Butwal Today

जरिवानाको पत्र लिन मानेनन् ज्ञानेन्द्रले, हुलाकबाट पठाइँदै

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोली निर्मल निवासबाट त्यसै फर्किएको छ।

चैत १५ गते काठमाडौँकाे तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह नै भएको ठहर गर्दै काठमाडौँ महागरपालिकाले उनले झन्डै ८ लाख जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ।

सोहीबारेको पत्र लिएर आइतबार बिहान निर्मल निवास पुगेको काठमाडौँ महानगरपालिकाको टोली ज्ञानेन्द्रले लिन नमानेपछि त्यसै फर्किएको मेयर बालेन्द्र शाह बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। ‘उहाँले पत्र बुझ्न मान्नु भएनछ’, उनले भने, ‘अब हुलाकबाट पठाउने तयारी गरिरहेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?