ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
रोल्पाका युवाको नेतालाई प्रश्न

भोट मात्रै हाल्ने कि रोजगार पनि पाउने ?

१ मंसिर २०७९, बिहीबार
१ मंसिर २०७९, बिहीबार

रोल्पा, १ मंसिर ।

मंसिर ४ को निर्वाचनका लागि लोकतान्त्रिक बाम गठवन्धन रोल्पाको प्रतिवद्धता पत्रमा उद्योग, पर्यटन, कृषि र पशुपालन, जलश्रोत तथा वनजन्य श्रोतबाट रोजगारी सिर्जना गर्ने उल्लेख छ । स्वदेशमै रोजगारी सिर्जना गर्न उसले यी क्षेत्रलाई प्राथमिकताको सूचीमा राखेको हो ।

जिल्लाका खानी उत्खनन गर्नका लागि गुरुयोजना तयार गर्ने र खानीमा काम गर्न सयौं युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ । जिल्लाको प्रचुर जलसम्पदालाई उपयोग गर्दे सिचाई तथा लिप्ट सिचाईको व्यवस्था गरी कृषिले हराभरा वनाउने, माडी खोलामा जलाशय निर्माण गरी विद्युत उत्पादन गर्ने गरी रोल्पाका सवै बस्तीमा सस्तो दरमा विद्युत उपलव्ध गराउने तथा उद्योग धन्दा संचालन गर्ने, डाइभर्सनको माध्यमवाट माडीखोलको पानी दाङ झारी दाङमा समेत सिचाई र विद्युत उपलव्ध गराई जिल्लामा आय आर्जन वढाउने उल्लेख छ ।

रोल्पालीको गरिवी हटाउन आधुनिक कृषि प्रणाली अवलम्वन गर्ने, तरकारी तथा फलफुल उत्पादन तथा बिक्री वितरणलाई प्रोत्साहन गर्ने, उन्नत जातका पशुपालन कार्यक्रम संचालन गर्ने उल्लेख छ । धार्मिक पर्यटन, पर्यापर्यटन र युद्ध पर्यटनको काम अगाडि वढाउने उल्लेख छ । जलजला क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना तयार गर्दै केवुलकार, होटल र रिसोर्ट निर्माणमा ध्यान दिने उल्लेख गरिएको छ ।

प्राविधिक शिक्षाका माध्यमवाट योग्य जनशक्ति उत्पादन गर्ने र स्वरोजगारका कार्यक्रम संचालनमा विशेष प्राथमिकता दिने उल्लेख छ । रोल्पामा रहेका जडीवुटी, काष्ठ उपज तथा गैरकाष्ठ पैदावरका माध्यमवाट आयाआर्जन र रोजगारमुलक कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।

अर्को मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले रोल्पाले जारी गरेको प्रतिवद्धता पत्रमा स्थानीय उत्पादनलाई प्रवद्र्धन शीर्षकमा गाँजा र भाङलाई कानूनी वैधता दिलाई त्यसको व्यावसायिक खेतीवाट आमदानी गरी रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ । यसका साथै अन्न र फलफुलबाट वनेका वस्तुहरुको वजारीकरण शीर्षकमा रोल्पामा अन्न, फलफुल र जडीवुटीबाट बन्ने मदिरालाई कानूनी मान्यता दिलाउन पहल गरी स्थानीय व्राण्डको पहिचान सहित विक्री गर्ने वातावरण बनाउने उल्लेख गरिएको छ ।

खानीहरुको प्रयोग अन्तर्गत रोल्पामा रहेका फलाम खानी, सिसा खानी, सुनखानी, तामा खानीको अन्वेशण र उत्खननका लागि पहल गर्ने उल्लेख गरिएको छ । जडीवुटीको प्रवद्र्धन अन्तर्गत रोल्पामा प्रशस्त मात्रामा पाईने र पहिचान नभएका जडीवुटी पहिचान गरी तिनलाई व्यवसायीकरण गर्दै आयआर्जन वृद्धि गर्न योजना बनाउने र आयुर्वेदिक औषधि प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ । रोल्पामा धर्म, भाषा संस्कृती, कृषि र प्राकृतिक पर्यटनको सम्भावना रहेकाले पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी गुरुयोजना निर्माण गर्दै रोल्पालाई पर्यटन हव बनाउने उल्लेख छ ।

खोटे सल्लाबाट निकालिने खोटोलाई स्थानीय रुपमै प्रशोधन गर्ने व्यवस्था गर्ने, तरकारी र पशुपालनलाई व्यवसायीकरण गर्न बिउ मलमा अनुदान, उत्पादित वस्तुको बजारीकरण, एवं कृषकहरुलाई आर्थिक प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

२०७४ सालमा वाम गठवन्धनको घोषणा पत्रमा रोजगारी

तत्कालिन बाम गठवन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकाले रोल्पाले जारी गरेको प्रतिवद्धता पत्रमा युवालाई क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने, रोजगारीका लागि माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र प्राविधिक शिक्षा प्रति आकर्षित गर्ने, निजामती, जंगी, प्रहरी, सार्वजनिक संस्थान र निजी कम्पनीहरुमा रोजगारीका लागि पहल र प्रेरित गर्ने उल्लेख गरिएको थियो ।

खेलाडीहरुलाई रोजगारीको व्यवस्था गर्ने, व्यापार व्यवसाय विस्तार गरी युवाहरुलाई स्वरोजगार वनाउने, युवाहरुको क्षमता अभिवृद्धिका लागि तालिमहरुको व्यवस्था गर्ने उल्लेख गरेका थिए । शहीद परिवार र सशस्त्र द्धन्दका कारण ज्यान गुमाएका परिवारका एक सदस्यलाई अनिवार्य रोजगारीको व्यवस्था गर्ने, घाईते अपांगहरुलाई निशुल्क उपचार, निर्वाह भत्ता र रोजगारीको व्यवस्था गर्ने उल्लेख गरेका थिए ।

आमा समूह, महिला कृषि समूह मार्फत महिलाहरुका लागि घरमै रोजगारी सृजना गर्ने वताइएको थियो । रोजगारीका लागि सीपमुलक तालिम उपलव्ध गराउने, महिलाहरुको रोजगारीका लागि अल्लो विभिन्न प्रकारका घरेलु उद्योगको स्थापना, कृषि, पशुपालनमा व्यवसायीकरण, होमस्टे संचालन गर्ने उल्लेख गरेका थिए ।

माध्यमिक तह उत्तीर्ण गरेका दलित समुदायका युवालाई रोजगारीको अनिवार्य व्यवस्था गर्ने, दलित समुदायको परम्परागत सिपलाई आधुनिकरण गर्दै उद्योगको रुपमा विकास गर्ने उल्लेख गरिएको थियो ।

रोल्पाको समृद्धिको एक आधार जलविद्युत वनाउने, खुग्रीमा २५२ मेगावाट र माडीचौरमा २४६ मेगावाटको जलविद्युत उत्पादन गरी जिल्लामा उत्पादन हुने सवै जलविद्युत परियोजनामा प्रत्येक रोल्पालीलाई शेयर मार्फत मालिक वनाउने उल्लेख गरेका थिए । जलविद्युत मार्फत प्रत्येक रोल्पालीहरुको आर्थिक जीवनमा आमूल परिवर्तन ल्याउने वताएका थिए । परम्परागत कृषि उत्पादन प्रणालीलाई आधुनीकिकरण गर्ने, युवाहरुलाई व्यावसायिक कृषिमा लाग्न र स्वरोजगार वन्न प्रोत्साहित गर्ने, व्यावसायकि कृषिमा लाग्न जनचेतना फैलाउने, व्यावसायिक कृषिका लागि अनुदान र सहुलियत ऋणको व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।

जिल्लामा रहेका बैंकहरुलाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, कृषिका लागि प्रत्येक गाउँपालिकालाई पकेट एरिया वनाउने र हरेक वडालाई पकेट एरियामा रुपान्तरण गर्ने उल्लेख गरिएको थियो । माछा पालनलाई व्यवसायीकरण गर्ने, लिवाङ, होलेरी, घर्तीगाउँ र सुलिचौरमा चिस्यान गृह स्थापना गर्ने, विजुली पु¥याएर हरेक गाउँपालिकामा एक एक वटा चिस्यानगृह स्थापना गर्ने उल्लेख गरिएको थियो । तर तीमध्ये थोरै कार्यक्रम मात्र लागू गरिए । ती पनि प्रभावकारी भएनन् ।

नयाँ पुस्ताको माग गाँउमै रोजगारी

रोल्पा नगरपालिका ४ का सन्दीप पोख्रेल मंसिर ४ को निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । राहादानी वनाएर विदेश जान लागेका उनलाई राजनैतिक दलको घोषणा पत्रले तान्न नसके पनि छिपछिपे विश्वास भने कायमै छ । युवा पलायन रोक्न देशमै रोजगारीका अवसर सिर्जना गर्ने दलको घोषणा पत्रले उनको मनको एक कुनामा विश्वासको त्यान्द्रो मरिसकेको छैन ।

सन्दीप मात्र हैन रोल्पाका धेरै युवाहरु दलका घोषणा पत्र प्रति विश्वस्त छैनन् । विगतका निर्वाचन घोषणा पत्रमा समावेश भएका गुलिया आश्वासन उनीहरुका लागि आकाशको फल भएको थियो । अव निर्वाचित हुनेले गाउँमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने रोल्पा नगरपालिका ३ का विजय नेपालीले भने । पहिलो पटक मतदान गर्दै गरेका उनले छुवाछुत मुक्त, धुम्रपान, मद्यपान हटाउने र बालविवाह अन्त्य गर्ने उम्मेदवार आफ्नो रोजाईमा पर्ने वताए । “विगतमा ठूलठूला सपना देखाएर काममा माखो नमार्ने प्रवृद्धी देखियो”–उनले भने ।

रोल्पामा वेरोजगारीको समस्या अत्यधिक छ । खेतीयोग्य जमिन, उद्योग धन्दा र प्राविधिक शिक्षाको अभावले गर्दा वर्षेनी धेरै युवा जिल्ला छोड्ने गर्दछन । उनी काठमाडौका ईटा भट्टाका साथै पोखरा, बुटवल जस्ता शहरहरुमा श्रमिकको रुपमा काम गर्दछन् । धेरै युवा भारत र खाडी मुलुक जान्छन् । यहाँका ३५ हजार मानिस कामका लागि बाहिर जाने गरेको अनुमान गरिन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार एक हातले नागरिकता र अर्को हातले राहदानी लिएर जाने युवाको संख्या ठूलो छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पा परिसरमा रहेको आप्रवासन सूचना केन्द्रका श्रोत केन्द्रका प्रमुख स्मृती रोकामगरका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५०१ महिला र २०९८ पुरुष सहित २ हजार ५९९ जनाले कामका लागि विदेश जान राहदानी लिएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा अघिल्लो वर्षको तुलनामा झण्डै दोव्वरले राहदानी लिएका थिए । सो वर्ष महिला ९०६ र पुरुष ३ हजार ८८७ सहित ४ हजार ७९३ जनाले राहादनी लिएका थिए । चालु आर्थिक वर्षको कात्तिक तेश्रो साता सम्म महिला ४४१ र पुरुष १ हजार ८३० सहित २ हजार २७१ जनाले राहादानी लिएका छन् ।

रोजगारीका लागि भाङ खेतीलाई वैधानिकता देउँ

रोल्पाको हावापानी भाङ खेतीका लागि उत्तम मानिन्छ । अन्न बाली खासै नहुने रोल्पाको उत्तरी भेगका अधिकांश मानिसहरु भाङ खेती गर्ने गर्दछन् । नेपालको कानूनले भाङ खेतीलाई अवैध मानेकाले उनीहरु भाङ खेती र बिक्री लुकीपिछी गर्दछन् । यस क्रममा धेरै रोल्पाली प्रहरीको निसानामा परेर जेलको चिसो छिडीमा दिन विताई रहेका छन् ।

बिचौलियाहरु भाङबाट वन्ने चरेश ओसारपसारमा रोल्पाली महिलाहरु प्रयोग गर्ने गर्दछन् । फलतः उनीहरु प्रहरीको निसानामा पर्दछन् र जेल जान वाध्य हुन्छन् । लागु औषध उत्पादन र ओसार पसारमा संलग्न भएको आरोपमा पक्राउ परेका मध्ये अहिले ३ कैदी र ८ थुनुवा गरी ११ जनाले रोल्पा कारागारमा कैद भुक्तान गरिरहेका छन् । कारागारमा रहेका मध्ये पुरुष २ कैदी र ३ थुनवा गरी ५ जना र महिला १ कैदी ५ थुनुवा गरी ६ जना रहेका छन् । प्रहरीका अनुसार लागु औषधको उत्पादनमा अधिकांश पुरुषहरुको र ओसारपसारमा महिलाको संलग्नता देखिन्छ ।

नेपालको कानूनले उत्पादन, ओसारपसार र विक्री वितरणमा प्रतिवन्ध लगाएको लागु औषध लुकीछिपी उत्पादन र ओसारपसारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिएको प्रहरीको दावी छ ।

पक्राउ परेकाहरुलाई हेर्दा उत्पादनमा पुरुष र ओसारपसारमा महिलाको प्रयोग भएको देखिन्छ । कतिपयलाई आफुले उत्पादन गरेको वस्तु लागु औषध हो भन्ने थाहा नपाएको पाइयो । अरुनै प्रजातीको बिउ दिएको भन्दै लागुऔषधका संकलकहरुले लागु औषधको बिउ दिएर उत्पादन गराएको समेत अनुसन्धानका क्रममा भेटिएको प्रहरीको भनाई छ ।

पुरुषको तुलनामा महिलाहरु सिधासाधा हुने र भनेको पनि सहजै मान्ने भएकाले ओसारपसार जस्तो जोखिमपूर्ण काममा महिला प्रयोग भएको देखिन्छ । लागुऔषधका यस्ता घटनामा ३० देखि ४० वर्ष उमेर समूहका महिलालाई प्रयोग गरेको देखिन्छ ।

जघन्य र संगठित अपराध मानिने लागुऔषध ओसारपसारमा समूहगत संलग्नताको आवश्यकता पर्दछ । उत्पादनको काममा महिलालाई कम प्रयोग गरी ओसारपसार जस्तो जोखिमपूर्ण काममा वढी मात्रामा प्रयोग हुदा उनीहरु कानुनको फन्दामा समेत परेको देखिन्छ ।

लाटा सोझा रोल्पाली महिला र युवाहरु फस्ने र खास व्यक्ति पक्राउ नपर्ने यस्तो लुकामारी लामो समयदेखि चल्दै आएकोप्रति रोल्पाली युवाहरु सन्तुष्ट छैनन् । युवाहरुको माग छ “भाङ खेती वैधानिक वनाउनु पर्छ ।” थवाङ गाउँपालिका ५ रोल्पाका धनराज घर्तीमगरका अनुसार गाजा खेती वैधानिक वनाउनु पर्छ । “निर्दोष मानिस पक्राउ पर्ने र दोषीले उन्मुक्ती पाउने कारण नै गाँजा सम्वन्धी नेपालको कानून हो, यसलाई संशोधन गरी गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ”– घर्तीमगरले भने । औषधीका रुपमा प्रयोग गर्न सकिने गाँजा खेतीलाई वैधानिकता दिए सयौं युवाहरु देशमै स्वरोजगार हुने उनको भनाई छ ।

विदेशी महंगा रक्सी नेपालका गाउँ गाउँ निर्वाध पुग्ने तर गाउँघरमा उत्पादन हुने रक्सीलाई प्रतिवन्ध लगाउने कानून संशोधन गर्नु पर्नेमा घर्तीमगरले जोड दिए । स्थानीय रक्सी वैधानिक ढंगले विक्री गर्ने वातावरण वने धेरै युवायुवती गाउँघरमै स्वरोजगार हुने घर्तीमगरको विचार छ ।

युवाहरुको चाहनालाई नेकपा एमाले रोल्पाको प्रतिवद्धता पत्रमा सम्वोधन गर्ने प्रयास गरिएको छ । नेकपा एमालेले जारी गरेको प्रतिवद्धता पत्रमा रोल्पा गाँजा र भाङमा लगाइएको प्रतिवन्ध हटाएर यसबाट लाभ लिने कुरा उल्लेख छ । त्यस्तै अन्न, फलफुल र जडीवुटीबाट वन्ने रक्सीलाई कानूनी मान्यताका लागि पहल गरी स्थानीय व्राण्ड स्थापित गर्न पहल गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?