© २०२३
विभिन्न विधामा शैक्षिक तालिम, ट्युसन, आर जे भिजे तालिम, लोकसेवा शिक्षक सेवा , प्रहरी, बैंक तथा वित्तीय संस्था, सिटिईभिटीका विभिन्न विषयमा तयारी कक्षा सञ्चालन गर्नको लागि बुटवलम जोन एजुकेशन प्रा.(लि) सञ्चालनमा आएको छ । बुटवलको मिलनचौकमामा जोन एजुकेशनको शनिबार समाजसेवी धनराज पोखरेलले उद्घाटन गरे । संस्थाका डाईरेक्टर कृष्ण न्यौपानेका अनुसार तयारी कक्षा, तालिम तथा व्यवसायीक सिप र प्रयोगात्मक ज्ञानका लागि काठमाण्डौ जाने परिपाटीलाई बुटवलमा स्थापित गर्नको लागि जोन एजुकेशन प्रालि स्थापना गरिएको जानकारी दिए ।
अहिले तत्काल तयारी कक्षा, विभिन्न सिपमुलक, आयमुलक तालिम सञ्चालन गर्ने योजना बनाएको प्रालिले निकट भविश्यमा नै वैदेशि रोजगारमा जाने व्यवाक्तिहरुको लागि आईएल टिएस, टोफेल का कक्षाहरु सञ्चालन गर्नुको साथै विदेशमा समेत विद्यार्थी अध्ययनको लागि पठाउने योजना बनाएको छ । सञ्चालक राविराज काफ्ले अनुसार जसको लागि काठमाण्डौमा रहेको विभिन्न कन्सटेन्सीहरुसंग सम्झौता समेत गरिएको छ । पुर्णरुपमा प्रयोगात्मक अभ्यास सहित अहिले तयारी कक्षाको सुरुवात गरिएको जानकारी दिदै सञ्चालक न्यौपाने ले लोक सेवामा अन्य स्थानमा भन्दा कृषि तयारी कक्षा, व्रिज कोर्ष, कृषि क्षेत्र, अन्य आयलमुलक तथा सिपमुलक तालिमहरु सञ्चालन हुने छ । सस्तो मुल्यमा गुणस्तरिय सेवा प्रदानगर्ने आफुहरुको योजना रहेको सञ्चालक काफ्ले को भनाई छ ।