ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
प्रमुख समाचार

रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९: सिद्धार्थ वरियर्सको शानदार जित

२५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक २०७९, शुक्रबार

बुटवल, २५ कार्तिक– कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सिद्धार्थले ओमसतिया स्टारमाथि १ सय ७ रनको शानदार जित निकाल्दै पहिलो जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिद्धार्थले ४० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थको लागि संगम पाण्डेले ८८ बलमा ४९ र अल्दीप क्षेत्रीले ४४ बलमा ३४ रनको योगदान दिएका थिए । यसैगरि ब्रिजेस थारुले १५ बलमा १७ रन जोडेका थिए । ओमसतियाका बद्री आलमले ५ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए । यसैगरि अनिल यादव, निरज मोहरिया, शुभम खनालले समान १–१ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछयाएको ओमसतियाका ब्याट्सम्यानहरु २१.३ ओभरमा केवल ७१ रनमा समेटिए । उसमा लागि अज्जाल हकले १४ बलमा १४ र शैलेन्द्र यादवले १६ बलमा ११ रन बाहेक अन्य ब्याट्सम्यानहरुल् दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न सिद्धार्थका ब्रिजेस थारुले ४ ओभर बलिङ गर्दै १ मेडलसहित ७ रन खर्चेर ३, अर्जुन करुसले ७ ओभर बलिङ गर्दै १ मेडलसहित १८ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरि तुसार चौहानले २ विकेट लिए । खेलमा सिद्धार्थका ब्रिजेस थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

बिहिबार उद्घाटन खेलमा जिबिआईसिए सैनामैना विजयी भएको थियो । देवदह ड्रागनलाई १५ रनले पराजित गर्दै सैनामैनाले पहिलो जित हासिल गरेको हो । सैनामैनाका सन्देश ज्ञवाली म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानिय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?