ट्रेंडिंग:

>> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

औद्योगिक क्षेत्रमा आगोको कहर

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

गत माघ १८ को बिहान भएको आगलागीबाट सर्लाहीको ईश्वरपुर नगरपालिका–७ ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भयो । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चा पदार्थलगायत सामान नष्ट हुँदा उद्योगमा रु सात करोड पचास लाख बढीको क्षति मात्र भएन, छिमेकीका घरमा समेत क्षति पुग्यो । फाल्गुन १४ को राती इलाममा रहेको जस्बिरे चिया उद्योगमा आगलागी हुँदा उद्योगका उपकरणसँगै विदेश पठाउन तयार गरिएको चियासमेत ८ करोड रुपिया बराबरको क्षति भयो । चैत्र ११ गते बिहान २ बजे घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भिषण आगलागी भयो । करीब ८ बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा आगलागी हुँदा छेउछाउका ३० घरमा क्षति पुग्ने अवस्था आयो । जिल्लाका सम्पूर्ण संयन्त्र लाग्दापनि आगो नियन्त्रण गर्न नसकेपछि १०० किमी टाढाबाट समेत दमकल बोलाउनुप¥यो । आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन् । नेपालमा अधिकांश आगलागीका घटनाहरू गर्र्मी मौसममा हुने गरेको भएपनि उद्योगहरूमा सबै मौसममा आगलागी भएको देखिन्छ । नेपालमा पछिल्ला वर्षहरूमा औद्योगिक क्षेत्रमा आगलागीको संख्या र क्षति बढिरहेको छ । बल्लबल्ल सुस्त गतिमा बामे सर्दै गएको उद्योग क्षेत्रले वर्षेनी अरबौ रुपियाँ बराबरको सम्पत्ती खरानी बनेको हेर्न बाध्य छ ।

पछिल्ला ५ वर्ष नेपालका उद्योगहरूमा भएका आगलागीका प्रवृतिहरूलाई हेर्दा ८/१० लाख रुपियाँ लगानी भएका उद्योगदेखि अर्बौ लगानी भएका ठूला उद्योगहरू समेत आगलागीमा परेको देखिन्छ । नेपालमा औद्योगिक क्षेत्रमा भएका सबै किसिमका आगलागीको कारण र प्रवृति एकैनासको भएको देखिएको छ । उद्योगहरूले आगलागी विरुद्धको पूर्व तयारीमा ध्यान नदिनु, साबधानी नअपनाउनु, आगलागी पछिको नियन्त्रणमा समस्या हुनु जस्ता कारणले औद्योगिक क्षेत्रमा आगलागीको संख्या र क्षति वर्षेनी उकालो लागिरहेको छ । उद्योग संचालनको लागि पर्याप्त जमिन चाहिन्छ तर नेपालमा धेरै उद्योगहरू सुविधाको लागि शहरी क्षेत्रको नजिक वा भित्र संचालित छन्, जहाँ उद्योगहरूले पर्याप्त जमिन लिन सकेका छैनन् । कतिपय स्थानमा त आवासीय भवन भाडामा लिएर समेत उद्योग संचालन गरिरहेका छन् । साँघुरो स्थानमा मेसिन, कच्चा पदार्थ, तयारी सामग्री र फोहर समेत एकै स्थानमा राखेको देखिन्छ । यसले गर्दा कुनै एक स्थानमा लागेको आगो सजिलैसंग उद्योगभरी नै फैलिएर ठूलो क्षति हुने गरेको छ । प्रयाप्त जमिन नभएको कारणले उद्योग परिसरमा हरियालीको कमी देखिन्छ । पर्याप्त हरियालीको कमीले गर्दा उद्योग परिसरमा सुख्खापन बढ्ने र त्यहाँ लागेको आगो बाहिर फैलिएर वरपरको गाउँवस्तिमा समेत ठुलो क्षति हुने गरेको छ । शहरी र घना वस्तीमा भएका उद्योगको कारण छेउछाउका वासिन्दाहरू सधै त्रासमा रहन बाध्य छन् ।

नेपालमा व्यावसायिक क्षेत्रमा भएका अधिकांश आगलागीहरूमा विद्युत नै जिम्मेवार भएको देखिन्छ । विद्युत भोल्टेजमा हुने उतार चढाव, यान्त्रिक गडबडी र विद्युत चुहावटको कारणले आकस्मिक रूपले हुने आगलागीबाट उद्योग र पसलहरू आगलागीको जोखिममा परेको देखिन्छ । भोल्टेजमा हुने परिवर्तनले उपकरण र तारहरू जल्ने, विद्युतबाट चल्ने उपकरणहरू विग्रिएको वा विद्युत भोल्टेज थेग्न नसक्ने हुँदा मेसिनहरू जल्ने, कमसल तार तथा कमजोर वायरिंगको कारणले सर्किटमा गडबडी भएर तार र बोर्ड जल्ने जस्ता कारणले अधिकांश व्यावसायिक प्रतिष्ठानमा आगलागी भैरहेको छ । यसबाहेक इन्धन दहन गर्ने भट्टी, बोइलर र ड्रायरको आगो छेउछाउमा फैलिदा समेत आगलागी भैरहेको छ । कतिपय उद्योगहरूले उद्योग परिसरमै फोहर विसर्जन गर्ने र त्यसलाई आगो लगाएर नष्ट गर्न खोज्ने गरेको देखिन्छ । यस्तो फोहरमा लागेको आगो कुनै कारणले फैलिएर आगलागी हुने गरेको छ । उद्योगहरूमा हुने आगलागीमा मजदुरहरूको लापरवाही पनि मुख्य कारण बनेको देखिन्छ । प्लाईउड्, फर्निचर जस्ता उद्योगमा खासगरी जाडोको समयमा मजदुरहरू आगो बालेर सुत्ने गर्छन भने गर्मीको समयमा रातीमा उद्योगमा काम गर्नुपर्ने वा उद्योगमै सुत्ने मजदुरले मच्छर धपाउनको लागि कागज, प्लास्टिक, कार्टुन बाल्ने गरेका छन् । यसरी आगो सल्काएर सुत्दा हावा वा अन्य कारणले त्यो आगो उद्योग परिसरमा रहेका वस्तुहरूमा सल्किएर धनजनको क्षति हुने गरेको समेत देखिन्छ । अधिकांश पसलहरूमा रातीको समयमा आगलागी हुने गरेको छ । यसो हुनुमा मानवीय कमजोरी नै मुख्य जिम्मेवार भएको देखिन्छ । पसल बन्द गर्ने बेलामा विजुली नहुँदा विद्युतिय उपकरणहरू बन्द नगरी हिड्ने प्रवृति धेरै व्यापारीहरूमा छ । यसरि खुला राखिएका उपकरणमा रातिको समयमा एक्कासी उच्च भोल्टेजमा विद्युत प्रवाह हुँदा आगो लाग्ने गरेको छ । त्यसैगरी बिजुली गएको बेलामा बालिएका मैनबत्ती, मच्छर धपाउन बालिएका धुपहरू निभाउन विर्सदा पनि त्यस्ता वस्तुबाट विस्तारै छेउछाउका वस्तुमा आगो सल्कदा पसलमा आगलागी हुने गरेको पाइन्छ । पेट्रोल, ग्याँस, बारुद जस्ता प्रज्वलनशील पदार्थहरू भण्डारण र विक्री गर्ने प्रतिष्ठानहरूमा सामान्य आगोको झिल्का र चट्याङबाट समेत आगलागी हुने गरेको छ, तर यस्तो आगलागी अतिकम मात्रामा भएको देखिन्छ ।

व्यापारिक पसलहरूमा तुलनात्मक रूपले आगलागीको जोखिम कम हुने भएपनि उद्योगमा यस्तो जोखिम व्याप्त रहेको हुन्छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले उद्योगका मेसिनहरू, कच्चापदार्थ, उत्पादित पदार्थ र भौतिक संरचनामा मात्र नभई मानव संसाधनमा समेत अपुरणीय क्षति पु¥याउन सक्ने भएकोले व्यवसायिक प्रतिष्ठानमा आगलागीको जोखिम न्यूनीकरणलाई औद्योगिक ऐन र श्रम ऐनले अपरिहार्य कार्य मानेको पाइन्छ । आगलागी हुन नदिने किसिमले भौतिक संरचना तयार पार्ने, उपकरणलाई दुरुस्त राख्ने, विद्युत सर्किटमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्ने, आगो टिप्ने वस्तुहरूलाई विद्युत स्पार्क हुने सम्भावित ठाउँभन्दा टाढा राख्ने व्यवस्था व्यवसायिक प्रतिष्ठानहरूले गर्नु आवश्यक मानिन्छ । ग्याँस, पेट्रोलियम पदार्थ, प्लास्टिक, बारुद जस्ता प्रज्ज्वलनशील पदार्थ हुने उद्योग र व्यापारिक प्रतिष्ठानहरूले अनिवार्य रूपमा आगलागीको सुचना दिने अटोमेटिक यन्त्र र आगो निभाउने आधुनिक उपकरणहरूलाई सधै तम्तयार अवस्थामा राखेमा आगलागी भैहालेमा तत्कालै नियन्त्रण गरि क्षति न्यूनीकरण गर्न सकिन्छ ।

औद्योगिक व्यवसाय ऐन २०७३ को दफा २२ ले उद्योगले जोखिम व्यवस्थापन र सुरक्षामा गरेको लगानीलाई करकट्टीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेकोले अग्नि जोखिम व्यवस्थापन प्रणाली जडान गर्दा उद्योगलाई थप आर्थिक भार समेत पर्दैन । व्यवसायी र सरकारी निकाय मिलेर विशेष दक्षतायुक्त औद्योगिक अग्नि नियन्त्रकको व्यवस्था गर्ने हो भने आगलागी पछिको क्षतिलाई घटाउन सकिन्छ । शहरी क्षेत्रका कतिपय उद्योगसम्म दमकल समेत पुग्न नसकेको अवस्था छ । यस्ता उद्योगले खानेपानी वितरण गर्ने संस्था र पालिकाहरूसंग मिलेर आगलागीका बेला आगो निभाउन प्रयोग गर्न सकिने गरी सुक्खा पाइपलाइन वा ड्राइराइजर राख्नु आवश्यक छ । उद्योग परिसरमा पर्याप्त हरियाली राख्ने, झाडी र फोहर सरसफाई गर्ने जस्ता कामहरू उद्योगहरूले नियमित रूपमा गरेमा उद्योगमा लाग्ने आगोलाई बाहिर फैलिनबाट रोक्न सकिन्छ । उद्योग व्यवसायमा अहिलेसम्म अरबौ रूपैया लगानी भएको छ तर अग्नि नियन्त्रणका सामान्य सावधानीहरू नअपनाउँदा र अग्नि विरुद्धका पूर्व तयारी नगर्दा वर्षेनी धनजनको अपूरणीय क्षति हुने गरेको छ । उद्योग व्यावसायिक क्षेत्रमा हुने आगलागीले व्यवसायीले मात्र नभएर समाजले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । सामान्य सावधानी र पूर्व तयारी गरेर ठूलो लगानीका आफ्ना पसल, उद्योग, भौतिक सामग्री र प्रतिष्ठान नष्ट हुनबाट जोगाउन सकिने भएकोले अग्नि जोखिम व्यवस्थापनमा व्यवसायीहरूले विशेष ध्यान दिनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?