशेष पर्व महाशिवरात्रीमा यो मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । मन्दिरमा शिवरात्रीको बेलामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । सवैभन्दा अग्लो त्रिशूल, १०८ शिवलिंग, १०८ वरपिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवी देवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्दछ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक सयौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिने मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले बताए । प्रत्येक वर्ष मेलामा दश हजार भन्दा धेरै दर्शनार्थीले मेलाको अवलोकन गर्ने गरेको उनी बताउँछन् ।

शुद्ध हावा र स्वच्छ पानी, भू–स्वरुपको सौन्दर्य र शान्त वातावरण, वन–वनस्पति र वन्यजन्तुको दृष्यावलोकन सांस्कृतिक सम्पदा वातावरणीय दिगोपन पर्या–पर्यटनको अर्को आधार हो । धारापानी वरपरका स्थानीय जनसमुदायको जीविकोपार्जन र अन्य आर्थिक लाभलाई हेरेर पर्यटन विकास र व्यवस्थापन गरिएको छ । मन्दिर व्यवस्थापन समितिले घर टहरा बनाएर उचित मूल्यमा भाडामा उपलब्ध गराएको छ । पाण्डवेश्वर मन्दिर भन्दा उत्तरतर्फ बग्ने बबई नदीको छेउँमा जलाशय बनाएको छ ।

धारापानी घुम्न आउनेको चहलपहल

यो ठाँउमा आजभोली स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ । घोराही बजारदेखि ९ किलोमिटर दूरीमा पर्ने सो स्थानमा निजी सवारी साधन वा बस÷अटोरिक्साबाट सजिलै पुग्न सकिने र सो स्थानसम्म सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकहरुको उपस्थितिले चहलपहल भैरहेको छ । धारापानीमा ५५ दशमलव ५ फिट उचाइको पञ्चधातु त्रिशूल निर्माण भएपछि धेरै जिल्लाका पर्यटकहरुको गन्तब्य स्थल बनेको हो । मङ्सिर महिना सुरु भएदेखि वनभोज खाने र घुम्न आउनेको घुइँचो नै लाग्न थालेको छ ।

पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाई मिलेर घुम्न आउनेको संख्या धेरै रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताए । दशै, तिहार वा बिदाको समयमा घुम्न आउनेको सख्यामा वृद्धि भएको छ । पुरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले यहाँ सबैको रोजाइको स्थान बनेको छ । यहाँ आउने पर्यटकले आफै सुरक्षा सावधानी अपनाउने गरेको उनले बताए । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो । वनभोज स्थलमा मानिस नअटेर खुल्ला चौरमा रमाइलो गर्ने गरेको अधिकारीले बताए । शिवरात्री र साउन महिनाको सोमबार भक्तजनको घुइँचो नै लाग्छ । विभिन्न देवी देवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइँ बन्छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक सयौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ ।

लुम्बिनी प्रदेश सरकारले गत वर्ष यहाँको विकासका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो । मुख्यमन्त्री शंकर पोखरेल सरकारबाट बाहिरिएपछि सो बजेट फिर्ता भएको मन्दिर व्यवस्थापन समिति सचिव विष्णुराम आचार्यले बताए । “गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब ४ विघा क्षेत्रफलमा नौका शयरको लागि ताल बनाउने, सुनकोटमा ३१ क्वीन्टलको घण्ट निर्माण गर्ने योजना रहेको थियो, अहिले यी सबै काम अलपत्र अवस्थामा रहेका छन्”–उनले भने ।

वनभोज खानेको घुइँचो

धारापानीमा वनभोज खानेहरु बाह्रै महिना आउने गरे पनि जाडो समयमा बढी भिड लाग्ने गर्दछ । जिल्लाभित्र र छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठान र नेपालगन्जबाट मानिसहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वनभोज स्थलमा पानीको व्यवस्था गरेको छ । एक पटकको एक हजार रुपैयाँ शुल्क लिने गरेको छ । दैनिक १० देखि १५ वटा समूहमा वनभोज खानेहरु आउँछन् । बिदाको दिनमा ३० देखि ४० वटासम्म आउने गरेको मन्दिरका कर्मचारी गोविन्द अधिकारीले बताए । पर्यटन र वनभोजका लागि विद्यार्थी मात्रै होइन बच्चादखि ज्येष्ठ नागरिक समूह बनाएर आउने संख्या धेरै रहेको उनले बताए ।

पान्डवेश्वर महादेव धाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल नभएका कारण यहाँ आउने यात्रुलाई समस्या हुने गरेको थियो । बबई खोलामा वर्षेनी आउने बाढीले तीर्थालुहरुलाई धेरै दुःख भोग्नु परेको थियो । घोराही उपमहानगरपालिका –५ मा पर्ने बबई खोलामा निर्माणाधीन पुलको काम ९५ प्रतिशत सम्पन्न भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । २०७४ साल असार २८ गते १३ करोड ३१ लाखमा सम्झौता भएको पुलको काम सम्पन्न भएको इन्जिनियर अमिर सुवेदीले जानकारी दिए ।

दिवा यती विल्डर जेवी सातदोवाटो ललितपुरले निर्माणको जिम्मा लिएको सो पुल निर्माण अवधि २०७७ चैत महिनाको अन्तिम सम्म रहेको थियो । भ्याटसहित १३ करोड ३१ लाखमा निर्माणको जिम्मा पाएको थियो ।

पुल निर्माण भएसँगै त्यहाँका स्थानीयसँगै दर्शनार्थी तथा पर्यटकलाई सहज भएको छ । विश्वकै ठूलो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्रमा पुल निर्माणले आउजाउमा सहज भएको स्थानीय गीता शर्माको भनाई छ । विश्वको सबैभन्दा ठूलो उत्यकाको रुपमा रहेको दाङ उपत्यका धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनिन थालेको छ । चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहदेखि ६ सय ३३ मिटर उचाइमा रहेको छ । पान्डवहरु गोत्र हत्याको पापबाट मुक्त हुन स्वर्ग जाने क्रममा रिहारको गोरेटो बाटोबाट धारापानी आइ बसेको र त्यहीं शिवको आवहान गरी ज्योतिर्लिङ्ग स्थापना गरी त्यहीँबाट स्वर्ग गएको इतिहासमा उल्लेख छ । मन्दिरको उत्तरतर्फ गुरुवागाउँका चौधरीहरुले रुख काट्न लाग्दा रुख नकाटिएको र त्यहीं ज्योतिर्लिङ्गमा शिवको मन्दिर बनाएर पूजा गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?