ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मुख्य आलेख

विकासको ‘विष्णु मोडेल’ : बुटवलबाट देशभरि फैलिएला ?

पौडेल सबै पक्षसँग मिल्न सक्ने समन्वयकारी नेताका रुपमा स्थापित छन् । बाहिरी प्रचारभन्दा पनि काममा रमाउने नेता हुन्, उनी । रुपन्देहीलाई विकासको रोल मोडलबाट बनाएर देशभर आशा र विश्वासको प्रवाह गरेर त्यसकै बलमा नेतृत्वमा पुग्ने दौडमा छन्, पौडेल ।
२५ कार्तिक २०७९, शुक्रबार
२५ कार्तिक २०७९, शुक्रबार

नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘काम गर्ने नेता ।’ ‘काम गर्ने नेता’को रुपमा उनको परिचय आफ्नो पार्टीका नेता तथा कार्यकर्तामा मात्रै होइन, उनको जिल्ला र जिल्लाबासीमा पनि उस्तै छ ।

बुटवलमा स्थायी बसोबास गरिरहेका प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली लेख्छन्, ‘रुपन्देहीका सबै विकासे पूर्वाधारका सूत्रधार हुन्, विष्णु पौडेल । यिनी मुलुकको राजनीतिक नेतृत्वमा राष्ट्रिय नेताको उचाइमा छन् । यिनको पहलमा भएका विभिन्न विकास परियोजनाबाट रुपन्देही क्षेत्र–२ को मात्र विकास भएको छैन, सम्पूर्ण रुपन्देही, सम्पूर्ण लुम्बिनी र यसबाट प्रभावित हुने सम्पूर्ण प्रभाव क्षेत्रको विकासमा योगदान पुगेको छ ।’

पौडेलेको पहदकदमीमा रुपन्देहीमा भइरहेको विकास निर्माणका काम देख्दा बाहिरबाट जानेहरूलाई पनि लाग्छ, ‘जनप्रतिनिधि त विष्णु पौडेलजस्तो होस् ।’ विकासका दृष्टिले रुपन्देहीलाई देशकै नमुना जिल्ला मान्न सकिन्छ । यो विकासको सूत्रधार पौडेल भएको रुपन्देहीका पत्रकार प्रदीप आचार्य बताउँछन् ।

त्यसो त, पौडेल यस क्षेत्रका साझा नेता पनि हुन् । राप्रपा नेता तथा पूर्वगृहमन्त्री निरञ्जन थापा विष्णु पौडेललाई विकासको प्रतीक मान्छन् । पौडेलले रुपन्देहीमा सुरु गरेको शृंखलाबद्ध विकास सबै जनप्रतिनिधिका लागि पनि अनुकरणीय छ । रुपन्देहीमा उनले सुरु गरेका कामको सूची र शृंखला हेर्दा भन्न सकिन्छ, ‘विष्णु मोडलमा हरेक जनप्रतिनिधिले जिल्लाको विकासका लागि पहलकदमी र नेतृत्व लिने हो भने देश बदल्न र बदलिन समय लाग्दैन ।’

४ मंसिरमा हुने आमनिर्वाचनमा रुपन्देहीको क्षेत्र– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पौडेलले विकासको महत्वाकांक्षी उडान नै सुरु गरेका छन् । विगतमा गरेका कामको लामो सूची र अब गर्ने विकासको मार्गचित्र बोकेर उनी अहिले जनताको घरआँगनमा पुगिरहेका छन् ।

विकासमा विष्णु ः ‘रोल मोडल’को प्रयास
पौडेल पटक–पटक मन्त्री भए । विगत दुई पटक अर्थमन्त्री भए । त्यसबेला सुरु गरेका दर्जनौं आयोजनाका कारण उनलाई विकासको प्रतीक मानिएको छ । रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम सम्पन्न भएर सञ्चालनमा आएको छ । रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अगुवाइ उनै विष्णुले गरेका हुन् । सुरुमा अवधारणा निर्माणदेखि, ज्ञापनपत्र बुझाउने हुँदै बजेट विनियोजनसम्मको कामको अगुवाइ उनलै गरेका हुन् । बुटवल रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएर सञ्चालनमा आएको छ । २३ सय अट्ने क्षमताको यो सभा हल देशकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो । यो उनकै पहलकदमीमा सम्भव भएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्दसँगै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र धमाधम बन्दै छ । ५० प्रतिशत काम सम्पन्न भएको यो केन्द्रमा ८ सय बढी स्टल अट्ने क्षमता रहेको छ । १० हजार मानिसले एकसाथ अवलोकन गर्ने सक्नेछन् । बुटवल–बेलहिया ६ लेन सडक निर्माण भएको छ । भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुल बनेका छन् । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ ।
बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर बनवाटिकामा बहुउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत क्षेत्रमा अनेकौं पूर्वाधार निर्माण भएका छन् । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ ।
दर्जनौं आयोजना धमाधम सञ्चालन भइरहेका छन् । राजमार्ग चौराहा–गोलपार्क सडक, कालिकापथ, बुटवल–नारायणघाट ६ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव करिडोर सडक, लुम्बिनी गुरुयोजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति, तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडकलगायतका दर्जनौं आयोजनाको श्रेय पौडेललाई नै जान्छ ।

पार्टीमा विष्णु ः भावी नेतृत्वको दाबेदार
२०१६ मा स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल अहिले एमाले उपाध्यक्ष छन् । उनले २०३४ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०३४ देखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगेका पौडेललाई भावी नेतृत्वको दाबेदारको रूपमा हेरिन्छ । भूमिगत समय पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देहीमा पार्टीको संगठन विस्तारमा उनले महत्वपूर्ण भूमिका खेले । पञ्चायतकालमा जेलनेलसमेत भोगे ।

उनी २०३५ मा मालेको रूपन्देही क्षेत्रीय समिति सदस्य भए । २०३६ मा तत्कालीन नेकपा मालेको रूपन्देही जिल्ला सदस्य भए । भूमिगत रहेकै अवस्थामा २०३६ मा पक्राउ परेका पौडेल दुई महिनामै भैरहवा कारागार ‘ब्रेक’ गरेर पुनः भूमिगत राजनीतिमा फर्किए । पौडेल २०३९ देखि २०४६ सम्म अर्घाखाँची, पाल्पा र रुपन्देही जिल्ला कमिटी सचिव भए ।
२०४७ लदेखि पार्टीको केन्द्रीय सदस्य भए । यसपछि विभिन्न कमिटी र विभागको जिम्मेवारी सम्हाल्दै २०६५ को आठौं महाधिवेशनबाट पार्टी सचिव निर्वाचित भए । २०७१ को नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव र २०७४ मा नेकपाकालमा महासचिवको जिम्मेवारी पाए । २०७८ मा सम्पन्न एमालेको दसौं महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

२०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभामा विजयी भए । २०६४ को पहिलो संविधानसभामा रुपन्देही–४ बाट सभासद् जिते । २०७० को चुनावमा सोही निर्वाचन क्षेत्रका डा. बाबुराम भट्टराईलाई चुनाव हराएर दोस्रो पटक सभासद भए । २०७४ को प्रतिनिधिसभा चुनावमा रुपन्देही–२ बाट सांसद भए ।
२०५३ मा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा तथा खेलकुदमन्त्री बनेका पौडेलले २०६५ मा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षामन्त्री बने । २०७२ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा उनी अर्थमन्त्री बने । फेरि अध्यक्ष ओलीको दोस्रो कार्यालयमा पनि उनी अर्थमन्त्री भए ।

देशभरी फैलिएला ?

पौडेल सबै पक्षसँग मिल्न सक्ने समन्वयकारी नेताका रुपमा स्थापित छन् । बाहिरी प्रचारभन्दा पनि काममा रमाउने नेता हुन्, उनी । रुपन्देहीलाई विकासको रोल मोडलबाट बनाएर देशभर आशा र विश्वासको प्रवाह गरेर त्यसकै बलमा नेतृत्वमा पुग्ने दौडमा छन्, पौडेल ।

त्यसो त विश्वका धेरै यस्तो उदाहरण छ, जसले आफ्नो क्षेत्रमा उदाहरणीय काम गरे, उसले देशकै नेतृत्व गरेको इतिहास छ । जस्तो भारतका सर्बशक्तिमान नरेन्द्र मोदीको उदय उसको शहर गुुजरातबाट भयो । मोदीले गुजरातबाट सिंगो भारतलाई यस्तो सन्देश दिए की नरेन्द्र मोदीले अवसर पाए बदल्न सक्छ । पौडेल पनि यही तुुफानी गतिमा अघि बढ्दा त्यो सम्भवना छ । ‘रुपन्देहीबाट विकासको रोल मोडल सुरु गरेर देशभरि विश्वास जगाउने अवसर उनले पाउने छन् वा छैनन् ?’ त्यसका लागि ४ मंसिरलाई कुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?