© २०२३
संघीयताको कार्यान्वयनसँगै गुल्मीमा पहिलो पटक कृषि ज्ञान केन्द्र कार्यालयको स्थापना भएको छ । जिल्लामा कृषिको विशेषज्ञ सेवा उपलव्ध गराउने उद्देश्यले प्रदेश सरकार ५ नंम्वर प्रदेश अन्र्तगत सदरमुकाम तम्घासमा उक्त ज्ञान केन्द्रको स्थापना गरिएको हो । जिल्लामा रहेर स्थानीय तह, कृषि अनुषन्धान र प्रदेशसँग पुलको रूपमा काम गर्नका लागि कार्यालय स्थापना भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणी पन्थीले बताए ।
विहिवार कार्यालयको उद्घाटन गर्दै प्रदेश सभा सदस्य एवं विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले युगांैदेखि चल्दै आएको एकात्मक व्यवस्थावाट देश संघियतामा गएपछि जनताहरूमा धेरै चाहना र आकांक्षाहरू बढ्दै गएको बताए ।
कार्यक्रममा जिल्ला सम्मन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना हुनु जिल्लावासीहरूका लागि खुसिको विषय भएको भन्दै कार्यालय स्थापना गरेर मात्र लक्ष्य पुरा नहुने भन्दै त्यसकालागि सरकारले आवश्यक वजेट र विज्ञ कर्मचारीहरूको पनि समयमै व्यवस्था गर्न सुझाव दिए ।
कार्यक्रममा रेसुंगा नगरपालीकाका प्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, नेकपाका जिल्ला प्रतिनिधि विरबहादुर कार्कि, काँग्रेसका पार्टि सचिव खिलध्वज पन्थी, उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे लगायतले वोलेका थिए ।
पन्ध्र जना कर्मचारी दरबन्दी रहेको उक्त कृषि ज्ञान केन्द्र गुल्मीमा हाल कार्यालय प्रमुख सहित अन्य तीन जना कृषि प्रशार अधिकृतहरू रहेको कार्यालय प्रमुख पन्थीले बताए । उक्त कार्यालय प्रदेश सरकार, ५ नम्बर प्रदेश अन्र्तगत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयको मातहतमा रहने भएको छ । à