काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएका हुन् भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताएकी छिन्।
आइतबार सिंहदरबारमा भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले यस विषयमा प्रश्न उठाएपछि मन्त्री भट्टराईले यस्तो जवाफ दिइन्। उनले शनिबार बिदा परेका कारण आफूलाई सो जानकारी नआएको र आजसम्म जानकारी प्राप्त हुने विश्वास व्यक्त गरिन्।
मन्त्री भट्टराईले भने, “हिजो बिदाको दिन थियो, त्यसकारण आजसम्ममा जानकारी थाहा हुनेछ। त्यसपछि हामी समितिलाई जानकारी दिनेछौँ।” उनले थपे, “जसरी तपाईंहरू मिडियामार्फत् थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो।”
उपकुलपति डा. बरालको स्वास्थ्य अवस्थाको कारण राजीनामा दिएको बताइएको छ, तर मन्त्री भट्टराईले औपचारिक जानकारी प्राप्त नभएको भन्दै आगामी बैठकमा सबै कुरा स्पष्ट पारिने बताइन्।