ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

उपल्लो तम्घासमा धार्मिक महोत्सव

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

गुल्मीको सदरमुकाम स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा शैक्षिक तथा धार्मिक महोत्सव संचालन गरिएको छ । विद्यालयमा कृषि व्यवसायिक शिक्षा तथा सुबिधा सम्पन्न विद्यालय बनाउने उद्देश्यले उक्त शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक मोहन प्रसाद पाण्डेले बताएका छन् ।
यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म संचालन हुन लागि रहेको महोत्सवमा भागवत सप्ताह ज्ञान महायज्ञ,सहस्र शालीग्राम पुजा अर्चना, विराट धनधान्य महापर्व, राष्ट्रिय कलाकारहरूवाटभजन किर्तन, ११ सय धनवृद्धि महालक्ष्मी यन्त्र र शान्ति कलश पुजन गरिनुका साथै योग विज्ञान शिविर समेत सञ्चालन गरिने महोत्सव मूल समारोह समितिले जनाएको छ ।
‘गुल्मी रेसुंगा उपल्लो तम्घास शैक्षिक तथा धार्मिक महोत्सव–२०७५’ मूल समारोह समितिद्वारा विद्यालयको सहयोगार्थ पहिलो पटक आयोजना गरिएको शैक्षिक महोत्सवमा मानिसहरूको व्यापक उत्साहजनक सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणानिधि शर्मा मरासिनीले बताए ।
सदरमुकाम तम्घासमा रहेर पनि बर्षौदेखि वत्ति मुनिको अध्यारो जस्तै बनेर रहेको उक्त विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरूले पनि अध्यन गर्दै आईरहेका छन् । विद्यालयको शैक्षीक एवं व्यवसायीक शिक्षाको विकासका लागि सरकारको मात्र मुखताकेर बस्नु भन्दा पनि स्थानीय समुदायवाट पनि केही गर्नुपर्छ भन्ने सामाजिक भावना अनुरूप विद्यालय व्यवस्थापन समितिले उक्त महोत्सवको आयोजना गर्ने निधो गरेको हो ।
शैक्षीक तथा धार्मिक महोत्सवको प्रमुख वाचकको रूपमा भागवत मधुकर पण्डीत पुरुषोत्तम शास्त्री र शैक्षीक अधियान्ता एवं संकल्पकर्ताको रूपमा ईश्वर शरण महाराज रहेका छन् । महोत्सवमा दुई करोड ५० लाख भन्दा बढी रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको आयोजकहरूले अपेक्षा गरेका छन् ।
आयोजकले शैक्षिक महोत्सवमा सहयोग गर्ने दानविरहरूवाट भिरालो जग्गा र उधारो रकम सहयोग नलिने समेत निर्णय गरेको उक्त विद्यालयका प्रधानाध्यापक राममणी पन्थीले बताए। प्रदेश सभा सदश्य एवं विषेशाधिकार समितिका सभापति कमलराज श्रेष्ठद्वारा उद्घाटन गरिएको सो महोत्सवको दोश्रो दिनसम्म विभिन्न दानविरहरूवाट गरि २३ लाख रूपैयाँ बराबरको सहयोग रकम संकलन भैसकेको प्रचार समिति संयोजक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%