© २०२३
म्यानमार ।
शक्तिशाली भूकम्पको समयमा पनि म्यानमारको सैन्य सरकारले आफ्नो हवाई आक्रमण जारी राखेको छ। भूकम्प गएको तीन घण्टा नपुग्दै सेनाले आक्रमण गर्दा सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ।
भूकम्पको केन्द्र सागाइङ्गको चाङ्ग–यू टाउनशिप र अन्य ठाउँमा सेनाले आक्रमण जारी राखेकाे छ। सेनाका आक्रमण र चार वर्षदेखि चलिरहेको गृहयुद्धका कारण म्यानमारको अधिकांश भाग नियन्त्रण गुमाइसकेको छ। विद्रोही समूह र भ्रष्टाचार विरोधी समूह सेनासँग युद्धरत छन्।
भूकम्पका कारण म्यानमारमा हालसम्म १,६४४ जनाको ज्यान गएको छ भने ३,४०८ जना घाइते भएका छन्। १३९ जना बेपत्ता रहेका छन्। उद्धार कार्यमा स्थानीय बासिन्दा कठिन परिस्थितिमा आफ्नै प्रयासले खोजी कार्य गर्दैछन्। यद्यपि, अत्यावश्यक उपकरणको अभाव र कमजोर सञ्चार सञ्जालका कारण उद्धार कार्यमा गम्भीर समस्या देखा परेको छ।
एक उद्धारकर्मीले बीबीसीसँगको कुराकानीमा भने, “उद्धार कार्यमा कुनै समन्वय छैन, नेतृत्व गर्न कोही छैन, स्थानीय बासिन्दाले आफ्नै प्रयासमा काम गर्नुपरेको छ।”