ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि
प्रमुख समाचार

राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेशले समस्याः भोजप्रसाद श्रेष्ठ

२५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक २०७९, शुक्रबार

बुटवल, कार्तिक बुटवलको मुख्य बजार अमरपथ, राम मन्दिरलाइन, हाटबजार, नेपालगन्ज रोड लगायतमा व्यापारीक क्षेत्रमा भोट माग्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठ घरघरमा पुगेका छन् ।

मुख्य बजारका प्रायः मतदातासंग दोहोरो चिनजान भएका श्रेष्ठ घरघरमा आउँदा व्यापारीहरुले पछिल्लो दुई वर्ष सरकारको अपरिपक्व नीतिको कारण आफुहरुको व्यापार सिथिल भएको बताए ।
प्रदेश राजधानीका कारण पनि आफुहरु थप समस्यामा परेको बताए । व्यापारीको समस्याबारे आफू जानकार भएको बताउँदै श्रेष्ठले भने – “गठबन्धनको सरकारको कारण मूल्य बृद्धि भयो, राष्ट्रहित बिरुद्ध गतिविधि बढेको, राज्यलाई कर तिर्ने व्यवसायी मर्कामा परे, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश पाए र दलाललाई पोस्ने कर तिर्ने लाई सेक्ने काम भयो, जनतालाई अप्ठ्यारोमा राखेर देश बर्वादी बनाउने छुट कसैलाई छैन् ।“ प्रदेश राजधानी जहाँ गएको छ, त्यो कुनै अमिट छैन, ढुङ्गामा लेखिएको दस्तावेज होइन, जनताको माग र आवश्यकता अनुसार, सबै हिसाबले केन्द्र हुने ठाउँ बुटवलमा ल्याउन हिजो सदन र सडकमा आफुले नेतृत्व गरेको र आज पनि आफू सोही पक्षमा रहेको बताउँदै श्रेष्ठले आर्थिक हिसाबले बुटवल केन्द्रको रुपमा स्थापित भैसकेकोले कसैले सार्न नसक्ने बताए ।

बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु, आफुले जनताको हितको पक्षमा धेरै काम गरेको र अब पाँच वर्षमा के गर्ने भन्ने प्रतिबद्धतापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए । निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारी बृद्धि, गरिबी नियन्त्रण, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् । घरमै पुगेका श्रेष्ठलाई मतदाताले आशिर्वाद दिदै भन्छन् –“हामी काम गर्नेलाई भोट दिन्छौं, तपाईं काम गर्ने मान्छे हो तपाईंले गरेका काम प्रति हामी परिचित छौँ, राजधानीको विषयमा सदनमा बोलेको सुनेका हौँ ।“

यसैबीच बुटवल ८ को युवा भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आजका युवा भोलीको राष्ट्र निर्माता भएको बताउँदै सचेत युवा राष्ट्र र राष्ट्रियताको पक्षमा एकजुट हुनुपर्ने बताए । अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा विशेषगरी युवामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए । लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?