© २०२३
रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राईभर टोलमा रहेको तिनाउ प्राविधिक कलेजमा यस बर्षदेखि थप २ वटा नयाँ कोर्ष थपिएका छन् । पहिला देखि नै विएस्सी सिएसआईटी कक्षा सञ्चालन गरेको उक्त कलेजले त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी थप दुई वटा नयाँ कोर्ष सञ्चालन गरेको छ ।
कलेज सञ्चालक समितिले आईतबार पत्रकार सम्मेलन गरी नयाँ कोर्षको विषयमा जानकारी दिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष शिव प्रसाद ज्ञवालीका अनुसार प्रदेशकै उत्कृष्ठ प्राविधिक कलेज बनाउने अभियान अनुरूप विआईएम र वि .सी.ए का कक्षहरू यसै शैक्षिक सत्र देखि सुरुवात गरिएको हो । पछिल्लो समयमा विज्ञान प्रविधिको क्षेत्र व्यापक भैरहेको परिपेक्ष्यमा त्रिभुवन विश्व विद्यालय मानविक तथा समााजिकशास्त्र संकाय अन्तर्गत ब्याचलर अफ कम्प्युटर एप्लीकेशन (विसिए) र त्रिविबाट नै व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त गरी ब्यालचर अफ ईन्फरमेसन म्यानेजमेन्ट(विआईएम्) का कक्षाहरू सुरु गर्न लागिएको हो । ४ बर्षे स्नातक तहको पढाइएको लागि विआई एम तफ कक्षा ११ र १२ मा विज्ञान वा व्यवस्थापन, मानविकी विषय लिई कम्तीमा सि ग्रेड वा ४५ प्रतिशत, जिपिए १.८ ल्याएको विद्यार्थीले पढ्न पाउने छ । कलेज सञ्चालक समितिका सदस्य दामोदर भुषालका अनुसार विसीए अध्ययनको लािग कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी जस्ता विषयमहरूमा कम्तीमा डि प्लस ग्रेड वा ४० प्रतिशत वा जिपिए १.८ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्दछ ।
हाल सञ्चालनमा रहिरहेको विएस्सी सिएस आईटीको लागि भने ११, १२ कक्षामा विज्ञान विषय लिई कम्तीमा सि ग्रेड वा ४५ प्रतिशत र जिपिए र २ प्राप्त गरेको विद्यार्थी वा ए लेवलमा ३ बर्षे कम्प्युटर ईन्जीनियरिङ्ग विषय अध्ययन गरेको विद्यार्थीले अध्ययन गर्न सक्ने प्रबन्धक रुद्र प्रसाद श्रेष्ठले जानकारी दिए । क्याम्पस सञ्चालक समितिका अनुसार सिएसआईटीको लागि ३६ जनाको कोटा निर्धारण गरिएको छ । विसिए र विआईएमको लागि समान ३५÷३५ वटा मात्रै कोटा कायम भएको छ । विसिए ४ बर्षे पुरा कोर्षको लािग ४ लाख ५० हजार, विआईएम कोर्षको लागि ४ लाख ९० हजार रूपैयाँ शुल्क तोकिएको छ । हाल सम्म टेक्नोलोजी क्षेत्रमा पढेको विद्यार्थी कुनै पनि बेरोजगार हुन नपरेको भन्दै सञ्चालक समितिका सदस्य दामोदर भुषालले भविष्य सुन्दर बनाउनको लागि आईटी क्षेत्र रोज्नु आवश्यक रहेको जानकारी दिए । ४ बर्षका ८ वटा सेमेष्टर हुने नयाँ कोर्ष अध्ययनको लागि त्रिविको प्रवेश परीक्षा उत्र्तीण गरको विद्यार्थी हुनुपर्दछ ।
हाल विएस्सी सिएस आईटीको प्रवेश परिक्षा असोज ११ गते, विआईएमको भदौ ३० गते पहिलो चरणको भएपनि नयाँ कोर्ष सम्बन्धन लिएका कलेजहरूको लागि दोस्रो पटक पुनः प्रवेश परीक्षा हुने जनाइएको छ । विसीए कोर्षको लागि असोज १९ गते प्रवेश प रीक्षा रहेको छ ।
यो पनि पढ्नुहोस ।