ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न
निर्वाचन २०७९

रुपन्देहीमा १० निर्वाचन स्थल अपाङ्ग मैत्री

२ मंसिर २०७९, शुक्रबार
२ मंसिर २०७९, शुक्रबार

बुटवल, २ मंसिर ।

अपाङ्गता मैत्री निर्वाचन संरचना भएमा अपाङ्गता भएका व्याक्तिहरुका साथै अन्य सामान्य मानिसले समेत सहज रुपमा मताधिकार प्रयोग गर्न पाउने पाउँछन् । तर बजेट अभावको साथै अज्य विविध कारण देखाउँदै अपाङ्गता मैत्री निर्वाचन संरचना निर्माणमा आलटाल गरिदै आइएको छ । मंसिर ४ मा हुने प्रदेश सभा÷प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देहीमा १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री निर्माण गरिने भएको छ ।

दातृ निकायको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा रहेका १० वटा निर्वाचन स्थल अपाङ्गतामैत्री बनाउने गरी काम अगाडि बढेको अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका निर्वतमान सदस्य सावित्रा घिमिरेले बताईन् ।

यसको लागि अपाङ्गतामैत्री निर्वाचन भौतिक संरचना पूर्णरुपमा कार्यान्वयन हुनको लागि १३ वटा विभिन्न सामग्रीको प्रयोग भएको हुनुपर्ने प्रवधान रहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त मतदान केन्द्र अवधारणा पत्रमा नै नेपालको संविधानले प्रस्तावनामा नै बालिग मताधिकारको सुनिश्चितता गरेको छ । त्यसैगरी धारा ४३ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हकको व्यवस्था अनुसार यो प्रकृतिको निर्वाचन संरचनाको अवाधारणा ल्याइएको हो ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीय महासन्धिलाई सन् २००० मा अनुमोदन गरी पक्ष राष्ट्र पनि हो । यो महासन्धिले “अपाङ्गता भएका व्यक्तिहरुले अरु सरह समान रुपमा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था राज्य पक्षले प्रत्याभुत गर्ने छ” भनेको छ ।

यसमा निर्वाचन तथा मतदान प्रक्रिया एंव् निर्वाचन सामग्री अपाङ्गता भएका नागरिकहरुको लागि पहुँचयुक्त बनाउने, निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने, सबै नागरिकले स्वतन्त्र किसिमले मताधिकार उपभोग गर्न पाउने सुनिश्चित गर्ने जस्ता कुराहरु पर्दछन् । नेपालको संविधानले नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वयन गर्ने व्यवस्था समेत उल्लेख गरेको छ ।

१३ वटा विभिन्न व्यवस्था अनुसार मतदानस्थलको भौतिक संरचनाको परिर्वतन र सहज पहुँचका साथै मतदान स्थलमा प्रयोग गरिएका विभिन्न समाग्रीहरु समेत अपाङ्गता भएका व्याक्तिहरुको अनुकुलन हुने गरी व्यवस्था गर्नुपर्ने कुरा उल्लेख भएको छ ।

ट्रान्सपरेन्ट मास्कः बहिरा तथा सुस्त श्रवण भएका मतदाताहरुले मतदानमा खटिने कर्मचारीहरुको बोली उनीहरुको ओठको चलाई हेरी बुझ्नको लागि व्यवस्था गर्नुपर्न उल्लेख छ ।

यस्तै अर्को शर्तमा सांकेतिक भाषासूचीः बहिरा तथा सुस्त श्रवण भएका मतदाताहरु र मतदानमा खटिएका कर्मचारीबीच सहज संवाद गर्नका लागि निर्वाचनको दिन मात्र प्रयोग गरिने शब्दावलीको सांकेतिक भाषा सहितको सूची राख्नुपर्ने उल्लेख छ ।

अभिमुखीकरणः सम्बन्धित मतदान केन्द्रमा खटिने कर्मचारीहरुका लागि उक्त सांकेतिक भाषाको प्रयोग सम्बन्धी अभिमुखीकरण प्राप्त गरेको हुनुपर्ने, ठुलो साइजमा छापिएको संकेतहरु (हातहतियार निषेध, धुम्रपान निषेध, महिला, पुरुष, भित्र, बाहिर, मतदाता वर्णानुक्रम, शौचालय, मतदान कक्ष, मतपेटिका, मतदाता नामावली रुजु, तथ्यांक फाराम, नङमा मसि लगाउने, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यतर्फको पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र लेखिएको छपाई सामग्री आदि) । मतदान केन्द्रमा न्यून दृष्टियुक्त मतदाताले मतदान प्रक्रिया बुझ्नका लागि कलर कन्ट्रयास्ट भएको प्रिन्टिङ्ग सामग्री हुुनुपर्ने अवधारणमा पत्रमा व्यवस्था गरिएको छ ।

रंगीचंगी डोरी तथा पोलः न्यून दृष्टियुक्त मतदाताका लागि स्पष्ट रुपमा कहाँ जाने भनी छुट्याउनका लागि कलर कन्ट्रयास्ट मिलाइएको रंगीचंगी डोरी तथा पोलमा पनि रंग लगाउने वा रंगीचंगी रिवनले बेरेको हुुनुपर्ने, र्याम्प शारीरिक अपांगता तथा ह्वीलचेयर प्रयोगकर्ता मतदाताहरुका लागि तोकिएको मतदान केन्द्रमा आवश्यकता अनुसार निर्माण गरिने । निर्माण गर्दा पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०७९ बमोजिम तयार गर्नुपर्ने उल्लेख छ ।

यस्तै मतपेटिकामा प्वाल जनाउने चिन्हः न्यून दृष्टियुक्त मतदाताले मतपेटिकाको प्वाल सानो भई नदेख्ने हुनाले मतपत्र खसाल्न कठिनाई हुन्छ । त्यसकारण मतपेटिकाको प्वाल जनाउनका लागि प्वाल वरपर कलर कन्ट्रयास्ट भएको गोलो घेरा लगाएको हुनुपर्ने छ ।

स्पर्षयुक्त (ट्याकटायल) नमुना मतदाता शिक्षा सामग्रीः न्यून दृष्टियुक्त र दृष्टिविहीन मतदाताका लागि सही तरिकाले मतदान गर्ने सम्बन्धी स्पर्षयुक्त (ट्याकटायल) नमुना मतदाता शिक्षा सामग्र हुुुनुर्पे मापदण्डमा उल्लेख छ । यस्तै म्याग्नीफाइङ्ग ग्लासः न्यून दृष्टियुक्त मतदाताका लागि मतपत्रमा रहेका निर्वाचन चिन्ह स्पष्ट बुझ्नका लागि म्याग्नीफाइङ्ग ग्लासको व्यवस्था, मतदान केन्द्र निर्माण गर्दा महिला र पुरुषबीचको लाइन छुट्याउन गाडिएको दुईवटा बाँसको बीच दुरी सहजै ह्वीलचेयर प्रवेश गर्न सक्ने गरी निर्माण गर्नुपर्न उल्लेख छ ।

मतदान केन्द्रमा आरामदायी कुर्सीको व्यवस्थाः शारीरिक अपांगता भएका व्यक्तिले प्रयोग गर्नका लागि फराकिलो र आरामदायी कुर्सीको व्यवस्था सहित होचा पुड्का तथा ह्वीलचेयर प्रयोगकर्ता मतदाताहरुको सहजताका लागि मतदान कक्ष तथा मतपेटिका राख्न प्रयोग गरिने टेबुल मापदण्ड बमोजिम व्यवस्था गर्नुपर्ने कुरा यसमा उल्लेख छ ।

रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार ३ लाख ८ हजार ५ सय ७४ महिला र ३ लाख २३ हजार ७ सय ७८ जना पुरुष रहेका छन् । यो पटक अन्य ८ जना मात्रै मतदाता रहेका छन् ।

रुपन्देहीका १ सय ८४ मतदान स्थल र ७ सय ४ वटा मतदान केन्द्रलाई अपाङ्गता मैत्री बनाउनको लागि पटक पटक आग्रह गरिएपनि विविध कारणले संभव नभएको प्रतिक्रिया निर्वाचन आयोगले दिएको छ । अभियान्ता सावित्रा घिमिरेका अनुसार निर्वाचनमा सबैको समान सहभागिता, अवसर र मत प्रयोग गर्न पाउनुपर्ने अधिकार समेत हो । त्यसलाई निर्वाचन आयोगले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने छ ।

यी हुन अपाङ्गता मैत्री निर्वाचन संरचना हुने मतदान केन्द्र
सिद्देस्वरी लाल कुमारी माध्यमिक बिद्यालय दिप नगर बुटवल ।
गणेश मा बि गणेश नगर तिलोत्तमा,
कालिका माध्यमिक बिद्यालय कालिका नगर बुटवल ।
बस टर्मिनल भबन परिसर, नयाँ बसपार्क बुटवल ।
ज्योति आधारभूत बिद्यालय, ज्योति नगर तिलोत्तमा ।
अन्नपूर्ण माध्यमिक बिद्यालय चन्द्र नगर बुटवल ।
बुटवल बहुमुखी क्याम्पस , बुटवल ।
उमा आधारभुत बिद्यालय कुंजलापुर, तिलोत्तमा
भवानी माध्यमिक बिद्यालय बुटवल ।
प्रभात आधारभुत विद्यालय भलवारी तिलोत्तमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?