ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

लुम्बिनी सरकार लक्ष्य अनुसार राजस्व संकलनमा असफल

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

लमहि, ९ साउन । लुम्बिनी प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकिएको छैन । आर्थिक वर्ष २०७९÷०८० मा लिएको आन्तरिक राजस्व लक्ष्यको ६६।३३ प्रतिशत मात्रै सङ्कलन भएको छ । प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९÷०८० मा ३ अर्ब १० करोड ५९ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ६ करोड ९५ हजार ७ सय ५६ रुपैयाँ सङ्कलन गरेको छ । जुन ६६.३३ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक लक्ष्मण पौडेलले बताए । यो रकम पनि बेरुजु रकम, निकासा फिर्ता तथा अनुदान फिर्ता सहितको रकम हो ।

बेरुजु रकम, निकासा फिर्ता तथा अनुदान फिर्ता राजस्व शीर्षकमा देखिए पनि यसलाई वास्तविक राजस्व मान्न नसकिने आर्थिक क्षेत्रका जानकार बताउँछन् । राजस्व मात्र हेर्दा कम उठेको पाइएको छ । राजस्व कम मात्रामा सङ्कलन हुन आर्थिक तरलता, व्यापार व्यवसाय नहुनु धेरै व्यावसायी पलायन हुनु नै मुख्य समस्या हो ।

कृषि आयमा लाग्ने कर वार्षिक एक लाख उठाउने लक्ष्य लिएको थियो । तर ८० हजार २ सय ७५ रुपैयाँ उठेको छ । जुन ८०.२८ प्रतिशत हो । सरकारी सम्पत्तिको बहालबाट ३५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जसबाट २६ लाख ४७ हजार ३ सय १० रुपैयाँ सङ्कलन भएको छ । जुन ७५.६४ प्रतिशत हो । कृषि उत्पादनको बिक्रीबाट प्राप्त एक करोड ५५ लाख उठाउने लक्ष्य रहेको थियो । एक करोड ४९ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ सङ्कलन भएको छ । जुन ९६.७५ प्रतिशत हो । सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त १० लाख रहेको थियो तर ८ लाख २३ हजार ९ सय ६५ रुपैयाँ सङ्कलन भएको छ । जुन ८२.४० प्रतिशत हो ।

अन्य बिक्रीबाट प्राप्त रकम एक लाख लक्ष्य लिएको थियो । जसमा एक लाख ८८ हजार ४ सय ३५ रुपैयाँ सङ्कलन भएको छ । जुन १८८.४४ प्रतिशत हो । नहर तथा कुलो उपयोग वापतको शुल्क ५० हजार लक्ष्य लिइएको थियो । जसमा २३ हजार २ सय सङ्कलन भएको छ । जुन ४६.४० प्रतिशत हो । अन्य सेवा शुल्क तथा बिक्रीमा १८ लाख उठाउने लक्ष्य लिएको थियो । एक लाख ५४ हजार २ सय सङ्कलन भएको छ । जुन ८.५७ प्रतिशत हो । शिक्षा क्षेत्रको आम्दानी १० लाख उठाउने लक्ष्य लिएकोमा ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँ सङ्कलन भएको छ । परीक्षा शुल्कबाट ४ करोड उठाउने लक्ष्य लिएकोमा १२ करोड ४० लाख ८ हजार ३ सय ५८ रुपैयाँ सङ्कलन भएको छ । जुन ३१०.०२ प्रतिशत हो ।

यातायात क्षेत्रको आम्दानी १५ करोड सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जसमा ९ करोड ६२ लाख ८१ हजार ३ सय ४४ रुपैयाँ सङ्कलन भएको छ । जुन ६४।१९ प्रतिशत हो । अन्य प्रशासनिक सेवा शुल्कबाट ७ करोड उठाउने लक्ष्य लिएको थियो । जसमा ४ करोड ९ लाख २७ हजार एक सय ८८ रुपैयाँ सङ्कलन भएको छ । जुन ५८।४७ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरेर व्यवसाय रजिस्ट्रेसन दस्तुर १५ करोड उठाउने लक्ष्य लिएको थियो । जसमा ७ करोड २४ लाख ८६ हजार ८ सय ८३ रुपैयाँ सङ्कलन गरिएको छ । जुन ४८.३२ प्रतिशत हो । चालक अनुमतिपत्र र सवारीबाट ८१ करोड ८२ लाख ५० हजार उठाउने लक्ष्य लिएको थियो । जसमा ६९ करोड ९९ लाख ५६ हजार ८ सय ९ रुपैयाँ सङ्कलन भएको छ । जुन ८५.५४ प्रतिशत हो । वन क्षेत्रको आयबाट १ अर्ब ५० करोड उठाउने लक्ष्य लिएको थियो । जसबाट १४ करोड ६० लाख ४ हजार ७ सय ७५ रुपैयाँ सङ्कलन भएको छ । जुन ९.७३ प्रतिशत हो । न्यायिक दण्ड जरिवाना र जफतबाट १ लाख उठाउने लक्ष्य लिएको थियो । जसमा १ लाख २५ हजार ६ सय रुपैयाँ सङ्कलन भएको छ । जुन १२५.६० प्रतिशत हो ।

प्रशासनिक दण्डजरिवाना र जफत ३ करोड उठाउने लक्ष्य लिएको थियो । जसमा २ करोड १७ लाख ७८ हजार ६ सय २१ रुपैयाँ सङ्कलन भएको छ । जुन ७२.६० प्रतिशत हो । धरौटी सदस्यबाट ३५ लाख उठाउने लक्ष्य लिएको थियो । जसबाट २२ लाख ८७ हजार ६ सय ९ रुपैयाँ सङ्कलन भएको छ । जुन ६५.३६ प्रतिशत हो । अन्य राजस्वबाट २५ करोड उठाउने लक्ष्य लिएको थियो । जसबाट ४ लाख ३२ हजार ४८ रुपैयाँ सङ्कलन भएको छ । जुन ०.१७ प्रतिशत हो ।

बेरुजुबाट ७ करोड उठाउने लक्ष्य लिएको थियो तर २६ करोड १३ लाख ५३ हजार १ सय ५० रुपैयाँ सङ्कलन भएको छ । जुन ३७३.३६ प्रतिशत हो । निकासा फिर्ता १० करोड ४३ लाख ४८ हजार ४ सय २० रुपैयाँ भएको छ । अनुदान फिर्ता ४७ करोड ८ लाख ५२ हजार एक सय ३१ रुपैयाँ भएको छ । फिर्ता भएको रकम समेत राजस्व शीर्षमा देखिने गरेको छ । प्रदेश र स्थानीय तहबीच बाँडफाँड हुने राजस्व प्रदेशले सङ्कलन गर्ने सवारी साधन कर २ अर्ब उठाउने लक्ष्य लिएको थियो तर एक अर्ब ५५ करोड ३४ लाख ८१ हजार एक सय १७ रुपैयाँ सङ्कलन भएको छ । त्यो ७७.६७ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?