© २०२३
प्रविधिको उपयोगले मात्रै विकास सम्भव हुने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सल्यान श्रीनगरमा आयोजित एक कार्यक्रमको सहभागीहरूको जोड थियो, ‘प्रविधिको आविष्कार र प्रयोग विना उन्नती र प्रगती सम्भव छैन ।’ कमप्युटर एशोशियस महासंघ (क्यान) जिल्ला शाखा सल्यानको पाँचौ साधारणसभामा बोल्ने बक्ताहरूले प्रविधिले कुनै पनि कामलाइ छिटो, छरितो र सरल बनाउने तर्क गरेका हुन् ।साधारणसभाको उद्घाटन गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सरकारि कामलाइ प्रविधिमैत्री बनाउन विभिन्न कार्यक्रम शुरु भएको जनाए । उनले भने, ‘विकासमा नीजी क्षेत्रलाइ सरकारले अघि सारेको छ । निजी क्षेत्रले हरेक कामलाइ प्रविधिमैत्री बनाउन सहयोग गर्नसक्छन् ।’ विकास र सूचना सञ्चार प्रविधिको उचित संयोजनबाट नै देशको सामाजिक एवं आर्थिक विकास, रोजगारी सृजना, गरिबी न्यूनीकरण र सुशासन कायम हुन सक्ने कार्यक्रममा निचोड निकालिएको थियो । प्रविधिको प्रयोगविना विकासका एजेण्डाहरूको पहिचानदेखि, योजना तर्जुमा, त्यसको कार्यान्वयन, अनुगमन र प्रभाव मूल्यांकनसम्मका सबै प्रक्रियाहरू अवरुद्ध बन्न सक्ने हुँदा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले बढिभन्दा बढि भुमिका खेल्न सक्नुपर्ने सहभागीहरूको अपेक्षा थियो ।
क्यानका जिल्ला शाखा अध्यक्ष भीम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले कर्णाली प्रदेश सरकारले प्रेस लेसको अभ्यास सुरु गरेको जानकारि गराउँदै समयक्रम संगै सवै क्षेत्रमा यो लागू हुने बताए । उनले सरकारले ल्याउने नीति र कार्यक्रम लागु गर्न सवैको सहयोग आवश्यक हुने कुरामा पनि जोड दिए ।
कमप्युटर एशोशियस महासंघ (क्यान) का केन्द्रीय सदस्य भुपेन्द्र सिह ओलीले विकसित मुलुकहरूले प्रविधिको आविश्कार र प्रयोग बाट मात्र उन्नती र प्रगती गरेको बताए ।
यद्यपि सूचना प्रवीधिको विकास संगै फाईदा र वेफाईदा दुबै हुने भएकाले यसतर्फ सचेत रहनुपर्ने उनको जोड थियो । उनले भने, ‘विकासका क्षेत्रमा प्रवीधिको अधिकतम प्रयोग गर्नु आवश्यक छ । तर प्रविधीले गर्ने वेफाइदाबाट जोगिनस पर्छ ।’ स्थानीय तहका सरकार संग नीजि क्षेत्र सहकार्य गरेर अघि वढ्न तयार रहेको ओलीले बताए । कार्यक्रममा सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाही, क्यानका कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, सल्यान उद्योग वाणिज्य संघका महासचिव भरत वस्नेत , क्यानका जिल्ला कोषाध्यक्ष मित्रलाल सुनार, लगायतले बोल्दै वर्षौंसम्म लाग्ने कामहरूलाई केही घण्टामै सम्पन्न गर्न सूचना प्रविधिले सहयोग पुर्याउने चर्चा गरेको क्यानका जिल्ला सचिव डम्वर शाहीले जानकारि दिएका छन् ।