ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
काठमाडौं उपत्यकाबाहिर खल्तीको दोस्रो आउटलेट

खल्ती हब बुटवलमा

४ बैशाख २०८०, सोमबार
४ बैशाख २०८०, सोमबार

बुटवल, ४ बैशाख ।

ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हबले पोखरापछि लुम्बिनी प्रदेशमा पहिलो आउटलेट उद्घाटन गरेको छ । बुटवलको सुवर्ण पथमा एक कार्यक्रमका बीच खल्ती डिजिटल वालेट रुपन्देहीका सुपर डिलर ईश्वर ज्ञवाली, प्रशासकीय अधिकृत सजन दाहाल, सिनियर अफिसर महेश बश्याल, प्रदेश ईन्चार्ज मनिष न्यौपाने, प्रदेश ईन्चार्ज विरेन्द्र बिष्ट, डिलर खल्ती दुर्गा पौडेल, डिलर खल्ती पदम कँुवरले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

कार्यक्रममा सुपर डिलर ईश्वर ज्ञवालीले सन २०१७ देखि रुपन्देहीलाई डिजिटल साक्षरता बनाउने अभियानमा यहाँका संघसंस्थाहरुको अग्रसरता रहेको बताए । यो कार्यक्रमलाई सहयोग हुने गरी भौतिक उपस्थिति जनाएर खल्ती आम उपभोक्ताहरुको माझ खल्ती विश्वसनीय र लोकप्रिय बन्ने उनले दाबी गरे ।

कार्यक्रममा प्रशासकीय प्रमुख सजन दाहालले खल्ती प्रयोग गर्न जनतालाई सहयोग उपलब्ध गराउन खल्ती हब विस्तार गरिएको हो । तसर्थ, खल्ती हबले सबै उपभोक्ता, एजेन्ट, व्यपारीहरूलाई खल्तीका कुनै पनि सेवाहरु जस्तै साइन अप र केवाईसी अपडेट, उपयोगिता बिल भुक्तानी, बैंक ट्रान्सफर, फ्लाइट, चलचित्र र इभेन्ट टिकट बुकिङ र अन्य धेरै सेवाहरु प्रदान गर्दछ । प्रतिष्पर्धा भन्दा पनि ५ प्रतिशत भन्दा कम प्रयोगकर्ता रहेको बेला बढी भन्दा बढी डिजिटल साक्षरता अघि बढाउन जरुरी रहेको उनले बताए । आफ्नो एप्लिकेशन, वेब च्यानल र हबको साथमा खल्तीले लुम्बिनी प्रदेशमा ८ हजार खल्ती पसल र नेपालभर ७० हजारभन्दा बढी खल्ती पसल मार्फत विभिन्न भुक्तानी सेवाहरु उपलब्ध गर्दै आएको उनले बताए ।

यता खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले क्षेत्रीयस्तरमा खल्ती हब स्थापना गरेर प्रयोगकर्ता, एजेन्ट र व्यापारी साझेदारहरुलाई अझ राम्रो सेवा प्रदान गर्ने लक्ष्य रहेको बुटवलटुडे अनलाईन सम्वाददातालाई बताए । ‘म आशा गर्दछु कि खल्ती हबले सहज भुक्तानी र अन्य डिजिटल सेवाहरु कार्यान्वयन गर्न स्थानीय जनताको हितमा सेवा गर्नेछ’–उनले भने । आईएसओ २७००१ एम २०१३ बाट मान्यता प्राप्त साथै बिस्टा ग्लोबल इन्नोभेशन एण्ड टेक एक्सलेन्स अवार्ड २०२२ बाट सम्मानित खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ । हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरु, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरु र २ सय ५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ ।

सबै नेपालीहरुमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैकबाट मान्यता प्राप्त २९ वटा अनलाईन पेयमेन्ट गेटवेय कम्पनी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?