© २०२३
बुटवल, २९ भदौ– बुटवल बहुमुखी क्याम्पसमा असोज ५ गतेदेखी शुरु हुन लागेको स्नातकोत्तर तह दोश्रो समेष्टर कार्यक्रमलाई व्यवस्थित छलफल भएको छ । उक्त कार्यक्रममा ११ विभागका विभागिय प्रमुखहरूले भावी योजनाको वारेमा आ–आफ्नो धारणा राखेका थिए । क्याम्पस प्रमुख डा. सखिशरण सुवेदीले कार्यक्रमलाई विद्यार्थी मैत्री, प्रविधी मैत्री बनाउने जानकारी गराए । स्नातकोत्तर कार्यक्रम संयोजक डा.अरूण क्षेत्रीले सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउन कडाईका साथ लाग्ने बताए । छलफलमा उप प्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायण प्रसाद पन्थले सेमेष्टर प्रणालीमा शिक्षण हुन थालेकाले त्यसलाई व्यवस्थीत वनाउन छलफल गरिएको बताए ।